Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

‘त्यतिबेलाको भिसेरा रिपोर्ट ओलीले नै गायब पार्न लगाएका थिए’

संविधान कुनै पार्टीको मुखपत्र पनि होइन न त दस्तावेज नै । सम्पूर्ण वर्ग, जाती, लिङ्ग, बिभिन्न समुदायको एकीकृत कानून हो संविधान । अहिलेको संविधानलाई पूर्ण संविधान भन्नेहरु कि त अन्धो हुनुपर्छ कि त जानीजानी बुझ पचाएको हुनुपर्छ । [caption id=\"attachment_82881\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] दक्षिणी दबाबलाई काउन्टर दिँदै मधेसवादी दलबाहेकका सबै ठूला राजनीतिक दलहरुले आफ्ना आफ्ना अडानबाट तल झरेर संविधान बनाउने आँट गरेकै हुन् तर त्यत्ति नै बेला आन्दोलनमा भएका मधेसवादी दलहरुलाई सहमतिमा ल्याएर संविधान संशोधनमार्फत संविधानलाई झन प्रभावकारी बनाउनुपर्छ भनेर एक किसिमको सहमति ठूला मानिने राजनीतिक दलबीच सहमति भएको हो । आज त्यसैलाई अग्रसरता दिदै सरकार पक्षीय दलले संविधान संशोधन बिधेयक ल्याएको हो । पुस २२ गते एमालेसहित ९ दलीय बिरोध कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाषा सम्बन्धित बिधेयेकको यसरी ब्याख्या गरे कि, मलाई लाग्यो यिनी नेपाली नै होइनन् । किनभने नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक हो । हामीले बोल्ने नेपाली भाषा कतिपय जातीका लागि दोस्रो भाषा हो । के उनीहरुको आफ्नो भाषा, धर्म, संस्कृति, भेषभुषाको रक्षा हुनुपर्छ कि पर्दैन ?
५ नम्बर प्रदेशमा वाईसीएलले साथ दिन्छन् भनेर जुन अभिव्यक्ति गरे केपी ओलीले ! म एमालेलाई भन्न चाहन्छु कि वाईसीएल तिम्रो भातृसंगठन युवा संघ होइन । वाईसीएलको आफ्नो इतिहास र गौरब छ । हिजो पनि देश र जनताको लागि मर्न तयार भएको संगठन हो, अहिले पनि छ र भोलि पनि हुनेछ ।
आजभोलि एमालेका नेताहरुले संघीयताको विरोध गर्ने गरेका छन्, अनि संविधान कार्ययव्ययन हुनुपर्छ भन्न पनि पछि पर्दैनन् । जुन संघीय संविधानको आडमा केपी ओली प्रधानमन्त्री बने आज त्यहीँ संघीयताको बिरोध गर्ने एमाले संविधान कार्यन्ययनप्रति कति बफादार हो की सत्ता बाहिरको पीडा हो हामी प्रष्ट बुझ्न सक्छौं । लासमाथिको राजनीति १. २०५० सालमा मदन भण्डारीको हत्या भयो । कसले गर्यो त नेपाली जनताले बुझेकै छन् । त्यतिबेला प्रमुख प्रतिपक्षी एमालेले हत्यारो पत्ता लगाउनु पर्ने माग राखी सडकको रेलिङ र टेलिफोन बुथ एउटै राखेन । त्यही मदन भण्डारीको हत्यामाथि राजनिती गरेर एमाले धेरै पटक सत्तामा पुग्यो । मदनका हितैषी ओलीसहित झलनाथ खनाल र माधव नेपाल पनि प्रधानमन्त्री भए । मदनपत्नी बिद्या भण्डारी राष्ट्रपति छिन् तर मदन भण्डारीको हत्याराको खोजी त पर जाओस् कसैले च्याँसम्म गरेका छैनन् । अझै योगेश भट्टराई र घनश्याम भुसालको कुरा पत्याउने हो भने त्यतिबेलाको भिसेरा रिपोर्ट ओलीले नै गायब पार्न लगाएका थिए किन ? २. पार्टी बिभाजनको बेला चुनाव हुँदै गर्दा अत्याधिक लोडको कारण काठमाडौको गोठाटारमा भाषण गर्दा गर्दै पार्टी अध्यक्ष मनमोहन अधिकारी ढले । ब्रेन डेड भइसकेको अवस्थामा उनलाई १४ दिनसम्म अस्पतालमा राखिराखेर चुनावी मसला बनाइयो, जब कि ३६ घण्टा भन्दा बढी अस्पतालमा राख्न आवश्यक नै थिएन । तर चुनावको मुखसम्म अस्पतालमा राखियो किन ? अझै उनको शवयात्रामा समेत चुनाव प्रचारको जुलुसमाझैं सूर्य अंकित झण्डा फहराइयो, किन ? ३. बिभिन्न पत्रपत्रिकाका अनुसार अहिले दुर्गा तिवारी हत्या काण्डमा पनि त्यसैगरी युवा संघ रुपन्देहीका पुर्व कोषाध्यक्ष मनोज पुनको संलग्नता छ भन्ने थाहा हुँदाहुँदै सडकमा तमासा किन ? पुन नभए अरु कोहि भए पनि छानबिन गर्ने काम त प्रहरीले गरिरहेकै छ नि ! हत्यारा पत्ता लगाउने काम त प्रहरीको हो । अनुसन्धान गर्दैछन त अहिले सडकमा तमासा किन ? अझै ९ महिनाअघि पनि गोली हान्ने प्रयास बिफल भएको भन्ने कुरा आएको छ । आन्दोलनले गति नलिएको बेला यहि घटनालाई मसला बनाएर एमालेले यो घटनालाई राजनीतिकरण गरेर फेरि लास माथिको राजनीति गर्ने गरेको छ, किन? र अर्काे कुरा, ५ नम्बर प्रदेशमा वाईसीएलले साथ दिन्छन् भनेर जुन अभिव्यक्ति गरे केपी ओलीले ! म एमालेलाई भन्न चाहन्छु कि वाईसीएल तिम्रो भातृसंगठन युवा संघ होइन । वाईसीएलको आफ्नो इतिहास र गौरब छ । हिजो पनि देश र जनताको लागि मर्न तयार भएको संगठन हो, अहिले पनि छ र भोलि पनि हुनेछ । हामी मौन बसेकै कारणलाई अर्को अर्थ नदेउँ ! हामी बारुद खाएर आगो ओकल्नेका जत्था हौ ! देखाउँ तिम्रा युवा संगठन जस्तो वाईसीएल कहाँ कलङकित छ ! तिमी युवालाई प्रयोग गर्छाै अनि गुण्डागर्दी गर्छाै, आतंक मच्चाउछौ । बरु सम्झाई देउ, तिम्रा महेश बस्नेत, पर्शुराम बस्नेत, ठाकुर गैरे, नबिना लामालाई संविधान संशोधनमा अंगिकृतलाई राष्ट्र अध्यक्ष बनाउने,हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने, लुम्बिनी भारतलाई बुझाउने कहीँ लेखिएको छैन भनेर । झुठको सहारामा केही समय त मज्जा नै होला तर जब मदन भण्डारी फाउन्डेसनको नाममा बार्षिक ५ करोड लैनचौरबाट लिने जस्ता यथार्थ बाहिर आउँछ तब तिमीहरू घर न घाटका हुनेछौ, अनि कोही झापा लाग ,कोही इलाम लाग, कोही रौतहट, कोही प्युठान । तिमीले मान्ने गरेको गुगल ब्वाईको भविष्यवाणीले त्यही भन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending