Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

छोराछोरी पाल्न नसकेपछि हत्या

‘खान नपाएर छोरा छोरी रातभरी रोएर बस्थे । श्रीमान कामको लागि बाहिर गएका छन् तर पैसा पठाएनन् ।’
मधेसमा गरिबीका कारण आत्महत्या गर्ने र आफ्ना छोराछोरीको हत्या गर्ने क्रम बढ्दो छ । छोरा छोरीलाई पेटभरी खान खुवाउन नसकेको कारण सप्तरीकी सजनी सदाले आफना तीन छोराछोरीको हत्या गरिन् । गरिबीका कारण गत पुस १८ गते पहिले तीन छोराछोरीको हत्या गरेर सप्तरी तेरहौता गाविस–३ निवासी सदाले आत्महत्या प्रयास पनि गरेकी थिइन् । सप्तरीकै राजविराज–१० निवासी २३ वर्षीया गीतादेवी रजकले गरिबीका कारण पालनपोषण गर्न नसक्ने भएपछि पाँच दिनकी छोरीलाई गत पुस २६ गते गते नहरको डिलमा फालेकी थिइन् । त्यस्तै धनुषा ढल्केवरकी शान्ति चौधरीले गरिबीको कारण गुजारा चलाउन नसकेपछि गत पुस २१ गते आत्महत्या गरेकी छन् । साना दुई छोराकी आमा रहेकी शान्तिका श्रीमान जिवछ चौधरीको एक वर्षअघि निधन भएको थियो । श्रीमानको मृत्युपछि उनीहरुले चलाउँदै आएको चिया पसल राम्रो चलेन ।  साँझ विहान खान समस्या भयो र जाडोमा लुगाफाटोको अभाव भएर छोराहरुको दुःख देख्न नसकी शान्तिले आत्महत्या गरेको हुन सक्ने स्थनीयबासिन्दाको भनाई छ । छोराछोरीको हत्या गरी आत्महत्या प्रयास समेत गरेर अहिले थुनामा रहेकी २४ वर्षीया सजनी सदाले भनिन्, ‘खान नपाएर छोरा छोरी रातभरी रोएर बस्थे । श्रीमान कामको लागि बाहिर गएका छन् तर पैसा पठाएनन् ।’ प्रहरीसँगको बयानको क्रममा उनले आफूमाथि ससुराबाट यौन शोसण हुँदै आएको पनि खुलाएकाी छन् । उनले गला अवरुद्ध पार्दै भनिन्, ‘म लाचार भएपछि मर्ने निधो गरें । तर, मलाई भाग्यले साथ दिएन । छोरा छोरी मरे, आफू मर्न सकिन ।’ इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक उमेश लम्शालले प्रहरीको अनुसन्धानबाट सजनीको बयान सही प्रमाणित भएको बताए । एकातिर खान नपुग्ने अवस्था र अर्कातिर ससुराबाट हुने यौन शोषण सहन नसकेपछि उनले छोराछोरीको हत्या गरेर आत्महत्याको प्रयास गरेकी थिइन् । सजनी सदामाथि कर्तव्य ज्यान मुद्दा र ससुरा केशीलाल सदामाथि सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा दायर गरि कार्यवाही चलाइएको लम्सालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies