Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव कांग्रेस बैठकमा पेस हुने

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठकमा सभापति गगन थापा ले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ।

थापाले २१ फागुनको निर्वाचनमा पराजय भोगेको नैतिक जिम्मेवारी लिँदै बुधबार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा पत्र बुझाएका थिए। स्रोतका अनुसार थापा उक्त बैठकमा सहभागी हुने छैनन्, त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन्।

बैठकमा शर्माले थापाको राजीनामाबारे औपचारिक जानकारी गराउने र त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पनि प्रस्तुत गर्ने तयारी गरेका छन्। कांग्रेसका एक पदाधिकारीका अनुसार, चुनावी हारको जिम्मेवारी कुनै एक व्यक्तिमा मात्र नपर्ने, विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई छोटो समयमै चुनावमा जानुपरेको जस्ता कारणहरू बैठकमा प्रस्तुत गरिनेछ।

पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति निर्वाचित भएका थिए। उनले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचन लडे पनि अमरेस कुमार सिंह सँग पराजित भएका थिए। विशेष महाधिवेशनबाट निर्वाचित अधिकांश पदाधिकारी पनि चुनावमा पराजित भएपछि नेतृत्वमाथि नैतिक प्रश्न उठेको थियो।

यसअघि नै कांग्रेसले देशभरका निर्वाचन क्षेत्रबाट जित–हारका कारणसहित प्रतिवेदन मागेको थियो। ती प्रतिवेदनको समग्र निष्कर्षसमेत उपसभापति शर्माले बैठकमा प्रस्तुत गर्ने बताइएको छ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि थापाले राजीनामा दिने इच्छा व्यक्त गरेका थिए। तर त्यसबेला विश्वप्रकाश शर्मा लगायतका नेताहरूले उनलाई रोकेका थिए। ललितपुरसहित विभिन्न जिल्लाका नेताहरूले पनि राजीनामा नदिन आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए। तथापि, बुधबार शीर्ष तहका नेताहरूको बैठकमा थापाले औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। संसद्का महासचिव पद्मप्रसाद पाण्डे ले बिहीबार ...

नेपाली बजारमा सुनको मूल्य ५ हजार ४ सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। महासंघले सार्वजनिक गरेको मूल्...

गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव कांग्रेस बैठकमा पेस हुने

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठकमा सभापति गगन थापा ले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ। ...

गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

गुल्मी। गुल्मीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते हुनु भएको छ । यस जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर– ५ हँसरामा लु २ ख ५३७३ नम्बरको ट्रक दुर्घटना...

सवारी दुर्घटना बढेपछि सडकमै पूजा

सिद्धार्थनगर । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रको राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले सडकमै पूजा गर्दै मृत आत्माको चिर शान्तिको कामना ग...

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: