Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

मुलुकभर लोडसेडिङ नगर्न भारतबाट थप २२० मेगावाट बिजुली आयात गरिने

काठमाडौं, २६ मंसिर । विद्युत् प्राधिकरणले सुक्खायाममा मुलुकभर लोडसेडिङ घटाउन आगामी तीन साताभित्रै भारतबाट थप १९० मेगावाट बिजुली आयात गर्ने भएको छ । आगामी दुई महिनाभित्र प्राधिकरणले भारतबाट थप ३० मेगावाट बिजुली आयात गर्न थाल्नेछ । आजको कान्तिपुरमा खबर छ–प्राधिकरणले कुसाहा–कटैयाबाट ५०, ढल्केबर–मुजफ्फरपुरबाट ८०, परवानीपुर–रक्सौलबाट ५०, टनकपुरबाट ४० मेगावाट गरी थप २२० मेगावाट बिजुली भारतबाट आयात गर्न लागेको हो । हिउँद र सुक्खायाम सुरु भइसकेका कारण रन अफ रिभर (नदीको प्रवाहमा आधारित) जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्न थालेको छ । राजधानीमा लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट आयात हुने थप २२० मेगावाट बिजुलीमध्ये ९० मेगावाट काठमाडौं ल्याउने भएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने १६० मेगावाटमध्ये ९० मेगावाट बिजुली मुजफ्फरपुर–ढल्केबर हुँदै ढल्केबर–खिम्ती र खिम्ती–काठमाडौं प्रसारण लाइनबाट उपत्यकामा ल्याइनेछ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाट आयात गरिरहेको छ । भारतको मुजफ्फरपुरमा २२०र१३२ केभीको ट्रान्सफर्मर राख्ने काम अन्तिम चरणमा पुगेको छ । ‘अबको २०र२१ दिनभित्रै मुजफ्फरपुरमा ट्रान्सफर्मर राख्ने काम सम्पन्न भई ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट थप ८० मेगावाट बिजुली आउन थाल्छ,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने । उनका अनुसार २२० केभीको ढल्केबर–खिम्ती प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । कमलामाईमा एउटा टावरमात्र बनाउन बाँकी छ, त्यो बनिसकेपछि ढल्केबर–खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न हुनेछ । ‘खिम्ती–ढल्केबर प्रसारण लाइनसमेत अब २०र२१ दिनभित्रै सम्पन्न भई बिजुली ल्याउन सकिनेछ,’ अधिकारीले भने । उनका अनुसार भारतबाट ढल्केबर ल्याइएको बिजुलीमध्ये ९० मेगावाट ढल्केबर–खिम्ती प्रसारण लाइन हुँदै १३२ केभीको खिम्ती–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउन सम्भव हुनेछ । ‘खिम्ती–ढल्केबर बढी क्षमताको भए पनि १३२ केभीएको खिम्ती–काठमाडौं प्रसारण लाइनबाट भने थप ९० मेगावाटसम्म मात्र ल्याउन सकिन्छ,’ अधिकारीले थपे । उक्त प्रसारण लाइनबाट प्राधिकरणले खिम्ती, सुनकोसीलगायत आयोजनाको बिजुली ल्याइरहेको छ । अधिकारीले सुक्खायामसँगै नदीको प्रवाहमा आधारित आयोजनामा विद्युत् उत्पादन घटे पनि भारतबाट आयात हुनेमध्ये ९० मेगावाट राजधानीमा ल्याइने र पिक आवरमा ९२ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजना चलाउँदा राजधानीमा लोडसेडिङ नहुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending