Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

डीआईजी बढुवाविरुद्ध अदालत जाँदै दुई एसएसपी

\"\"काठमाडौं, ५ पुस । प्रहरी नायब महानिरीक्षक (डीआइजी)को बढुवामा अन्याय भएको भन्दै दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अदालत जाने भएका छन् । बढुवाको सिफारिसमा नपरेका एसएसपीद्वय लब विष्ट र बलराम शर्मा पौडेलले न्यायका लागि अदालत जाने निर्णय लिएका हुन् । आजको राजधानी दैनिकमा खबर छ– बढुवा समितिले केही दिनअघि मात्रै एसएसपी गणेश केसी, रमेश भट्टराई र केदारमान सिंह भण्डारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । सो सिफारिसमा आफूहरूमाथि गम्भीर घात हुनुका साथै कार्यसम्पादन मूल्यांकनसमेत नभएको कारण न्यायका लागि अदालत जाने निर्णय गरिएको विष्ट र पौडेलको भनाइ छ । बढुवामा नपरेका एसएसपी विष्टले सिफारिस आपत्तिजनक रहेको बताए । कामलाई भन्दा अन्य विषयलाई नै प्राथमिकता दिई बढुवाको सिफारिस गरेका कारण अदालत जानुपर्ने बाध्यता आएको विष्टको भनाइ छ । ‘म काममा विश्वास गर्ने मानिस भएकाले नेताहरूको घरघरमा नपुगेको परिणाम भोग्दै छु,’ एसएसपी विष्टले राजधानीसँग भने, ‘यो मुलुकमा कानुन पनि छ, त्यसकारण कानुनी उपचारको तयारी अघि बढाएको छु ।’ प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपीमा बढुवा हुँदा विष्ट पहिलो नम्बरमा थिए । तर, डीआईजी बढुवाको सिफारिसमा आफूलाई अन्यायपूर्वक फालिएको विष्टको दाबी छ । प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहेको प्रहरी कल्याणकारी कोषमा काम गरिरहेका विष्टले सिफारिस समितिबाट आफूमाथि अन्याय भएको भन्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई उजुरी गरिसकेका छन् । ‘मैले नेताको फेर समात्न जानिनँ, त्यो विषयमा म विश्वास पनि गर्दिनथें, म काममा विश्वास गर्ने व्यक्ति भएकाले अन्तिम समयसम्म काम गरिरहन्छु, तर उनीहरूको फेर समातेर बढुवा हुन चाहन्नँ, कानुनी उपचारको बाटो अवलम्बन गर्छु,’ एसएसपी विष्टले भने । बढुवा समितिले एकजना डीआईजीको पद रिक्त भए पनि आजबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन लागेका दुई डीआईजीको पद रिक्त हुने जनाई तीनजनाको सिफारिस गरेको थियो । डीआईजीद्वय हेमन्त मल्ल ठकुरी र केशव अधिकारीले उमेर हदका कारण आज (मंगलबार)बाट अनिर्वाय अवकाश पाउँदै छन् । उनीहरूले अवकाश पाउनुअगावै बढुवा समितिले तीनजनालाई डीआईजीमा सिफारिस गरेको हो । एकजना मात्र बढुवा हुँदा प्रहरी महानिरीक्षक अर्याल निकै काबिल अधिकृत रहेको भन्दै एसएसपी केसीलाई डीआईजी बढुवा गर्न चाहे पनि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भट्टराईको नामअघि सारेपछि मध्यमार्गी बाटो अवलम्बन गरी तीनजनाको सिफारिस गरिएको थियो । विवादका कारण लामो समयसम्म बढुवाको सिफारिस नै हुन सकेको थिएन । यता, आजबाट मल्ल र अधिकारीले अवकाश लिने भएका छन् । दुवै नेपाल प्रहरीका अब्बल अधिकृतका रूपमा परिचित छन् । नेपाल प्रहरीका प्रवक्तासमेत रहेका मल्ल यसअघि केन्द्रीय अनुसन्धान ब्युरो र लागूऔषध ब्युरोमा बसेर आपराधिक गिरोहलाई भण्डाफोर गर्न सफल भएका अधिकृत हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending