Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

मधेसतिर ढल्कँदै कांग्रेस

\"\"काठमाडौं, २६ मंसिर । कांग्रेस नेतृत्व आन्तरिक असन्तुष्टि भए पनि संविधान संशोधनका लागि सरकारले संसदमा दर्ता गराएको प्रस्तावमा टसमस भएको छैन । प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई तराईसँग अलग्याउने गरी आएको संशोधन प्रस्तावलाई लिएर त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने पार्टीका नेता र कार्यकर्ता एमालेसँगै आन्दोलनमा होमिए पनि नेतृत्वलाई त्यसले छुन सकेको छैन । आजको कान्तिपुरमा खबर छ– संशोधन प्रस्तावमा मतदान हुने परिस्थिति निर्माण भए पार्टी निर्णयबाहिर कुनै पनि सांसद जान सक्दैनन् भन्नेमा नेतृत्व पंक्ति विश्वस्त छ । विरोधको स्वर जति नै बढे पनि पार्टी नेतृत्व संविधान संशोधन प्रस्तावलाई अघि बढाउनुपर्ने पक्षमा एक ढिक्का छ, यद्यपि सम्बन्धित क्षेत्रका पार्टीका नेता तथा कार्यकर्तालाई विश्वास लिएरमात्रै संशोधन प्रस्ताव दर्ता गराउनुपथ्र्यो भन्ने गुनासो कायमै छ । कांग्रेसकै अग्रसरतामा दोस्रो पटक अघि बढेको यो संविधान संशोधन प्रस्तावलाई कांग्रेस नेतृत्वले लाभहानिको रणनीतिक महत्त्वबाट हेरेको छ । गत माघ ९ मा संविधानको पहिलो संशोधन कांग्रेसकै जोडमा भएको थियो । जसमा संशोधनमा समानुपातिक समावेशी सिद्धान्तअनुसार प्रतिनिधित्वको व्यवस्था र जनसंख्यालाई प्रमुख र भूगोललाई दोस्रो आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय थियो । पहिलो त्यो संशोधनले तराई–मधेसमा चलिरहेको आन्दोलनलाई केही हदमा मत्थर बनाउन सफल भयो । तर, आन्दोलन पूर्ण रूपमा अवतरण हुन सकेन । कांग्रेसलाई पहिलो संशोधनले पार्टीको १३ औं महाधिवेशन गराउन तत्कालीन राहत मिल्यो । पार्टी अधिवेशनका लागि मधेसका नेता तथा कार्यकर्ता गृहनगर जान नसकिरहेका बेला भएको संशोधनले अवरोध हट्यो । सरकारले मंसिर १४ गते संविधान संशोधनको प्रस्ताव दर्ता गराएपछि मुलुकको राजनीति फेरि ध्रुवीकृत भएको छ । अहिलेसम्मको अंकगणितमा प्रस्तावको विपक्षीमा दुई तिहाइ मत पुग्ने देखिन्छ । अंकगणित प्रस्तावको पक्षमा नदेखिए पनि कांग्रेस संशोधन प्रस्तावलाई जसरी पनि अघि बढाउनुपर्ने रणनीतिमा छ । कांग्रेस र माओवादीले अघि बढाएको यो प्रस्तावविरुद्ध प्रमुख प्रतिपक्षी दल एमाले संसदमा प्रवेश नै गर्न नदिने पक्षमा छ । देशका यी दुई ठूला राजनीतिक शक्तिको ध्यान राजनीतिक समस्या समाधानतर्फ भन्दा आसन्न निर्वाचन र निर्वाचन गराउने सरकारतर्फ लक्षित देखिन्छ । राष्ट्रियताको नारा दिएर एमाले यही मुद्दामा जनताबीच जान चाहेको छ । कांग्रेस यो प्रस्तावलाई अघि बढाएर पारित गर्न सके मधेसको मन जित्न सकिन्छ भन्ने बुझाइमा छ । पहाडी क्षेत्रमा एमालेको प्रभाव बढदै गएकाले कांग्रेस तराईमा आफ्नो प्रभाव बढाउन चाहन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending