Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

जहाँ पन्जा धोएर सुत्केरी गराइन्छ

\"\"काठमाडौं, २७ मंसिर । बडिमालिका नगरपालिका–१२ की होइजाली विक छोरालाई मुटुको संक्रमण कम गर्ने बेन्जाथिन पेनिसिलिन (पिनिडुरा) इन्जेक्सन लगाउन औषधि बोकेरै जिल्ला स्वास्थ्य कार्यालय पुगिन् । तर, कार्यालयमा औषधि लगाउन प्रयोग हुने सिरिन्ज रहेनछ । पटुकीबाट १० रुपैयाँ झिकेर आधा घन्टा टाढाको निजी औषधि पसलबाट सिरिन्ज किनेपछि बल्ल उनका छोराको उपचार भयो । आजको राजधानी दैनिकमा खबर छ –जिल्लाको कोटिला स्वास्थ्य चौकीमा स्लाइन सकिएको एक महिना भयो । आइतबार पखालाको उपचारका लागि आएका कोटिला स्वास्थ्य चौकी पुगेका छैटा मियाँलाई इन्चार्ज जसी विकले विनाउपचार फर्काइदिए । कोल्टी पुगेर १ सय ५० रुपैयाँ तिरेर मियाँले सलाइन किनेपछि मात्रै उनको उपचार सम्भव भयो । कोटिला स्वास्थ्य चौकीमा एक महिनादेखि सलाइनसमेत सकिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको कथाव्यथा यतिमा मात्रै सकिँदैन । बिरामी बोक्न एउटा स्टे«चरसम्म पनि छैन । शनिबार बिहान सुत्केरी भएकी बडिमालिका–१२ की गीतादेवी बढुवाललाई स्टे«चर अभावमै समयमा अस्पताल पु¥याउन सकिएन । ‘दुई दिनसम्म सबै सरलाई स्ट्रेचर मिलाइदेऊ भनेर हारगुहार गरें, स्टे«चर छैन भन्छन् । सरकारले दिने सेवा भाषण र कागजमा मात्र हुँदो रहेछ,’ गीताका पति सूर्यबहादुर बढुवाले दुखेसो पोखे । कोटिला–४ की धनसार मियाँको टाउको दुखेपछि श्रीमान्को सहायताले गाउँको स्वास्थ्य चौकीमा उपचारका लागि आएकी छन् । तर, चौकीमा औषधि नै भेटिएन । बल्ल छिमेकी गाविसको बजारमा औषधि भेटियो । उनको टाउको दुख्न केही कम भएको छ अहिले । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निःशुल्क वितरण गरिने ७० प्रकारका औषधिभित्र होइजाली विकका छोराका लागि चाहिने डिस्पोजेबल सिरिन्ज पनि पर्छ । तर, उनले बजारबाटै किन्नुपरेको छ । उनी एक उदाहरण मात्र हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका स्टोरकिपर तेजसिंह साउदका अनुसार स्वास्थ्य केन्द्रमा सिटामोलसमेत छैन । ‘यहाँ सिटामोल पनि छैन, ग्लोभ्स (पन्जा) नभएको त धेरै भइसक्यो, पुरानालाई धोएर काम चलाइन्छ,’ साउदले राजधानीसँग भने, ‘निःशुल्क दिनुपर्ने ७० प्रकारका औषधिमा गत वर्ष बचेका १०÷१२ औषधि मात्र छन्, तर ती अधिकांश प्रयोग गर्न नमिल्ने भइसकेका छन् ।’ नेपाल सरकारले जिल्ला अस्पतालबाट ७२, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५५ र स्वास्थ्य चौकीबाट ४५ प्रकारका औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था गरेको छ । तर, सदरमुकामकै स्वास्थ्य केन्द्रमा समेत यी औषधि पाइँदैनन् । जिल्लाका ग्रामीण क्षेत्रमा औषधिको चरम अभाव देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले नियमित पठाउनुपर्ने औषधि आपूर्ति गर्न नसक्दा यो समस्या आएको हो । स्वास्थ्य संस्थामा औषधिको अभावका कारण स्थानीयवासीले सामान्य औषधिसमेत औषधि पसलमा खरिद गर्नुपर्ने बाध्यता छ । सरकारले तोकेको निःशुल्क औषधि अधिकांश समय स्वास्थ्य संस्थामा उपलब्ध हुँदैन । जिल्ला अस्पताल र ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीले संस्थामा औषधि नभएपछि निजी मेडिकलमा उपचारका लागि सिफारिस गर्दै आएका छन् । बाजुराका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको ६ महिना बितिसक्दा पनि सरकारी निकायले चासो दिएको छैन । बाजुरामा मात्र होइन, बझाङ जिल्लाको सिमाना जोडिएको डोगडी गाविसमा रहेको स्वास्थ्य चौकीमा परिवार नियोजनका साधनबाहेक अरू कुनै औषधि छैन । ‘यहाँ सुत्केरी गराउने ग्लोभ्ससमेत छैन, पुराना फालेका ग्लोभ्स धोएर सुत्केरी गराउनुपर्ने बाध्यता छ । अन्य कुनै औषधि छैन । जिल्लामा माग्या भए पो दिनु भन्छन,’ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर रावतले भने । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले गत चैतदेखि गाउँमा औषधि पठाएको छैन । ‘हामीले बिरामी जाँचेर मात्र के गर्ने ? औषधि हुँदैन, लाजमर्दो कुरो, हामीसँग दुई वर्ष मुनिका बालबालिकालाई झाडापखाला लाग्दा प्रयोग हुँने जिंक चक्कीसमेत छैन,’ रावत भन्छन् । वाई स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र बुढाका अनुसार जनस्वास्थ्य कार्यालयले वर्षमा एकपटक औषधि गाउँमा वितरण गर्दै आए पनि यस वर्ष त्योसमेत प्राप्त हुन सकेको छैन । सो गाविसमा फेज नेपाल नामक संस्थाले सहयोग गरेका कारण औषधिमा भने समस्या छैन । तर, अन्य गाविसमा भने औषधि अभाव विकराल बन्दै गएको छ । कोटिला गाउँमा कार्यरत एचआरसी नामक गैरसरकारी संस्थाका कार्यक्रम प्रबन्धक टेकेन्द्रबहादुर सिंहका अनुसार गाउँमा हरेक वर्ष औषधि अभाव हुन्छ । तर, यस वर्ष भने सामान्य झाडापखालाको समेत औषधि छैन । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख अशोक सिंह भने औषधि नभएको विषयमा अनभिज्ञ छन् । ‘म एक दिनका लागि मात्र हाकिम हुँ । यसबारे थाहा छैन । औषधि हुनुपर्ने हो, छैन र ?’ उनी प्रतिप्रश्न गर्छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुरा कागजी तथ्यांकमा देशकै छैटौं राम्रो सेवा दिनेमा पर्छ । सरकारले एक महिना अघि मात्र बाजुरालाई स्वास्थ्य सेवा राम्रो दिने जिल्लामा छैटौं नम्बरमा राखेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending