Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

मौरीसहित घार पाएपछि किसानहरुले मह बिक्री गर्न थाले

\"\" जाजरकोट, २५ मंसिर । जिल्लाको डाडाँगाउँ गाविसको पाली र कल्पतका किसानहरुले परापुर्वकाल देखि उत्पादन गर्दै आएको मह बिक्री गर्नु कुनै नौलो कुरा त होइन तर, हालसम्म घरमा एक घार मौरी नभएका किसानहरु पनि पाली र कल्पतमै थिए । जिल्लाको पाली, कल्पत र मैदे गाउँलाई अर्गानिक महको राजधानी भन्ने गरिएको छ । महको राजधानी मानिएको पाली र कल्पतमा बसोबास गरेता पनि हालसम्म घरमा मह उत्पादन नगरेका किसानहरु पनि यिनै गाउँमा थिए । घरमा एक घार मौरी नभएका किसानहरुले पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण परियोजनाको आर्थिक सहयोग र हिमालय समाज बिकास केन्द्र जाजरकोटको प्राविधिक सहयोगमा मौरी सहितका घार पाएपछि यस बर्षदेखि नै किसानहरुले घरमै मह बिक्री गर्न थालेका छन् । यसै बर्षदेखि घरबाट मह बिक्री गर्न सुरु गर्ने किसानहरुमा पालीका लक्ष्मी पुन, बिनिता पुन, धनिकला थापा, किरण घर्ती, टेकबहादुर राना, हरि घर्ती, तारा पुन, औशी पनु लगाएतका १६ जना किसानहरु रहेका छन् भने, कल्पतमा हरिबहादुर पुन, रत्नबहादुर पुन, प्रकाश पुन, कृतिमान शाही, सन्तोष पुन, गिता पुन, हरिकला परियार, भविलाल पुन, शान्तबहादुर पुन लगायतका १६ जना किसान रहेका छन् । गत असोज महिनाको अन्तिम सातातिर पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण परियोजनाको आर्थिक सहयोगमा बितरण गरिएका मौरी सहितका घारवाट मह उत्पादन गरेर घरबाटै मह बिक्री गरिसकेको किसानहरुले वताएका छन् । परियोजनावाट प्राप्त गरेका मौरी सहितको घारवाट ३ किलो ७ सय ५० ग्राम देखि १७ किलो ५ सय ग्राम सम्म मह उत्पादन गरि सकेको किसानहरुले वताएका छन् । ३ किलो ७ सय ५० ग्राम मह उत्पादन गर्ने किसानमा कल्पतका भविलाल पुन रहेका छन् । पहिलो पटक मौरी पालन सुरु गरेका भविलालले नयाँ घारमा नयाँ मौरी भएको हुदा अरुको तुलनामा मह कम उत्पादन भएको वताए । पहिलो पटक आफ्नो घरमा उत्पादन भएको मह बिक्री नगरेर घरमै खाएको भविलालले जानकारी दिए । त्यसैगरि १७ किलो ५ सय ग्राम मह उत्पादन गर्ने किसानमा कल्पतकै हरिबहादुर पुन रहेका छन् । २२ बर्षको कलिलो उम्मेरमा मौरी पालन ब्यबसायमा लाग्ने उत्कट चाहाना राखेका हरिबहादुर पुनले परियोजनाले दिएको मौरी सहितको घारवाट उत्पादन गरेको १७ किलो ५ सय ग्राम मह घरवाटै बिक्री गरेर ८ हजार ४ सय रुपैया आम्दानी गरि सकेको जानकारी दिए । त्यसै गरि पालीकि बिनिता पुनले ५ किलो मह उत्पादन गरेकि छन् भने, लक्ष्मी पुनले १२ किलो ५ सय ग्राम मह उत्पादन गरेको जानकारी दिएकि छन् । परियोजनावाट मौरी सहितका घार पाउने पाली र कल्पतका ३२ जना किसानहरुमा अधिकांश किसानहरुले ५ किलो देखि ७ किलो ५ सय ग्राम सम्म मह उत्पादन गरेको बताएका छन् । घरमा पहिलो पटक उत्पादन भएको महलाई बिक्री गरेर आम्दानी लिई सकेको किसानहरुले जानकारी दिएका छन् । –दीपबहादुर घर्तीबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending