Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मुलुकभर मौसम बदली 

\"\"काठमाडौं, १८ पुस । आइतबार बिहानबाट सुरु भएको मौसम बदली मुलुकभर फैलिएको छ । सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ– भारतको जम्मु काश्मीर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । शनिबार भारत हुँदै सुदूरपश्चिमबाट नेपाल छिरेको पश्चिमी वायुको प्रभावले हिमाली भेगमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा वर्षा र तराईमा बाक्लो कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘आइतबार बिहानदेखि सुरु भएको बदली सोमबार साँझसम्म जारी रहनेछ,’ मौसमविद् वरुण पौडेलले भने, ‘पश्चिमी वायुको प्रभावका कारण स्थानीय वायुमा आएको परिवर्तनले मुलुकभर छिटफुट वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।’ मंगलबार मध्याह्नपछि बिस्तारै मौसममा सुधार हुनुका साथै घाम लाग्ने उनले जानकारी दिए । ‘अहिले देशभर पश्चिमी वायुको प्रभावले ल्याएको मौसमी प्रणाली विकसित हुँदा बदली भएको छ र अघिल्ला दिनको तुलनामा बढी चिसो महसुस भएको छ,’ मौसमविद् पौडेलले भने । उनले पानी लगातार पर्ने नभई केहीबेर परेर रोकिने र फेरि पर्ने बताए । शनिबार राति सुदूरपश्चिमबाट भित्रिएको मौसमी प्रणाली पूर्वसम्म फैलिएपछि मुलुकभर मौसममा बदली भएको हो । पूर्वी नेपालबाट नबाहिरिउन्जेल मौसम सफा नहुने मौसमविद्हरूले बताएका छन् । उच्च पहाडी भेग र हिमाली भेगहरूमा हिउँ परिरहेको छ । गोरखा, काभ्रेको ढुंखर्क, जुम्ला, रसुवा, ताप्लेजुङ र दोलखामा हिउँ परेको महाशाखाले जनाएको छ । बिहीबारदेखि पश्चिम क्षेत्रमा फेरि वर्षा हुनेछ । फेरि आउने पश्चिमी वायुले काठमाडौंको मौसम पनि प्रभावित पार्न सक्छ । नेपालमा वर्र्षामा बंगालको खाडीबाट आउने वायु प्रभावले वर्षा हुुन्छ भने हिउँदमा पश्चिमी वायुको प्रभावले पानी पर्छ । काठमाडौं उपत्यकामा शनिबार साँझदेखि नै पानी पर्ने र रोकिने क्रम जारी छ । शनिबार सबैभन्दा बढी ताप्लेजुङमा ६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा भने आइतबार शून्य दशमलव १ मिलिमिटर वर्षा भएको थियो भने दिनभर घाम नलाग्दा चिसो बढेको थियो । महाशाखाको तथ्यांकअनुसार काठमाडौंमा शनिबार ४ दशमलव ५ डिग्री न्यूनतम तापक्रम थियो भने आइतबार ५ डिग्री मापन गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending