Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

राजतन्त्र ब्युँताउन को-को सक्रिय ?

\"\"काठमाडौं, १७ पुस । संविधान कार्यान्वयनमा दलहरु उदासीन बनेको मौका छोपेर मुलुकमा प्रतिगामी तत्वहरु सलबलाउन थालेका छन् । त्यस्ता तत्वहरुले वर्तमान समयमा दलहरुबीच लुलिएको तिक्तता, विशेषगरी सत्तापक्ष र प्रतिपक्षका बीचमा बढीरहेको दुरीको मौका छोपी विभिन्न षड्यन्त्रको तानाबाना बुनिरहेको प्रमाणहरु एपछि अर्को गर्दै उजागर हुन थालेका छन् । देशान्तर साप्ताहिकमा खबर छ– यस्ता तत्वहरुले कसरी हुन्छ दलहरुबीचको दुरीलाई अझ फराकिलो बनाउने र संविधान कार्यान्वयनको प्रयासलाई हरसम्भव विफल बनाउने रणनीति लिएको बुझिन्छ । २०७४ माघ ७ भित्र संविधानमा निर्दिष्ट कुनै पनि चुनाव हुन नदिने र अन्ततोगत्वा मुलुकभित्र संवैधानिक शून्यताको अवस्था सिर्जना गराई आफ्नो अस्तित्व ब्युँताउने ‘ग्रान्ड डिजाइन’ अन्तर्गत त्यस्ता तत्वहरुले गतिविधिहरु संचालन गरिरहेका छन् । पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्रका गतिविधि र भनाइहरुले यसैलाई पुष्टि गरेको जानकारहरु बताउँछन् । ज्ञानेन्द्र शाह कुनै पनि हालतमा राजतन्त्र ब्युँताउनुपर्ने भन्दै आफूलाई त्यही लक्ष्य अनुरुप सक्रिय बनाइरहेका छन् । सूत्रका अनुसार यसमा उनलाई सहयोग नर्गे एउटा उच्चस्तरको समूह नै यतिबेला सक्रिय रहेको छ । उक्त समूहको संयोजन हवाइ उड्डयन व्यवसायी सुरेन्द्रबहादुर बस्नेतले गरिरहेको स्रोत बताउँछ । बस्नेतको संयोजनमा बनेको उक्त समूहले राजतन्त्र ब्युँताउनका लागि अनेकौं योजनाहरु तर्जुमा गर्ने, पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिने, राजनीतिक दलहरुभित्र राजतन्त्रप्रति झकाव भएकाहरुलाई परिचालन गर्ने लगायतका काम गरिरहेको बताइन्छ । जानकार सूत्रका अनुसार उक्त समूहको एक प्रमुख सदस्य सेनापति राजेन्द्र क्षेत्री पनि हुँन् । क्षेत्री समूहको बैठकमा उपस्थित हुने र राजतन्त्र ब्युत्याउने माहोल सिर्जना गर्न भावी योजना बनाउन सहयोग गरिरहेको स्रोतले बतायो । क्षेत्रीले अन्य सुरक्षा अंगमा समेत आफूहरुको मिसनलाई सहयोग गर्नेहरुलाई प्रोत्साहन गरिरहेका छन् । आगामी फागुन २ गतेदेखि नेपाल प्रहरीको प्रमुख फेरिँदै छन् । त्यतिबेला राजतन्त्रप्रति सद्भाव राख्ने व्यक्तिलाई प्रहरी प्रमुख बनाउने गरी क्षेत्रीले चलखेल सुरु गरेको स्रोत बताउँछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: