Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

थानकोटको विकल्प सीतापाइला–धार्के सडक

\"\"काठमाडौं, १९ पुस । सरकारले कलंकी–नौविसे सडकको विकल्पका रूपमा सीतापाइला-धार्के सडक विस्तार गर्ने भएको छ । काठमाडौंबाट नौविसे हुँदै धार्केसम्म जाने सडकमा ट्राफिक जाम बढेपछि विकल्पमा सीतापाइला–धार्के सडक निर्माण गर्न लागिएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ– सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले सीतापाइला-धार्के सडक निर्माण गर्न सरकारले प्राथमिकताका साथ काम अघि बढाएको जानकारी दिए । यसका लागि कुवेत सरकारले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनसमेत सरकारलाई दिइसकेको छ । उनका अनुसार कुवेतले सीतापाइलादेखि धार्केसम्म २५ किलोमिटर सडक बनाउन चाहेको भए पनि यसको प्रक्रिया ढिलो भएकाले डीपीआर मात्रै सरकारले स्वीकृत गरेको हो । यही प्रतिवेदनअनुसार अब यो सडक नेपाल सरकार आफैंले बनाउने गरी प्रक्रिया अगाडि बढाइरहेको छ । यो सडक निर्माण गर्न सरकारले चालू आवकै लागि १५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । थप २५ करोड रुपैयाँका लागि पनि कार्यक्रम बनाएर पेश गर्न निर्देशन दिइएको कार्कीले बताए । सीतापाइलाबाट सुरु हुने यो सडक धार्के जोडिदाँसम्म २५ किलोमिटरको हुन्छ । यो सडक निर्माणको कुल लागत दुई अर्ब ५० करोड रुपैयाँ हुने गरी कुवेती सरकारले प्रतिवेदन दिएको छ । सडक विभागका वैदेशिक महाशाखा प्रमुख संजयकुमार श्रेष्ठले प्रतिकिलोमिटर १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । काठमाडौंको कलंकीबाट नौविसे हुँदै जाने र काठमाडौं फर्कंदा धार्केबाट महेशफाँट हुँदै सीतापाइला आउन यो सडक प्रयोग गरिनेछ । श्रेष्ठका अनुसार अहिले भएकै ट्र्याकअनुसार बनाइने यो सडक सरकारले प्राथमिकताका राखेर निर्माण थाल्ने भएको छ । दुई लेनको यो सडक निर्माण गर्न कुवेत सरकारले करिब १५ करोड रुपैयाँ खर्च गरेर डीपीआर बनाएको थियो । कुवेतले अनुदानमा बनाइदिएको यो प्रतिवेदन नेपाल सरकारलाई बुझाएकाले सोही प्रतिवेदनका आधारमा सडक निर्माण हुनेछ । सडक निर्माण प्रक्रिया अगाडि बढाउने काम चितवन सडक डिभिजन कार्यालयले गरिरहेको छ । चितवन डिभिजन कार्यालयका प्रमुख सुशीलबाबु ढकालका अनुसार चालू आवमा जम्मा १५ करोड रुपैयाँ विनियोजन भए पनि थप २५ करोड रुपैयाँको सीमाभित्र रहेको कार्यक्रम बनिसकेको छ । यो कार्यक्रम स्वीकृत भएपछि काठमाडौंबाट १० किलोमटिर र धादिङ खण्डको १५ किलोमिटर सडक निर्माणको काम सुरु हुनेछ । काठमाडौंतर्फको १० किलोमिटर सडक चौडा बनाएर दुई लेनको बनाउन ठेक्कासमेत भइसकेको छ । सीतापाइलाबाट सुरुङमार्ग सीतापाइलाबाट धादिङको महेशफाँट जोड्न सुरुङमार्ग निर्माण हुने भएको छ । सडक विभागका इन्जिनियर तथा वैदेशिक महाशाखा प्रमुख श्रेष्ठका अनुसार कुवेत सरकारले तयार पारको प्रतिवेदनमा दुई सय ५० मिटरसम्मको सुरुङमार्ग बन्ने उल्लेख छ । सीतापाइला नजिक वाफल खोला किनारबाट सुरु हुने यो सुरुङमार्गले महेशफाँटतर्फको धादिङलाई जोड्नेछ । यो सुरुङ मार्ग नागढुंगा–नौविसेको जस्तै हुने श्रेष्ठले जानकारी दिए । तीन लेनको सुरुङ मार्गमा दुई लेन प्रयोग हुन्छ भने एक लेन आकस्मिक प्रयोजनका लागि राखिन्छ । यो सुरुङमार्ग छोटो हुने भएकाले यसमा मोटरसाइकल पनि प्रवेश गर्न पाउने जानकारी श्रेष्ठले दिए । सीतापाइलाबाट सुरुङमार्गसहितको सडक बनाउँदा आधा घन्टामै धार्केबाट सीधापाइला आउन सकिन्छ । उनका अनुसार धार्केबाट नौविसे हुँदै आउने सडक उकालो पर्ने र सवारी बिग्रदाँ हुने जाम तथा त्रिशूली खण्डको जोमिख घटाउन पनि सीतापाइला धार्के सडक उपयोगी हुन्छ । धार्केबाट काठमाडौं आउन सीतापाइला भएर आउने गरी यो सडक प्रयोगमा ल्याउन सकिने विभागको भनाइ छ । विभागका अनुसार सडक निर्माण गर्दा कम्तीमा प्रतिकिलोमिटर ६ करोड खर्च लाग्छ । सुरुङमार्गका लागि प्रतिकिलोमिटर दुई अर्ब रुपैयाँ खर्च हुन्छ । सीतापाइलाबाट निर्माण हुने यो सडकको सुरुङमार्ग छोटो भएकाले ५० करोड रुपैयाँसम्ममा बन्ने अनुमान सडक विभागको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: