Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सरकारलाई डाक्टरको खडेरी

\"\"काठमाडौं, २६ पुस । स्वास्थ्यमा दुर्गमका रिक्त पदमा कर्मचारी जान छाडेका छन् । दुर्गममा गएर सेवा दिनुपर्ने भएपछि स्वास्थ्य मन्त्रालयले आह्वान गरेका रिक्त पदमा न्यून चिकित्सकले मात्र दर्खास्त दिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– मन्त्रालयले विभिन्न समूहमा गरी १५८ कन्सल्टेन्ट पदका लागि दर्खास्त मागेको थियो । तर, ९० जनाले मात्र दर्खास्त दिएका थिए । अन्तर्वार्तामा दुईजना अनुपस्थित रहे भने ८८ जना पास भएका छन् । तीमध्ये २९ चिकित्सकले मात्र नियुक्तिपत्र बुझेको मन्त्रालयले जनाएको छ । बाँकी ५९ चिकित्सक भने बोलाउँदा पनि नियुक्तिपत्र लिन पुगेका छैनन् । मन्त्रालयले रिक्त पदमा पदपूर्ति गर्न ७ मंसिरदेखि १५ पुससम्म अन्तर्वार्ता लिएको थियो । ‘एक सय ५८ जना मागेकोमा ९० जनाले आवेदन दिए । सुरुमै ७० जनाको आवेदन परेन,’ स्वास्थ्य मन्त्रालयका सहसचिव तथा अन्तर्वार्ता समिति संयोजक दानध्वज बस्नेतले नयाँ पत्रिकासँग भने, ‘आवेदन दिएका र छनोट भएर पोस्टिङ भइसकेका अधिकांशले दुर्गममा जान मानेनन् ।’ सरकारको प्राथमिकता दुर्गमलक्षित सेवा भए पनि चिकित्सकको रुचि नहुँदा समस्या भएको छ । ‘चिकित्सक पठाउन विज्ञापन आह्वान गर्दा रिक्त पदअनुसारको दर्खास्तै पर्दैन, छनोटमा परेका पनि जान मान्दैनन्,’ बस्नेतले भने । चिकित्सक सहरकेन्द्रित हुँदा दुर्गमका नागरिक उपचार पाउनबाट वञ्चित छन् । दुर्गममा निजी क्लिनिक नहुने र सुविधा पनि कम हुने भएको चिकित्सक उपत्यकाबाहिर जान नमानेको मन्त्रालयका अधिकारीको भनाइ छ । दुर्गममा घुम्ती चिकित्सक पठाउने तयारी स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सक बाहिर जान नमान्नुले ठूलो समस्या निम्त्याएको बताए । सरकारलाई नवौं तहका चिकित्सकको खडेरी लागेको पनि उनको भनाइ छ । नियम संशोधन गरेर दुर्गममा पठाउन खोज्दा पनि चिकित्सक जान नमानेको उनले गुनासो गरे । ‘नवौँ तहको विशेषज्ञ चिकित्सक सुक्खा तलबमा मात्रै जान मान्दैनन्,’ मन्त्री थापाले भने, ‘हामीसँग सुक्खा तलबभन्दा अरू सेवा दिने आधार छैन । त्यसैले अब दुर्गममा घुम्ती चिकित्सक परिचालन गर्नुको अर्को विकल्प हामीसँग छैन ।’ काजमा भए पनि तीन–तीन महिनामा दुर्गममा चिकित्सक पठाउने थापाले स्पष्ट पारे । घुम्ती चिकित्सकमा शिक्षण अस्पताल महाराजगन्ज र निजी मेडिकल कलेजबाट सेवा पु¥याउने उनले जानकारी दिए । दुर्गममा जान आकर्षक सुविधा हुनुपर्छ डा. प्रवीण मिश्र, पूर्वस्वास्थ्यसचिव हस्पिटल र औषधिले मात्रै हुँदैन, जनशक्ति अनिवार्य आवश्यकता हो । तर, जनशक्ति जानै मान्दैन भने त्यसको विकल्प के हो, राज्यले खोज्नुपर्छ । एउटै श्रेणीको विशेषज्ञ चिकित्सकको सेवासुविधा सुगममा जति नै दुर्गममा पनि भएका कारण समस्या आएको हो । ठाउँअनुसार सुविधाको व्यवस्था नहुँदा चिकित्सक दुर्गममा जान नमानेका हुन् । नारामा नभएर कानुन र व्यवहारमा सुविधासहितका व्यवस्था गरे मात्रै चिकित्सक दुर्गममा जान स्वतः इच्छुक हुन्छन् । स्वास्थ्यलाई फरक तरिकाले परिभाषित गरी तलबभत्ताको व्यवस्था मिलाएको भए दुर्गममा काम गर्ने चिकित्सकको संख्यामा वृद्धि हुने थियो । विदेशमा चिकित्सकलाई नियुक्तिपत्र दिँदा प्रथम श्रेणीबाट दिने गरिन्छ । जसले गर्दा उनीहरूलाई राज्यले जस्तो ठाउँमा खटाए पनि गएको पाइन्छ । नेपालमा तेस्रो श्रेणीबाट चिकित्सकको नियुक्ति गर्ने व्यवस्था छ । यसैकारण सरकारी सेवामा चिकित्सकको आकर्षण घट्दो अवस्थामा छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: