Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सचिव दरबन्दी थप्न मन्त्रीको दबाब

काठमाडौं, २८ पुस । संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनासम्बन्धी उच्चस्तरीय निर्देशक समिति र समन्वय समितिले अत्यावश्यकबाहेक अन्य पदमा दरबन्दी थप नगर्ने निर्णय गरे पनि सरकारका केही मन्त्रीले आफूखुसी सचिव पदमा दरबन्दी थप गर्ने प्रयास थालेका छन् । आजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा रहेको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना निर्देशक समिति र मुख्य सचिव डा. सोमलाल सुुवेदीको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिले यसअघि नै संघीयता कार्यान्वयन र प्रशासन पुनर्संरचनाका लागि सहज बनाउन सरकारी सेवामा अत्यावश्यकबाहेक कुनै पनि पदमा दरबन्दी थप नगर्ने निर्णय गरेको थियो । तर, केही मन्त्रीहरूले आफू निकटका सहसचिवलाई सचिव बनाउन हचुवाका आधारमा सचिव दरबन्दी थप गर्ने प्रयास गरिरहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकमा वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमा सचिवको दरबन्दी सिर्जना गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका थिए । अन्य केही मन्त्री पनि सचिव दरबन्दी थप्नुपर्ने पक्षमा छन् । तर, प्रशासकहरूले सचिवजस्तो महत्वपूर्ण पद हचुवाको आधारमा थप्न नुने भन्दै विरोध गरेका छन् । यस्ता प्रयासले संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनामा गम्भीर समस्या सिर्जना हुनसक्ने उनीहरूको भनाइ छ । संघीयता कार्यान्वयन गर्दा संघमा १२ देखि १५ वटा मात्रै मन्त्रालय बनाउनुपर्ने सुझाब सरकारद्वारा गठित विभिन्न समितिले दिएका छन् । मन्त्रालयको संख्या घट्दा सचिवहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या हुन सक्छ । हाल विभिन्न मन्त्रालय, निकाय र आयोगमा गरी ६० जनाभन्दा बढी सचिव छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: