Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

चोर पक्रिन हेलिकोप्टर चार्टर !

\"\"सोलुखुम्बु, १३ पुस । नाम्चे बजारका व्यवसायीहरूले चोर पक्राउ गर्न लाखौं खर्च गरेर हेलिकोप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घन्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयवासीले हेलिकोप्टर भाडामा लिएर प्रहरीलाई चोर लुकेको स्थानमा पु(याएका हुन् । आजको राजधानी दैनिकमा खबर छ– ‘चोरी गरेका व्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकोप्टरमा राखेर लग्यौं अन्ततः उनीहरू पक्राउ परे,’ नाम्चेका स्थानीय लामाकाजी शेर्पाले भने । शेर्पाका अनुसार चोरीको घटना भने गत शुक्रबार रातिको हो । चोरले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास ग¥यो । ढोका फुटाएर भित्र पसिसकेपछि सुरक्षा गार्डले थाहा पाए । तत्कालै चोर भाग्यो । रातको समयमा बेपत्ता चोर त्यसबेला पत्ता लाग्यो, जब बैंक कर्मचारीले स्थानीयलाई सीसी क्यामेर फुटेज देखाए । चोरीको असफल प्रयास गर्ने सोलुखुम्बु तिङलाका सूर्य मगर रहेछन् । मगरको पहिचान भएपछि उनी कहाँ बस्छन् भन्ने खोजी सुरु भयो । उनी खुम्जुङको दोलेस्थित एक होटलमा काम गर्ने भन्ने जानकारी प्राप्त भयो । स्थानीयले आफन्तमार्फत गोप्य रूपमा सोधखोज थाले । चोरीको असफल प्रयासपछि प्रहरीबाट भाग्दै मगर शनिबार होटलमा पुगेको जानकारी प्राप्त भयो । ‘प्रहरी तत्काल त्यहाँ नपुगेमा अभियुक्त भाग्न सक्ने सम्भावना थियो हिँडेर पुग्न एक दिन लाग्ने भएकाले स्थानीयले होलिकोप्टर लिएर जान प्रस्ताव गरे,’ इलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख तेजनारायण यादवले भने, ‘सो स्थानमा २० मिनेटमा नै पुग्न सफल मात्र भएनौं अभियुक्तलाई पक्राउ गर्नसमेत सफल भयौं ।’ मगरलाई पक्राउ गरी प्रहरी टोली र स्थानीय भने हिँडेरै आइतबार नाम्चे फर्कियो । हेलिकोप्टर भने एक विदेशी नागरिक लिन होर्सेतिर लाग्यो । ‘अभियुक्तलाई पैदल मार्गबाट अस्ति ९आइतबार० साँझ इलाका प्रहरी कार्यालय नाम्चेमा ल्याएका छौं,’ निरीक्षक यादवले भने । निरीक्षक यादव प्रहरीको काममा नाम्चेवासीले गरेको सहयोगबाट थप उत्साहित भएको बताउँछन् । सुरक्षा चिन्ता प्रहरीको मात्र नभई स्थानीय सबैको सरोकारको विषय भएकाले हेलिकोप्टर चार्टर गरिदिएको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए । ‘जनताले साथ नदिएसम्म प्रहरीले एक्लै केही गर्न सक्दैन, पर्यटकीय क्षेत्रमा त सुरक्षा झनै संवेदनशील भएकाले हामी एक भएर सहयोग गरेका हौं,’ उनले भने । हेलिकोप्टर कुन कम्पनीको थियो र चार्टरमा कति रकम खर्च भयो भन्ने विषयमा भने स्थानीयवासी र प्रहरी दुवैले खुलाउन चाहेका छैनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending