Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

विधेयक फिर्ता गराउन विपक्षीको नयाँ रणनीति : एकतिहाइ बढी सांसदको ‘संयुक्त वक्तव्य’

\"\"काठमाडौं, २६ मंसिर ।एमाले नेतृत्वको विपक्षी गठबन्धनले सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ताका लागि दबाब दिन एक तिहाइभन्दा बढी सांसदको हस्ताक्षरसहितको संयुक्त वक्तव्य जारी गर्ने भएका छन् । आजको राजधानी दैनिकमा खबर छ– संशोधनमा जनमत र संसद दुवै विपक्षमा रहेको पुष्टि गर्न उनीहरूले यस्तो तयारी गरेका हुन् । यसका लागि विपक्षी गठबन्धनका सांसदहरूको हस्ताक्षर संकलन भइरहेको छ । स्रोतका अनुसार एक–दुई दिनभित्रै उनीहरूले २ सय सांसदको हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै छन् । एक तिहाइभन्दा बढी सांसदले संयुक्त वक्तव्य निकाली प्रस्ताव फिर्ता लिन आग्रह गर्ने तयारी गरेको एमालेका एक नेताले बताए । ती नेताका अनुसार संसद्को चौथो ठूलो दल सत्तारूढ राप्रपा र थरुहट पार्टीले समेत यथास्थितिमा विधेयकको समर्थन नगर्ने निर्णय गरिसकेका कारण विपक्षमा हस्ताक्षर पुग्ने भएको हो । सत्तारूढ कांग्रेस र नेकपा माओवादी केन्द्रकै नेता तथा सांसदले संशोधनविरुद्धको आन्दोलनमा सहभागी हुँदै विपक्षमा मतदान गर्ने घोषणा गरेकाले पनि विधेयक फिर्ता नलिने सरकारको नियतले राम्रो संकेत नगरेको एमालेको तर्क छ । संसद्मा विधेयक टेबुल नै हुन नदिने अडानसहित निरन्तर सदन अवरुद्ध गर्दै आएको एमालेले विधेयकको विपक्षमा एक तिहाइभन्दा बढी सांसदको समर्थन जुटाएको छ । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले पारित नहुने सुनिश्चित हुँदाहुँदै पनि विधेयक फिर्ता नलिएर सरकारले मुठभेड निम्त्याएको बताए । ‘अहिले विधेयकको विपक्षमा आवश्यकभन्दा बढी सांसद छन् भन्ने स्पष्ट भइसकेको छ,’ प्रमुख सचेतक ढकालले राजधानीसँग भने, ‘वास्तविकता थाहा पाएर पनि सरकारले मुलुकलाई अनिर्णयको बन्दी बनाएर सत्ताको दुरुपयोग गर्दै विपक्षीमाथि युद्धको नगरा बजाइरहेको छ ।’ संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयकको विपक्षमा एमाले, माले, जनमोर्चा, नेमकिपा, परिवार दल, जनमुक्ति पार्टी, नेपाः पार्टी र मधेस समता पार्टी गरी दुई सय सांसद छन् । विधेयक फेल गराउन १ सय ९९ सांसद भए पुग्छ । परिवार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षी गठबन्धनमा सामेल भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending