Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

घरजग्गा कारोबारमा बैंकले दिन छाडे ऋण

\"\"काठमाडौं, १२ पुस । बैंकहरूले घरजग्गा कारोबार ९रियल इस्टेट०मा ऋण दिन बन्द गरेका छन् । वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताए । आजको नयाँ पत्रिकामा खबर छ– ‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अहिले रियल इस्टेटमा पनि कर्जा निरुत्साहित गर्न थालिएको छ ।’ केही साताअघिदेखि नै तुलनात्मक रूपमा घरजग्गाको कारोबारमा ब्याजदर उच्च राखेर त्यस्तो कर्जा निरुत्साहित गर्न थालिएको उनले बताए । तरलता अभाव भएपछि पुँजी पर्याप्तता अनुपात ९क्यापिटल एडिक्विसी रेसियो० उच्च दरमा राख्नुपर्ने घरजग्गा कारोबारमा लगानी गर्न बन्द गरिएको बैंकरहरूले बताए । नेपाल राष्ट्र बैंकको नियमअनुसार घरजग्गा कारोबार र मार्जिन प्रकृतिका कारोबारमा ऋण दिँदा बैंकले एक सय ५० प्रतिशत पुँजी पर्याप्तता अनुपात कायम गर्नुपर्छ । त्यसको मतलब घरजग्गा कारोबारमा बैंकले सय रुपैयाँ लगानी गर्न १५ रुपैयाँ पुँजी राख्नुपर्छ । जबकि, आवासीय घर निर्माणमा कर्जा दिँदा बैंकले ६ रुपैयाँ मात्रै आफ्नो पुँजी राखेर सय रुपैयाँ कर्जा दिन पाउँछ । सुन खरिद गर्न वा मुद्दति निक्षेपका आधारमा दिइने कर्जामा लगानी गर्न बैंकले पुँजी राख्नै पर्दैन । अरू सामान्य व्यापारिक र उत्पादनमूलक कर्जा प्रवाह गर्दा सय रुपैयाँ कर्जामा १० रुपैयाँ पुँजी राख्नुपर्छ । यसरी १५ रुपैयाँ पुँजी राख्दा बैंकले रियल इस्टेटमा बढीमा सय रुपैयाँ ऋण दिन पाउँछ भने त्यति नै पुँजीले आवासीय घर कर्जामा २ सय ५० रुपैयाँसम्म ऋण दिन पाउँछ । ‘बैंकमा यसै पनि लगानीयोग्य रकम कम भएका वेला जोखिमपूर्ण बजारमा लगानी नगर्ने निचोडमा बैंकरहरू पुगेका छन्,’ ढुंगानाले भने । जोखिमपूर्ण बजार सेयर बजार र घरजग्गा कारोबारलाई सट्टेबाजी बजार (स्पेकुलेटिभ मार्केट) भनिन्छ । यसलाई राष्ट्र बैंकले सबैभन्दा जोखिमपूर्ण बजारका रूपमा लिएको छ । आज भाउ बढ्यो भने भोलि नै घट्न सक्ने, आज घट्यो भने भोलि बढ्न सक्ने उतारचढावपूर्ण बजारमा ऋण लगानी गर्न बढी जोखिम हुने गर्छ । त्यसै आधारमा राष्ट्र बैंकले पुँजी पर्याप्तता अनुपात बढी राख्नुपर्ने र धितो मूल्यांकन पनि कम गर्ने गरेको छ । अहिले पनि घरजग्गा कारोबारमा बैंकले लगानी गर्दा धितो मूल्यांकनको ५० प्रतिशत मात्रै ऋण दिन पाउँछन् । तर, आवासीय घर कर्जामा धितोको ६० प्रतिशत ऋण दिन पाइन्छ । पुँजी बढी राख्नुपर्ने भएकाले ब्याजदर पनि उच्च हुन्छ । ७४ अर्ब लगानी राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा नेपालका बैंक तथा वित्तीय संस्थाले घरजग्गा कारोबारमा ७४ अर्ब १७ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । आवासीय निर्माणमा भने बैंक तथा वित्तीय संस्थाले एक खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । गत वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेको र घरजग्गा कारोबार बिस्तारै उकासिन थालेपछि पछिल्ला महिनामा रियल इस्टेट कर्जा बढ्दो क्रममा थियो । एकाएक बैंकहरूसँग ऋण दिने पैसा अभाव हुन थालेपछि घरजग्गा कारोबारमा बैंकहरूले ऋण दिन बन्द गरेका हुन् । मुख्य कारण– बैंकहरूमा नै पैसा अभाव बैंकरहरूका अनुसार हाल वित्तीय प्रणालीमा लगानीयोग्य रकम ९तरलता० अभाव भएपछि सेयर बजार र घरजग्गा कारोबारमा ऋण दिन बन्द गरिएको हो । हिमालयन बैंकका सिइओ अशोक राणाले पनि तरलता बढी भएको वेला मात्रै बैंकहरूले सेयर र घरजग्गा कारोबारमा प्राथमिकतासाथ लगानी गर्ने बताए । ‘अहिले सबै बैंकले पुँजी बढाएकाले पुँजी पर्याप्ततामा समस्या त छैन,’ उनले थपे, ‘तर, लगानीयोग्य रकम नै कम भएकाले सट्टेबाजी बजारमा कर्जा दिन बैंकहरू अनिच्छुक देखिएका हुन् ।’ तरलता बढी हुँदा यस्ता बजारको प्रवृत्ति पनि सुधारोन्मुख रहने र तरलता घट्न थालेपछि सट्टेबाजी पनि तुरुन्तै घट्ने गर्छ । अनुत्पादक क्षेत्र भएकाले थप मूल्य अभिवृद्धि हुने सम्भावना पनि नहुने बैंकरहरू बताउँछन् । यसकारण तरलता संकट जति चुलिँदै जान्छ, घरजग्गाको मूल्य र कारोबार घट्दै जाने अर्थविद्हरू बताउँछन् । बैंकहरूको कदमले के फरक पर्छ ? ‘सबैभन्दा पहिले सेयर र घरजग्गाको कारोबारमा प्रवाह भएको ऋण पुनः बैंकिङ प्रणालीमा फर्किन्छ,’ बैंक अफ काठमाण्डू लुम्बिनीका सिइओ अजय श्रेष्ठले भने, ‘अहिले पनि घरजग्गा कारोबारमा बैंकको लगानी बढ्नुको साटो फर्किन थाल्छ ।’ यसले घरजग्गाको मूल्यवृद्धि रोकिने र यसको कारोबार पनि घट्ने उनले बताए । करिब आठ वर्षअघि घरजग्गा कारोबारमा फोका ९बबल० देखिएको वेला राष्ट्र बैंकले कर्जा प्रवाहमा कडाइ गरेको थियो । जसले गर्दा मूल्य केही समय स्थिर भएको थियो । ‘त्यसवेलाजस्तो डरलाग्दो परिस्थिति अहिले बनेको छैन,’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘तर, अहिले पनि बैंकले कर्जा नदिएपछि घरजग्गा कारोबार सुस्ताउँछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending