Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

फेरि किन प्रतिगमनको बाटो रोज्दैछ एमाले ?

\"\"काठमाडौं, ७ पुस । ब्यवस्थापिका संसदको दोस्रो ठूलो दल नेकपा एमाले अहिले पुनः पुरानै बाटोमा फर्किने संकेत गरेको छ । संविधानसभाबाट घोषणा गरिएको संविधानमा उल्लेख भएका संघीयता, धर्म निरपेक्षताबाट पछाडि फर्किनुपर्ने संकेत एमाले नेतृत्वले नै गर्दै आएका छन् । केही दिनअघि मात्रै एक टेलिभिजन अन्तरर्वार्ता दिँदै ओलीले संघीयता कतैबाट आयातित भन्दै जनताको माग नभएको बताएका थिए । ओलीले एकपछि अर्को गरी सार्वजनिक कार्यक्रमहरुमा नै संघीयताविरुद्धमा अभिब्यक्ति दिन थालेका छन् । बुधबार भक्तपुर बालकोटस्थित आफ्नै निवासमा पूर्व सांसद मञ्चका प्रतिनिधिसँगको छलफलमा संघीयताबाट पछाडि फर्किनुपर्ने निश्कर्ष नै सुनाए । उनले पाँच विकाश क्षेत्रकै अवधारणा जायज भएको तर्क गरे ।
मधेसीलाई समेत साथमा लिएर सहमतिमा अघि बढ्ने प्रयासलाई भाँजो हाल्दै एमाले यतिबेला राष्ट्रियताको दुहाइ दिएर प्रतिगमनको बाटो रोजिरहेको छ । प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको एमालेले पुरानै संरचनाअन्तर्गत स्थानीय निर्वाचन गर्नेदेखि धर्मनिरपेक्षताको बारेमा जनमत संग्रहमा जानुपर्नेतिर बाटो सोझ्याउँदै छ ।
एमाले अध्यक्ष ओली मात्र होइन, एमाले अन्य बरिष्ठ नेताहरु पनि परिवर्तनका उपलब्धीबाट पछि हट्नुपर्ने सार्वजनिक अभिब्यक्ति दिइरहेका छन् । एमाले उपाध्यक्ष बामदेव गौतमले संघीयता मात्र होइन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु नै भूल भएको अभिब्यक्ति दिएका छन् । आगामी २०७४ माघ ७ भित्र संघीय, प्रादेशिक र स्थानीय निर्वाचन गरिसक्नुपर्ने बाध्यता हुँदा हुँदै एमाले अहिले सविधान संशोधन नै हुनुहुँदैन भनेर मधेसी तथा जनजाति समुदायलाई चिढाउने काम मात्र गरेको छैन, निर्वाचनको रटान लगाउने तर तोकिएको समयमा निर्वाचन हुन नदिएर मुलुकलाई प्रतिगमनतिर धकेल्ने बाटो रोजिरहेको छ । एमाले यस्तो पार्टी हो, जसले विगतमा परिवर्तनको एजेण्डामा बाधक बनेर परिवर्तनकारी शक्तिको समेत धज्जी उडाउने काम गरेको थियो । एमाले एउटा कम्युनिष्ट पार्टी भएर पनि दरबार हत्याकाण्डपछि नयाँ राजा बनेका ज्ञानेन्द्रलाई दाम चढाएर एमाले तत्कालिन महासचिव माधव नेपाल आलोचित भए । कांग्रेस लगायतका पार्टीहरुसमेत पूर्वराजा ज्ञानेन्द्रको कदमलाई प्रतिगमन भनेर सडकमा आएकाबेला प्रतिगमन आधा सच्चिएको भनेर एमाले फेरि पनि आलोचित बनेको थियो । ज्ञानेन्द्रले आह्वान गरेको प्रधानमन्त्रीको विज्ञापनमा एमाले नेता नेपालले आवेदन दिन पुगेका थिए । २०५८ सालमा नारायणहिटी दरबार हत्याकाण्ड हुँदै शाही ‘कू’ विरुद्ध मुलुकमा गणतन्त्रको नारा घन्किँदा बयलगाडा चढेर अमेरिका पुगिदैन भनेर गणतन्त्रविरोधी अभिब्यक्ति दिने नेता केपी शर्मा ओली अहिले एमालेका अध्यक्ष हुन् । संविधान अस्वीकार गर्दै आन्दोलनमा उत्रिएका मधेसवादी दलको माग समेट्न भन्दै यिनै ओलीले आफू प्रधानमन्त्री भएकाबेला संविधान जारी भएको चार महिनामै संशोधन गराए । तर मधेसीहरु अहिलेसम्म पनि आन्दोलित नै छन् । त्यसैले मधेसीलाई समेत साथमा लिएर सहमतिमा अघि बढ्ने प्रयासलाई भाँजो हाल्दै एमाले यतिबेला राष्ट्रियताको दुहाइ दिएर प्रतिगमनको बाटो रोजिरहेको छ । प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको एमालेले पुरानै संरचनाअन्तर्गत स्थानीय निर्वाचन गर्नेदेखि धर्मनिरपेक्षताको बारेमा जनमत संग्रहमा जानुपर्नेतिर बाटो सोझ्याउँदै छ । पूर्व पञ्च तथा राजावादी शक्तिहरु एक भइरहेकाबेला तीनै शक्तिलाई प्रश्रय दिँदै एमालेले चालेको पछिल्लो कदमकै कारण पूर्वराजा ज्ञानेन्द्रसमेत यहि मौका भन्दै सडकमा आउने उद्घोष गरेका छन् । यहिमौकामा सत्तासिन दलहरुलाई बाह्य प्रभावको अस्थायी सरकारको उपमा दिएर नेपालाको राजनीतिमा खुल्ला चुनौति दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending