Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

२०१७ मै आउने भयो चिनीयाँ सहयोग

काठमाडौं, १५ पुस । चीनले नेपाललाई एक अर्ब चिनियाँ युआन अर्थात् १५ अर्ब ७० करोड रुपैयाँ सहयोग दिने भएको छ । सहयोग आदानप्रदान सम्झौतामा बिहीबार बेइजिङस्थित चिनियाँ वाणिज्य मन्त्रालयमा चीन र नेपालबीच हस्ताक्षर भएको छ । आजको कान्तिपुरमा खबर छ– सम्झौताअनुसार चीनले सन् २०१७ मा नेपाललाई उक्त रकम प्रदान गर्नेछ । राजदूत लीलामणि पौड्याल र चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री चाङ सियाङछनबीच हस्ताक्षर भएको हो । चीनले प्रदान गरेको रकम मुख्य गरी रसुवा–स्याफ्रुबेंसी सडक विस्तार र निजामती अस्पतालको स्तरोन्नतिमा खर्च गरिनेछ । यसका साथै भूकम्पपछिको पुनर्निर्माणका अन्य परियोजनामा पनि चिनियाँ सहयोग खर्च हुने राजदूत पौड्यालले बताए । सहयोग लिन चीनले नेपाललाई डिसेम्बर ५ तारिखभित्र सम्झौता गर्न अनुरोध गरेको थियो । राजदूत पौड्यालले समयमै चीनले राखेको समयसीमा खुलाएर परराष्ट्र मन्त्रालयमा पत्राचार गरेका थिए । सहयोग लिनका लागि राजदूत पौड्याललाई मन्त्रिपरिषद्ले निर्णय गरी अधिकार प्रत्यायोजन गरेपछि सम्झौता भएको हो । अन्यथा उक्त रकम सन् २०१८ मा मात्र आउने थियो । नेपाल सरकारले समयमा निर्णय गर्न नसक्दा यस्तो समस्या आएको हो । मन्त्रिपरिषदको निर्णयअनुसार राजदूत पौडेललाई सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अधिकार प्रत्यायोजन गरिएको पत्र नेपालबाट दुई साता अगाडि मात्र प्राप्त भएपछि त्यससम्बन्धी प्रक्रिया अघि बढेको हो । चीनले निर्धारण गरेको समय कटे पनि नेपालको अनुरोधलाई ख्याल गर्दै चीनले सहयोग दिने सम्झौता गरेको हो । चीनमा आर्थिक वर्ष डिसेम्बरमा सकिने हुनाले डिसेम्बर ५ तारिख ९मंसिर २०० भित्र सम्झौता गर्न नेपाललाई आग्रह गरेको थियो । नेपाल सरकारले गत मंसिर २६ गते मात्र चिनियाँ सहयोग लिने निर्णय गर्दै सम्झौताका लागि राजदूत पौड्याललाई पत्र पठाएको थियो । चीनले तोकेको समय सीमाभन्दा ढिलो पत्र प्राप्त भएपछि राजदूत पौड्यालले चीनलाई उक्त सहयोग प्रदान गर्न अनुरोध गर्नुपरेको थियो । आर्थिक वर्ष समाप्त हुन लाग्दा नयाँ योजनाहरू बनाउन निकै व्यस्त रहेको चिनियाँ वाणिज्य मन्त्रालयले नेपालसँगको सम्बन्धलाई महत्त्व दिँदै सहयोग प्रदान गर्नका लागि सम्झौता गरेको राजदूत पौड्यालले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending