Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

नाका खोल्न चीनको सर्त

\"\"काठमाडौं, ७ पुस । उत्तरी सीमा जोडिएका बैकल्पिक नाका र भञ्ज्याङको सुरक्षामा चिनिया अधिकारीले विशेष चासो देखाएका छन् । बन्द भएका र पूर्वाधार विकास भइसकेका नाका खोल्न चीनले सुरक्षा र एक चीन नीतिमा भरपर्दो प्रत्याभूति खोजेको हो । आजको कारोबार दैनिकमा खबर छ– सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी–केरुङ बाहेक अन्य नाकालाई व्यापारिक प्रयोजनका लागि खुलाउन चीनले भरपर्दो सुरक्षा प्रत्याभूति मागेको गृह मन्त्रालय उच्च स्रोतले बतायो । नाका जोड्ने नेपाल तर्फको सडक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउन चीनले आग्रह गरेको छ । विनाशकारी भूकम्पपछि तातोपानी नाका पूर्ण रूपमा ठप्प छ भने रसुवागढी–केरुङ पूर्वाधार चुस्त नहुँदा पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । नेपाल तर्फको सडक सञ्जाललाई नाकासम्म पुर्याउन सके चीनसँग १ दर्जन बढी नाकालाई व्यावसायिक प्रयोजनका रूपमा प्रयोग गर्न सकिन्छ । तातोपानी सञ्चालनमा नआउँदा वार्षिक सरदर २० अर्बको कारोबार बन्द भएको सरकारी अधिकारीहरू बताउँछन् । नेपाल–चीन १ हजार ४३९ किमि क्षेत्रभित्र दुवै मुलुकका नागरिक परिचयपत्र देखाएर ३० किमि वारपार गर्नपाउने सन्धी–सम्झौतामा उल्लेख भए पनि स्वतन्त्र तिब्बतका नाममा हुने सम्भावित गतिविधि नयन्त्रणमा चालिएका कदमप्रति आस्वस्त नहुँदा उक्त सुविधाबाट नेपाली पक्ष वञ्चित हुँदै आएको छ । नेपालतर्फको सडक सञ्जाललाई नाकासम्म पुर्याउन सके चीनसँग १ दर्जन बढी नाकालाई व्यावसायिक प्रयोजनका रूपमा प्रयोग गर्न सकिन्छ । तातोपानी सञ्चालनमा नआउँदा वार्षिक सरदर २० अर्बको कारोबार बन्द भएको सरकारी अधिकारीहरू बताउँछन् । बिहीबार मात्रै सभामुख ओनसरी घर्तीको निमन्त्रणामा चीनको स्वशासित क्षेत्र तिब्बतका प्रशासनिक प्रमुख बाई मा चिलिमको नेतृत्वमा उच्च स्तरीय चिनिया अधिकारी ६ दिने नेपाल भ्रमणमा आएका छन् । आजबाट राजनीतिक भेटवार्ता अघि बढाउने तयारीमा रहेको प्रतिनिधिमण्डलले बुधवार साँझ नेपालका लागि चिनिया राजदूतसँग पछिल्लो बस्तुस्थितिबारे जानकारी लिएको उच्च स्रोतले बतायो । ६ दिनसम्म नेपालमा रहने उक्त उच्चस्तरीय टोलीले राजनीतिक भेटवार्ताका अलवा बैकल्पिक नाका सञ्चालन तथा उत्तरी सीमाको सुरक्षामा केन्द्रित रहेर राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । पुस १२ गतेसम्म नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि लगायत उच्च पदस्थ अधिकारीसँग भेटवार्ताको कार्यक्रम तय भएको गृह मन्त्रालय स्रोतले जानकारी दियो । प्रतिनिधिमण्डलको भ्रमण अवधिभर विशेष सुरक्षा रणनीति लागू गर्न गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बललाई सर्कूलर गरेको छ । चिनिया अधिकारीसँगको भेटमा नाका खुलाउन गृहमन्त्री निधिले विशेष प्रस्ताव राख्ने तयारीमा रहेको उच्च स्रोतले जानकारी दियो । “बन्द रहेका तथा सञ्चालनमा आउनसक्ने उत्तरी नाका खोल्न चिनिया अधिकारीहरुसँग विशेष आग्रह गरिने छ,” गृह मन्त्रालय स्रोतले भन्यो, “भेटका क्रममा एकचीन नीति प्रतिको हाम्रो प्रतिबद्धतालाई थप विश्वस्त बनाउँनेछौं ।” नेपाल–चीन १ हजार ४३९ किमि क्षेत्रभित्र दुवै मुलुकका नागरिक परिचयपत्र देखाएर ३० किमि वारपार गर्नपाउने सन्धी–सम्झौतामा उल्लेख भए पनि स्वतन्त्र तिब्बतका नाममा हुने सम्भावित गतिविधि नयन्त्रणमा चालिएका कदमप्रति आस्वस्त नहुँदा उक्त सुविधाबाट नेपाली पक्ष वञ्चित हुँदै आएको छ । पूर्वको ताप्लेजुङ देखी सुदूरपश्चिमको दार्चुलासम्मको १ हजार १ सय ५० किमि लम्बाइमा २६ भञ्ज्याङ र १ दर्जन बैकल्पिक नाका चीनसँग जोडिएका छन् । तातोपानी, केरुङ र कोरलाबाहेकका नाका सञ्चालनका लागि पूर्वाधार निर्माण नै हुन सकेको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending