Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

संशोधन स्थगन गर्न देउवा सहमत

\"\"काठमाडौं, २७ मंसिर । सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक स्थगन गर्न सहमत भएका छन् । आजको राजधानी दैनिकमा खबर छ – प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार भएको भेटवार्तामा देउवाले संशोधन विधेयक स्थगन गर्ने जनाउँदै नयाँ ढंगबाट छलफल अघि बढाएर सहमति खोज्ने प्रस्ताव गरेका हुन् । सत्तारूढ प्रमुख दल कांग्रेसका सभापति देउवा आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका थिए । संसद्मा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न पुगेका देउवालाई संविधानविरोधी र राष्ट्रघाती संशोधनको विषयमा कुनै सहमति नहुने जनाउ दिएपछि स्थगन गरी नयाँ ढंगबाट सहमति खोज्ने प्रस्ताव गरेका हुन । भेटमा देउवाले गतिरोधका कारण निर्वाचनका लागि आवश्यक महत्वपूर्ण कानुन निर्माण गर्न अवरोध भएको भन्दै संसद् सुचारु गर्ने काममा सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले निर्वाचन कानुनको साटो संविधान मिचेर देश र जनताविरोधी संशोधन किन ल्याएको भन्दै संसदमा छलफल गर्नै अयोग्य विधेयकलाई फिर्ता लगेर निर्वाचन कानुन ल्याउन सुझाएका थिए । आफूहरू लामो समयसम्म संसद्मा अवरोध जारी राख्ने पक्षमा नरहेको भन्दै ओलीले निर्वाचनका लागि आवश्यक कानुन निर्माणमा बाधक नहुने जनाउसमेत दिएका छन् । भेटमा ओलीले आफू प्रधानमन्त्री भएका बेला प्रमुख प्रतिपक्षको सहमतिविना संविधान कार्यान्वयन र निर्वाचनसम्बन्धी कानुन निर्माण नहोस्, हरेक काममा विधेयक मस्यौदाकै क्रममा प्रमुख प्रतिपक्षलाई सहभागी गराइयोस् भन्ने कांग्रेसको माग स्मरण गराउँदै किन तोडियो भन्ने प्रश्नसमेत गरेका थिए । ‘मेरो पालामा प्रमुख प्रतिपक्षलाई संविधान कार्यान्वयनका लागि बनाइने कानुन निर्माणमै सहभागी गराउने काम भयो, तपाईंहरूको माग पनि त्यही थियो, अहिले प्रमुख प्रतिपक्षी नै नभएको जसरी संविधानविरोधी र राष्ट्रघाती संशोधन विधेयक आफूखुसी रातारात किन दर्ता गरियो रु’ स्रोतका अनुसार देउवासँग ओलीको भनाइ थियो । ओलीले संशोधन विधेयकमा एमालेले कुनै सम्झौता वा सहमति नगर्ने भन्दै फिर्ता लैजान सुझाएका छन् । ओलीको भनाइपछि देउवाले प्रस्ताव स्थगन गर्न तयार रहेको भन्दै सहमतिका साथ अघि बढ्ने नयाँ सिराबाट छलफल गर्ने बताएका छन् । ‘हामी संसद्मा दर्ता गराएको संशोधन प्रस्ताव स्थगन गर्न तयार छौं, यसै आधारमा नयाँ सिराबाट छलफल गरी सहमतिका साथ निकास खोजौं,’ बैठकमा देउवाको भनाइ थियो । एमाले अध्यक्ष ओलीले भने संसद्मा छलफलका लागि योग्य नै नरहेको विधेयकलाई स्थगन नभई फिर्ता लिएर सहमतिका साथ देशको हितमा हुने गरी मात्रै सबै काम अघि बढाउन आग्रह गरेका छन् । ‘स्थगन होइन, संविधानविरोधी संशोधन विधेयकलाई फिर्ता लिएर चुनावको वातावरण बनाउन छलफल थाल्नोस्,’ देउवालाई ओलीको सुझाव थियो । बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले निर्वाचनसम्बन्धी कानुन पारित गरेर अगाडि बढ्न ओली सकारात्मक रहेको जानकारी दिए । ‘जारी गतिरोध हटाउने विषयमा उहाँ पनि सकारात्मक हुनुहुन्छ । निर्वाचन कानुनका विषयममा सबैको एउटै धारणा हुनुपर्छ भन्ने नै कुराकानी भयो,’ बैठकबाट बाहिरिने क्रममा देउवाले भने । दुई शीर्ष नेताबीचको बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद्को गतिरोध हटाउने तथा निर्वाचनसम्बन्धी कानुनका विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए । उनले कांगे्रस सभापति देउवाले संसद् सुचारु गर्न सहयोग गर्न अध्यक्ष ओलीसमक्ष आग्रह गरेको तथा ओलीले निर्वाचनका लागि सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको जवाफ दिएका थिए । दुई नेताबीच अवरुद्ध बनेको तीन दलको शीर्ष नेताबीचको बैठक अघि बढाएर निकास खोज्ने सहमतिसमेत भएको छ । निर्वाचन घोषणा र निर्वाचनका लागि आवश्यक कानुन बनाउने सम्बन्धमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छिट्टै छलफल गर्ने सहमति दुई नेताबीच भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending