Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

‘नेपालको पानी, जनताको लगानी’ अभियानमा पहिलो दिनमै साढे २४ करोड प्रतिबद्धता

\"\"काठमाडौं, २६ पुस । ऊर्जा मन्त्रालयले अनलाईनमार्फत शेयर लगानी प्रतिवद्धता आव्हान गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी नेपाली नागरिकले अनलाईन मार्फत जलविद्युत क्षेत्रमा शेयर लगानी गर्न पाउने गरी नयाँ वेवसाईट संचालनमा ल्याए लगत्तै पहिलो दिन नै २४ करोड ६२ लाख ६३ हजार रुपैयाँ जलबिद्युतमा लगानी गर्न प्रतिबद्धता गरेका छन् । बिदेशमा रहेका नेपालीले संस्थागत र ब्यक्तिगत गरी ४ हजार ६ सय ४३ जनाले सोमबार राति ८ बजेसम्म जलबिद्युतमा लगानी गर्न प्रतिबद्ध्ता गरेका हुन् । त्यस्तै तीन वटा कम्पनीले अनलाइन आवेदनमार्फत १ करोड ११ लाख २५ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । ऊर्जामन्त्री शर्माले अघि सारेका ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत जलविद्युत आयोजनामा शेयर हाल्न अब कसैले पनि लाईन बस्नु पर्ने झनझट रहेको छैन् । बिदेशमा रहेका नेपालीहरुले माथिल्लो अरुण, दुधकोशी, तमोर र सुनकोशी ३ सहितका आयोजनाहरुमा शेयर लगानी गर्न बताईएको छ । मन्त्री शर्माका अनुसार यसमा गैरआवासीय नेपाली, आम नागरिक, सरकारी संस्थानका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले पनि शेयर लगानी गर्न सक्नेछ । यसरी भर्ने र्अनलाईन फाराम ऊर्जा मन्त्रालयको वेवसाईट वा जनार्दन शर्मा डट कम भन्ने वेवसाईटमा ‘नेपालको पानी जनताको लगानी’ भन्ने स्लट देखिन्छ । यसमा क्लिक गरेपछि अनलाईन आवेदन भर्ने अप्सन डिस्प्ले हुन्छ । यसमा जानासाथ लग इन गर्नुपर्छ । नयाँ प्रयोगकर्ताहरुले नयाँ अकाउन्ट बनाउनुपर्छ, यसका लागि लग इन भन्दा तल ‘क्रिएट न्यू एकाउन्ट भन्ने बटन छ । त्यसमा गएर इमेल र पासवर्ड हान्नुपर्छ । त्यसपछि तपाईको इमेलमा नोटिफिकेसन आउँछ । त्यो नोटिफिकेसनमा क्लिक गरेपछि मात्रै तपाईको अकाउन्ट एक्टिभ हुनेछ । अनि मात्र तपाईले तपाईले शेयर लगानी फारम भर्न सक्नुहुनेछ । पहिलो पेजमा तपाईले आफ्नो व्यक्तिगत विवरणहरु भर्नु पर्नेछ । त्यसपछि तपाईले अर्को पेजमा जानुपर्छ र लगानीकर्ताको प्रकार छान्नुपर्छ । यसमा गैरआवासीय, आम नागरिक, सरकारी संस्थानका कर्मचारी र वैदेशिक रोजगारी गरी चार वर्ग रहेका छन् । अर्को चरणमा इच्छाइएको व्यक्तिको विवरण भर्नुपर्छ । अर्को पेजमा लगानी योजना भर्नुपर्छ । यसमा तपाईले लगानी गर्ने कुल रकम भर्नुपर्छ जुन पाँच वर्षको योजना हुनेछ । यो लगानी प्रतिवद्धता जनाउनासाथ पैसा जम्मा गर्नुपर्दैन । पछि यसबारे ऊर्जा मन्त्रालयले सूचना निकाल्नेछ र प्रतिवद्धता अनुसार लगानी गर्नुपर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending