Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सयभन्दा बढी देशमा चल्छन् नेपाली सिम

\"\"काठमाडौं, १३ पुस । नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन् । नेपाल टेलिकमले ७२ र एनसेलले एक सय १० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय रोमिङको दायरा बढाउँदै र ट्यारिफ घटाउन थालेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवाका उपभोक्ताको संख्या पनि बढेको छ । यो सेवाले विदेश जाँदा पनि स्वदेशमा नियमित सम्पर्क गर्न सहज हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन् । व्यक्तिगत वा व्यावसायिक कामले विदेश गइरहने प्रयोगकर्ताले अहिले मोबाइलमा सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्था छैन । अन्तर्राष्ट्रिय रोमिङले नेपालकै सिम प्रयोग गरेर विदेशबाट नियमित सम्पर्क गर्न सहज भएको मुरारकाको भनाइ छ । ‘यसले विदेशमा गएर सिमकार्ड किनिरहनुपर्ने र नयाँ नम्बरबाट नेपालमा सम्पर्क गर्नुपर्ने बाध्यता हटेको छ,’ उनले भने । छोटो समय विदेश रहँदा उपयुक्त कामविशेष वा भ्रमण गर्न छोटो समयका लागि विदेश जाने जोसुकैले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन उपयुक्त हुन्छ । यसका लागि सम्बन्धित कम्पनीमा गएर अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनुपर्छ । कम्पनीअनुसार सर्त र नियम फरक–फरक हुन्छन् । अन्तर्राष्ट्रिय रोमिङ सेवा अत्यधिक खर्चिलो हुन्छ । नेपालबाट भारतमा फोन गर्दा सरदर प्रतिमिनेट ४ रुपैयाँ लाग्छ । तर, रोमिङ सेवा लिएर भारतमा गई फोन उठाउँदा प्रतिमिनेट २ सय रुपैयाँसम्म लाग्छ । यस्तो मूल्य विभिन्न कम्पनी र तिनका प्याकेजअनुसार फरक–फरक हुन्छन् । खर्चिलो हुने भएकै कारण उच्च आय भएका व्यक्तिले मात्रै अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने गरेको सेवा प्रदायकले जनाएका छन् । महसुल दरमा प्राधिकरणको चासो छ मीनप्रसाद आर्याल प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण पछिल्लो समय अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनेहरू बढेका छन् । तर, महसुल अत्यधिक हुने भएकाले सीमित सेवाग्राहीले मात्रै सेवा उपभोग गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय रोमिङको महसुल दरमा प्रत्यक्ष हस्तक्षेप गर्न सक्छ । तर, अन्तर्राष्ट्रिय रोमिङमा सक्दैन । अन्तर्राष्ट्रिय रोमिङको महसुल दर सम्बन्धित दुई मुलुकका सेवाप्रदायकबीचको सम्झौताअनुसार तय हुन्छ । यसमा हामीले हाम्रो लोकल सेवा प्रदायकलाई नाफा बढी नराख्न सचेत गराउने गरेका छौँ । रोमिङको महसुलमा प्राधिकरणको चासो अधिक छ । ७२ देशमा टेलिकमको रोमिङ नेपाल टेलिकमले सन् २००३ मा भारतको मुम्बईबाट सुरु गरेको अन्तर्राष्ट्रिय रोमिङ सेवा अहिले ७२ वटा मुलुकमा उपलब्ध छन् । यसका लागि टेलिकमले ती मुलुकका २ सय ४५ वटा सेवाप्रदायकसँग सम्झौता गरेको छ । हाल कम्पनीले आफ्ना पोस्टपेड ग्राहकलाई अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउँदै आएको सहायक प्रवक्ता सोभन अधिकारीले बताए । ११० देशमा एनसेलको रोमिङ निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको अन्तर्राष्ट्रिय रोमिङ सेवा ११० मुलुकमा उपलब्ध छन् । यसका लागि कम्पनीले ती मुलुकका कुल ३३८ वटा सेवाप्रदायकसँग सम्झौता गरेको छ । कम्पनीले रोमिङको दायरा बढाउँदै लगेको र दरलाई घटाउँदै लगेको एनसेलका कम्युनिकेसन एक्स्पर्ट मिलनमणि शर्माले बताए । के हो अन्तर्राष्ट्रिय रोमिङ ? कुनै एक मुलुकमा रहेको टेलिकम कम्पनीको सिम ९नम्बर० अन्य मुलुकमा रहेको सेवा प्रदायकको नेटवर्कमा समेत चल्न सक्ने सुविधा अन्तर्राष्ट्रिय रोमिङ हो । उदाहरणका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएपछि नेपाल टेलिकम वा एनसेलका सेवाग्राहीले आफूले प्रयोग गरिरहेको नम्बर अर्को देशमा रहेको अन्य सेवा प्रदायकको नेटवर्कमा समेत चलाउन सक्छन् । रोमिङले यात्राका क्रममा जुन मुलुकमा पुगे पनि ‘वायरलेस सेवा’ विनाअवरुद्ध नेटवर्कमा आबद्ध भइरहने र भ्वाइस, एसएमएस र डाटा सेवा लिन सक्ने प्रत्याभूति दिन्छ । यसका लागि सम्बन्धित मुलुकका सेवाप्रदायकबीच अन्तर्राष्ट्रिय रोमिङको सम्झौता हुन्छ । रोमिङ इनवाउन्ड र आउटवाउन्ड गरी दुई किसिमको हुन्छ । नेपालका सेवाग्राहीले यहाँ प्रयोग गरिरहेको नम्बर विदेशमा गएर त्यहाँको नेटवर्कमा प्रयोग गर्नु आउटवाउन्ड रोमिङ हो । त्यस्तै, विदेशका मोबाइल प्रयोगकर्ताले त्यहाँको नम्बर नेपालमा आएर प्रयोग गर्नु इनवाउन्ड रोमिङ हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending