Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

अमेरिकामा आँधीका कारण कम्तीमा १० जनाको मृत्यु

खबरडबली संवाददाता

वाशिङ्गटन । संयुक्त राज्य अमेरिकाका विभिन्न भागमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा रद्द र बिजुली कटौती भएको छ । 

आँधीको असर सोमबारसम्म अत्यधिक देखिने बताइएको छ । आँधीबेहरीसँगै परेको व्यापक हिम बर्षाले देशका अधिकांश भूभाग प्रभावित भएको भन्दै आर्कटिक हावाको प्रभाव धेरै दिनसम्म रहँदा सामान्य जनजीवन लामो समय ९केही दिन०सम्म प्रभावित हुन सक्ने बताइएको छ । 

अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस)ले अमेरिकीलाई सोमबार बिहानसम्म मौसममा कुनै सुधार नआउने बताएको छ । न्यूयोर्कका मेयर जोहरान ममदानीले सप्ताहन्तमा चिसो तापक्रमबिच पाँच जना मृत फेला परेको बताएको छन् । यद्यपि, उनले मृत्यु मौसमसँग सम्बन्धित भएको पुष्टि गरेनन् । उनले पत्रकारसँग भने, “यस पहिले यति अत्यधिक चिसोको मलाई सम्झना छैन ।”

टेक्सासमा हिउमा चिप्लिएर खेल्ने खेल (स्लेजिङ) दुर्घटनामा एक १६ वर्षीया किशोरीको मृत्यु भएको अधिकारीले पुष्टि गरेका छन् । लुइजियानामा अत्यधिक चिसो ९हाइपोथर्मिया०का कारण दुई जनाको मृत्यु भएको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

‘पावर आउटेज डट कम’ नामक विद्युत सेवा अवरूद्धबारे जानकारी दिने ‘साइट’मा आइतबार रातिसम्म आँधीबाट बढी प्रभावित क्षेत्रमा आठ लाख ४० हजारभन्दा बढी ग्राहक विद्युतको सेवाबाट बञ्चित भएको उल्लेख गरिएको छ । लुइसियाना, मिसिसिपी र जर्जियामा पनि करिब तीन लाख मानिस आँधीबेहेरीका कारण सामना गर्नुपरेको विद्युत कटौतीबाट प्रभावित भएका छन् । 

अमेरिकाको सङ्घीय राजधानी वासिङ्टनले कम्तिमा २० राज्यमा सङ्कटकाल घोषणा गरेका छन् । वाशिङ्गटनका बासिन्दा विहान उठ्दा फुटपाथ र सडकमा धेरै इन्च हिउँले ढाकिएको पाइएको बताएका छन् । संघीय कार्यालय सोमबारका लागि अघिल्लो दिनको मौसमी खराबी सम्बन्धी सूचनापछि बन्द गरिएको छ ।

वाशिङ्गटन, फिलाडेल्फिया र न्यूयोर्कका धेरै प्रमुख विमानस्थलमा लगभग सबै उडान रद्द भएका छन् । शनिबारदेखि देशभित्र आउने र बाहिर जाने १९ हजारभन्दा बढी उडान रद्द भएका बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा भन्नुभएको छ, “हामी यस आँधीबेहरीको बाटोमा सबै राज्यसँग निगरानी र सम्पर्कमा रहने छौँ । सुरक्षित र न्यानो रहनुहोस् !”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी र सरकारबीचको १० बुँदे सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइनेमा

काठमाडौँ । सरकार र जेनजी प्रतिनिधि बिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिटलाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने सूची’मा राखेको छ। सोमबार, न्यायाध...

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

काठमाडौँ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क...

स्वदेशी चलचित्रको प्रवर्द्धनका लागि कानुन संशोधन गर्ने तयारी: मन्त्री सिन्हा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्न वर्तमान चलचित्र सम्बन्धि कानुन ...

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौँ। निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार मा...

चुनावी प्रचारका लागि नेपालगञ्जमा पुगेका बालेनको क्रेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सोमबार सुदूरपश्चिम दौडाहका लागि नेपालगञ्ज पुगेका छन्। विमानस्थलमा उनका समर्थक...

किसानले माघ लागेपछि बल्ल टिप्न थाले सुन्तला

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठ...

मधेशका कुरा काठमाडौंमा र काठमाडौंका कुरा मधेशमा सुनाउन इच्छुक छु: सभापति थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा ले मधेशसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यका साथ सर्लाही–४ मा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्त...

अमेरिकामा आँधीका कारण कम्तीमा १० जनाको मृत्यु

वाशिङ्गटन । संयुक्त राज्य अमेरिकाका विभिन्न भागमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा ...

मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु

मेक्सिको सिटी। मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२...

नेपाल–साउदी अरबबिच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल र साउदी अरबबिच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित द्विपक्षीय श्रम सम्झौता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending