Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

गाडी तोडफोड भएको हो, जलाएका होइनौँ : युवा संघ प्रवक्ता

काठमाडौं, १७ पुस । बानेश्वरमा शुक्रबार सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता फरार छन् । आगो लगाउनेहरूको पहिचान भने भइसकेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ– अल्फा–बिटा हाउसछेउको सडकमा पार्किङ गरी राखेको बा।१झ १३९२ नम्बरको गाडीमा शुक्रबार दिउँसो आगजनी गरिएको थियो । बिदाको दिन सरकारी गाडी चलाएको तथा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा अभियुक्त पक्राउ नगरेको भन्दै युवा संघको नेतृत्वमा आगजनी भएको थियो । ‘धेरैको पहिचान भयो, अब खोज्दै छौँ’ ‘आगो लगाउनेमध्ये धेरैको पहिचान भइसकेको छ,’ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी नारायण चिमोरियाले भने, ‘उनीहरू हाल फरार छन्, जसरी पनि पक्राउ गरी कारबाही गर्छौं ।’ आगो लगाइएको गाडी बागमती सभ्यता एकीकृत विकास समितिको हो । समितिले भने आफ्नो गाडीमा आगजनी भएको जाहेरी प्रहरीमा दिएको छैन । प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान गरी दोषीलाई आगजनी मुद्दा चलाइने डिएसपी चिमोरियाले बताए । यस्तो मुद्दामा क्षतिअनुसार जरिवाना र कैद सजायको व्यवस्था छ । सिसिटिभी फुटेजमा युवा संघका कार्यकर्ता राष्ट्रपति कार्यालयमा काम गर्ने सुमित्रा थापा, युवा संघका नेता निरेशलाल सिंह, रोशन बस्नेत, प्रकाश गौतमलगायत व्यक्ति आगलागीका वेला घटनास्थलमा थिए । सिसिटिभी फुटेजका आधारमा उनीहरूको पहिचान भएको प्रहरी स्रोतले बताएको छ । यद्यपि, घटनामा क–कसको सहभागिता थियो भन्ने विषयमा थप अनुसन्धानपछि प्रस्ट हुने प्रहरीको भनाइ छ । आगजनी गरिएकोप्रति सर्वसाधारण मात्र होइन, एमालेकै नेताहरूले पनि चर्को आलोचना गरेका छन् । तोडफोड भएको हो, जलाएका होइनौँ प्रभातविक्रम कटुवाल, प्रवक्ता, युवा संघ एमाले र युवा संघलाई बदनाम गर्न सरकारको घुसपैठमा शुक्रबार गाडी जलाइएको हो । शनिबार बिदाको दिन संघको कार्यालयअघि श्रीमती र छोराछोरीलाई गाडी सिकाइँदै थियो । किन बिदाको दिन यसो गरियो भनेर सोध्ने क्रममा सिकाउने व्यक्तिले नै प्रतिवाद गर्दा हाम्रा साथीहरूले आक्रोशमा एक–दुई गाडी तोडफोड मात्रै गरेका हुन्, जलाइएको होइन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending