Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

लोकमानदेखि भाग्दै एमाले नेता

\"\"काठमाडौं, २४ पुस । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको योग्यताबारे सर्वोच्च अदालतमा चलिरहेको मुद्दा किनारा नलागेसम्म संसद् बैठक अवरुद्ध गर्ने नेकपा एमालेको रणनीति रहेको रहस्य खुलासा भएको छ । देशान्तर साप्ताहिकमा खबर छ– संविधान संशोधनको विषयभन्दा लोकमानसिंह कार्कीले पार्टीका नेताहरु अप्ठ्यारोमा पार्ने भएपछि एमालेले संविधान संशोधन विधेयकको बहानामा कार्कीलाई संसद्को महाअभियोग सिफारिस समितिमा आउन नदिनका लागि संसद् अवरोध गर्दै आएको एमाले निकट स्रोतले बताएको छ । संसद् सुचारु भएमा कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने र त्यसपछि उक्त विषय महाअभियोग सिफरिस समितिमा प्रवेश गर्नेछ । समितिले एक साताभित्र कार्कीलाई बोलाएर स्पष्टीकरणको मौका दिनुपर्छ । त्यतिबेला कार्कीले एमाले नेताहरुले आफूलाई प्रयोग गर्न सत्तामा हुँदा के के गरे भन्ने विषयमा सप्रमाण प्रस्तुति दिने थाहा पाएपछि लोकमानको विषय संसद्बाट भन्दा अदालतबाटै टुंगियोस भन्ने चाहेको स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्री हुँदा ओलीले आफूलाई फोन गरेर विपक्षी दलका नेताहरुलाई कारबाही गर्न गरेको आग्रहको टेलिफोन रेकर्ड लोकमानले सुरक्षित राखेका छन् । त्यस्तै एमाले नेता विष्णु पौडेलले अर्थमन्त्री हुँदा तत्कालीन कानुनमन्त्री अग्नी खरेल र सुवास नेम्वाङलाई कारबाहीका लागि गरेको आग्रहको रेकर्ड पनि कार्कीसँग सुरक्षित छ । त्यसबाहेक अन्य नेताहरुको भ्रष्टाचारको कर्तुत पनि सप्रमाण सार्वजनिक गर्ने डरले एमाले नेताहरु हच्किएका छन् । संसद्को महाअभियोग सिफारिस समितिमा बयान दिन जाँदा कार्कीले एमाले नेताहरुले आफूलाई गरेको आग्रहको प्रमाणसहित प्रस्तुत हुने थाहा पाएपछि एमाले नेतृत्व बाध्य भएर कार्कीलाई संसद्मा नल्याइ अदालतबाटै पन्छाउने रणनीतिमा लागेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending