Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

मोबाइलबाटै राहदानी आवेदन भर्न सकिने

\"\"काठमाडौं, १३ पुस । राहदानीको आवेदन फाराम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ। आजको गोरखापत्र दैनिकमा खबर छ– यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको राहदानी विभागका सूचना अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए। ‘अहिले हामी एन्ड्रोइड र आईओएस दुबै प्लेटफर्मका मोबाइलमा चल्ने एपको अन्तिम परीक्षणको क्रममा छौँ। यो एप जारी भएसँगै पढेलेखेका व्यक्ति पनि व्यावसायिक रुपमा सञ्चालनमा रहेका अनलाइन फर्म भर्ने स्थानमा गएर एक सयरदुई सय तिरेर लाइनमा बसेर फाराम भर्ने परिपाटीको अन्त्य हुनेछ’ सूचना अधिकृत सुवेदीले भने। मोबाइल एपको प्रयोगमार्फत् आवेदनकर्ताले अनलाइन फाराम भरे जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन्। ‘मोबाइलबाट फराम भरेपछि आवेदनकर्ताले बारकोड नम्बर प्राप्त गर्छन्। उक्त बारकोडलाई स्क्रिन सट लिएर मोबाइलमा सेभ गर्ने, सेभ भएको बारकोडको फोटो लिएर विभागमा आउने व्यक्तिको फोटो र औँठा छाप लिने व्यवस्था मिलाएका छौँ’ सूचना अधिकृत सुवेदीले भने। यो मोबाइल एप एन्ड्रोइड मोबाइल र आईफोन तथा आईप्याड (आईओएस) अपरेटिङ् सिस्टम भएका मोबाइल डिभाइसमा प्रयोगकर्ताले प्लेस्टोर र एप स्टोरमा गएर प्राप्त गर्न सक्नेछन्। मोबाइलको प्लेस्टोर र एप स्टोरमा गएर ‘नेपाली पासपोर्ट’ सर्च गरेपछि विभागले राखेको एप देखिने छ, उक्त एप मोबाइलमा इन्स्टल गरेर ओपन गरेपछि राहदानीका लागि आवेदन फाराम भेटिने विभागले जनाएको छ। मोबाइलबाट राहदानीको आवेदन गर्नेले अनलाइन फाराममा आफ्नो सम्पूर्ण विवरण मोबाइलबाटै एपको प्रयोग गरेर भर्न सक्नेछन् । यसरी मोबाइलबाटै फाराम भरे लगत्तै आवेदनकर्तालाई विभागमा गएर औँठाछाप लगाउने, प्रत्यक्ष फोटो खिच्ने र हस्ताक्षर गर्नका लागि समय र बारकोड नम्बर प्राप्त हुनेछ। ‘अनलाइन फाराम अरुले भरिदिने हुँदा कही कतै गल्ती भयो भने आवेदनकर्ताले खोई अरुले भरेको हो मैले भरेको होइन भन्ने जस्ता समस्या समाधान गर्ने र सूचना प्रविधिको प्रयोग मार्फत् छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले विभागले मोबाइल एपबाट फाराम भर्ने व्यवस्था मिलाएको हो’ सूचना अधिकृत सुवेदीले भने। मोबाइल एपमा देखिने फारम हाल उपलब्ध अनलाइन फारम नै रहेको जनाइएको छ । मोबाइल एपबाट फारम भर्न नचाहनेहरुका लागि अनलाइन फारम पनि पूर्ववत् प्रयोग गर्न सक्नेछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending