Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

गच्छदार र थापा तत्काल सरकारमा नजाने

\"\"काठमाडौं, १ माघ । मधेसी जनअधिकार फोम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र राप्रपा अध्यक्ष कमल थापा यथास्थितिमा सरकारमा नजाने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन उनीहरुलाई आग्रह गरिरहेको स्रोतले बतायो । आजको नागरिक दैनिकमा खबर छ– गच्छदार र थापाले संसद्मा पेस संविधान संशोधन विधेयकमा आआफ्ना पार्टीले उठाएका मुद्दा समावेश नगरिए सरकारमा सहभागी हुन नसकिने जानकारी प्रधानमन्त्री प्रचण्डलाई गराएको स्रोतले बतायो । संशोधन विधेयकमा परिमार्जन नगरे त्यसमा पनि सहमति नजनाउने गच्छदार र थापाले बताउँदै आएका छन् । स्रोतका अनुसार गच्छदारलाई अहिलेको स्थितिमा सरकारमा नजान पार्टीभित्रैबाट पनि दबाब परेको छ । सरकारमा पहिले नै गएको भए हुन्थ्यो तर अहिले जानुको कुनै अर्थ छैन भन्ने तर्क पार्टीभित्रै बलियो छ । गच्छदार पार्टीले उठाएको मुद्दा संशोधनमा पारिए सरकारमा जाने मनस्थितिमा छन् । प्रधानमन्त्री सकेसम्म शुक्रबार नै गच्छदार र थापालाई सरकारमा ल्याउने तयारीमा थिए । तर, थपा शुक्रबार खोटाङ र गच्छदार विराटनगर गए । स्रोतका अनुसार प्रधानमन्त्री माओवादी केन्द्रको भागमा परेका सञ्चार र स्थानीय विकास मन्त्रालय फोरम लोकतान्त्रिकलाई दिने तयराीम छन् । यी दुई मन्त्रालयमा अहिले माओवादीका नेता मन्त्री छन् । यसैगरी उनले परराष्ट्र मन्त्रालयमा थापालाई पठाउने सोच बनाएका छन् । परराष्ट्र कांग्रेसको भागमा परेको छ । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत भने परराष्ट्रबाट फिर्ता हुने सोचमा छैनन् । प्रधानमन्त्री राप्रपालाई परराष्ट्रसहित अरु दुई मन्त्रालय दिने तयारीमा छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: