Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

बोक्सी आरोपमा मारिएकी महिलाका १० वर्षीय छोराको बयान– मेरी ममीलाई मंगलबार कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो

\"\"काभ्रे, २६ मंसिर । ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो । म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै बसेको थिएँ । त्यहीबीचमा भाइ धेरै रोयो । सायद आमाको दूध खान खोजेको थियो । त्यसैले मैले भाइलाई दूध खुवाउन ममी भएकै ठाउँमा लगेँ । त्यतिवेला सायद चार बजेको थियो होला । आजको नयाँ पत्रिकामा खबर छ– ममीलाई कोदो टिप्ने मेलामा भेट्यौँ । मेलाबाट छुटेपछि ममीले म र भाइलाई हतार–हतार घर ल्याउँदै हुनुहुन्थ्यो । किनकि घरमा गाई दुहुना छ, त्यसैले ममी आत्तिनुभएको थियो । त्यस्तै, करिब ५ बजेको हुनुपर्छ । मेरो स्कुलमा सामाजिक विषय पढाउने सर (हीरा लामा) र उहाँको आमा (काइलीमाया तामाङ) मोटरसाइकलमा आएर हाम्रो घर जाने बाटोमा बसेका रै’छन् । हामी आफ्नै बाटोतिर थियौँ । तर, बाटो रोकेर सरकी आमाले बोक्सी, राँऽऽ, रऽऽ‘ भन्दै मेरो ममीलाई लखेट्न खोज्नुभयो । तर, ममी भाग्नुभएन । त्यसपछि हीरा सरले समेत समातेर मेरी ममीलाई नजिकै रहेको सूर्योदय माध्यमिक विद्यालयको खेल मैदानमा लगे । त्यो हाम्रो विद्यालय हो, जहाँ हिरा सरले सामाजिक शिक्षा पढाउनुहुन्छ । स्कुलको मैदानमा भलिबलको पोल छ । त्यही पोलमा हिरा सर र उहाँको आमाले मेरो ममीलाई बाँध्न लाग्नुभयो । तर, पोलमा काँटी रहेछ, ठेलमठेल हुँदा काँटीले सरकी आमालाई घोच्यो । त्यसैले उहाँ एकैछिन रोकिनुभयो । त्यतिन्जेलसम्म गाउँलेहरु जम्मा भइसकेका थिए । छिमेकी साइला तामाङकी श्रीमती निरमाया तामाङले नाम्लो दिइन् । नाम्लो लिएर हिरा सर आफैँले ममीलाई गेटमा बाँध्नुभयो । सुरुमा घाँटी र कुममा बाँधेर हिरा सरले ममीलाई कुट्न थाल्नुभयो । त्यतिन्जेलसम्म हिरा सरको आमा अन्त कता जानुभयो थाहा भएन । पछि त दिसा लिएर आउनुभयो । सरको आमा आइसकेपछि दिसा खुवाउन खोजे, ममीले मान्नुभएन । त्यसैले मेरो ममीको खुट्टा पनि बाधेँ र दिसा खुवाइदिए । त्यसपछि पनि गाउँलेहरु त्यहीँ बसिरहे । केहीबेरमा उनीहरुले छोडिदिएपछि म र भाइलाई लिएर ममी घरतिर हिँड्नुभयो । हामी मेलडाँडा भन्ने ठाउँमा आइपुगेका थियौँ । पछाडिबाट हिरा सर दाउराको चिरपट बोकेर आउनुभएको रैछ । अनि ममीको कपाल समाएर लडाउनुभयो र खुट्टाले थिच्नु भयो । चिरपटले ममीको टाउकोमा हान्नु भयो । ममीको टाउकोमा गहिरो घाउ लाग्यो । ममीको टाउकोबाट रगत बगिरहेको थियो । त्यसपछि पनि सरले ममीको छातीमा चार लात्ती हान्नुभयो । गाउँमा हल्ला भइसकेछ । मेरो हजुरआमा (विष्णुमाया नेपाली) पनि बाटोमै आइपुग्नुभयो । उहाँ ६० वर्षको हुनुहुन्छ । मेरो बुहारीलाई किन पिटेको भनेर के भन्नुभएको थियो, हिरा सरले ‘न करा तेरो पनि छात्ती फुटाइदिन्छु’ भन्दै फेरि ममीतिर झम्टनुभयो । मैले धेरै भयो, मेरो ममीलाई नपिट्नोस् सर भनेँ । उहाँ ममाथि पनि झम्टनुभयो । त्यसपछि स्थानीय लालबहादुर तामाङकी श्रीमती आएर छुट्याउनुभयो । तर, मेरो ममी बाटोमा लडिरहनुभएको थियो, उठेर हिँड्न सक्नुभएन । पछि म र मेरो अंकल (दिनेश नेपाली) मिलेर दुबैतिरको कुममा उचालेर घर पुर्‍यायौँ । बेलुकी घर गयौँ । अर्को दिन बुधबार बुबा मिलन नेपाली काठमाडौंबाट घर आउनुभयो । बुबा काठमाडौँमा घर बनाउने मजदुरी गर्नुहुन्छ । त्यो दिन अस्पताल जाने कुरा भयो । तर, ढिलो भएकोले जान सकिएन । धुलिखेल आउन तीन घन्टा लाग्छ भन्ने कुरा भयो । बिहीबार बिहान ममी उठ्न सक्नुभएन । त्यसैले गाउँको स्वास्थ्यचौकी पुगेर हामीले औषधि लिएर आयौँ । घरमा ममीलाई औषधि दिँदै थियौँ । आँगनमा पुलिस आइपुग्यो । पुलिससँगै हिरा सर र गाउँका धेरैजना हुनुहुन्थ्यो । गाउँका १५ जनाको हस्ताक्षर गरेर मिलापत्र गरियो । मिलापत्र भएपछि प्रहरी फर्किए, गाउँले घरघर गए । बेलुका बुबा र म सँगै सुत्यौँ । ममी नजिकैको टहरामा सुत्नुभयो । बिहान हजुरआमाले मलाई उठाउनुभयो । तिम्रो आमा अहिलेसम्म किन उठिन गएर बोलाएर लिएर आउ भनेर पठाउनुभयो । म टहरामा पुग्दा ममी ओछ्याननजिकै भुइँमा ढलिरहनुभएको थियो । मैले बोलाउँदा बोल्नुभएन । अलिअलि सास फेरिरहनुभएको थियो । मैले पानी खुवाएँ । आमाआमा भनेर बोलाएँ । उहाँ बोल्नुभएन । म चिच्याएको सुनेर गाउँलेहरु जम्मा भए । गाउँलेहरुले पुलिसलाई खबर गरे । सबैजना जम्मा भएका थिए, त्यतिन्जेलसम्म मेरी ममीको मृत्यु भइसकेको थियो । मैले हिरा सरलाई देखाएर पुलिसलाई भनेँ, ‘मेरी ममीलाई डोरीले बाँधेर दिसा खुवाउने, टाउकोमा चिर्पटले हान्ने र छातीमा लात्तीले हान्ने मान्छे यही हो ।’ मैले घटना सुनाएपछि हिरा सर भाग्न खोजे । तर, पुलिसले उनलाई पक्राउ ग¥यो । पुलिस अंकलहरुले बोलाएको हुनाले म हिजो (शुक्रबार) धुलिखेल आएको हुँ । तर, सँगै मेरो बुबालाई पनि भित्र थुनेर राखेको छ । किन थुनेको मलाई थाहा छैन । हत्या आरोपमा तीनजना पक्राउ बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी एक महिलाको मृत्यु भएको छ । काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो । उनलाई बोक्सी आरोपमा स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा मंगलबार डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी परियारको शुक्रबार मृत्यु भएको हो । आफूमाथि कुटपिट भएपछि पीडित परियारले प्रहरी कार्यालय चौबासमा निवेदन दिएकी थिइन् । प्रहरी र स्थानीयले बिहीबार मिलापत्र गराएका थिए । मिलापत्र गरेको २४ घन्टा नबित्दै महिलाको मृत्यु भएको हो । मृत्यु भएपछि माइती पक्षले प्रहरीसमक्ष किटानीजाहेरी दिएको छ । यसैबीच लक्ष्मी परियारको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक हीरा लामा, साइँला तामाङलाई पक्राउ गरेको छ भने थप अनुसन्धानका लागि भन्दै लक्ष्मीका श्रीमान् मिलन परियारलाई पनि पक्राउ गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending