Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

संशोधन प्रस्तावले मोर्चामा यस्तो कचिंगल

\"\"काठमाडौं, २४ मंसिर । सरकारले संविधान संशोधन विधेयक दर्ता गराएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा कचिंकल बढ्दै गएको छ । मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकारले संविधानको संशोधन विधेयक अघि सारेपछि मोर्चामा विधेयक स्वीकार गर्ने कि नगर्ने भन्नेमा मोर्चाका नेताहरुबीच द्वन्द्व बढेको हो । आजको मध्यान्ह दैनिकमा खबर छ–मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूखुशी निर्णय गरेको भन्दै मोर्चाका नेताहरु यादवप्रति रुष्ट छन् । संविधान संशोधन विधेयक दर्ता भएपछि मोर्चाका संयोजक यादवले मोर्चाको निर्णय अघि नै पार्टीका तर्फबाट छुट्टै विज्ञप्ति जारी गरी संशोधन स्वीकार नगर्ने बताएका थिए । यादवको विज्ञप्तिपछि मात्रै मोर्चाले निर्णय गरी संशोधन अस्वीकार गर्ने औपचारिक निर्णय गरेको थियो । मोर्चाका संयोजक यादवले पूर्व माओवादी नेता तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसँग संयुक्त विज्ञप्ति जारी गरेपछि झनै मोर्चाका नेताहरु यादवप्रति शसंकित भएका छन् । सरकारले ल्याएको संशोधन प्रस्ताव भारतीय डिजाइनमा आएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले सीमांकन तलमाथि नै हुन नहुने डिजाइनमा आन्दोलन चर्काएको भन्दै मोर्चाकै नेताले संशोधनमा समर्थन गर्न दबाब दिएका छन् । आफूहरुको माग पूरा नभए पनि मधेसीको कुनै पनि माग स्वीकार्य नहुने गरी एमालेले आन्दोलन चर्काएपछि मोर्चालाई थप संकट देखिएको हो । संशोधनका बारेमा मोर्चाकै नेताहरुबीचको विवाद मिलाउनकै लागि शनिवार मोर्चाको बैठक बोलाइएको छ । सरकारले गत १४ मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले परिमार्जनसहितको संशोधन स्वीकार गर्ने धारणा बनाउने बताइएको छ । सरकारले संशोधन प्रस्ताव संसदबाट फिर्ता नलिने तर परिमार्जन गर्न सकिने जनाएको छ । सरकार संशोधन परिमार्जन गर्न सकारात्मक देखिएकाले मोर्चाले परिमार्जिनसहितको संशोधन प्रस्ताव स्वीकार गर्ने निर्णय गर्न लागेको हो । सरकारले ल्याएको संशोधन प्रस्तावमा स्वीकार गर्न भारतीय दबाब बढिरहेको स्रोतको दाबी छ । भारतीय राजदूत रणजीत रायले काठमाडौंस्थित दूतावासमा मोर्चाका नेताहरुलाई बोलाएर केही दिनअघि छलफल नै गरेका थिए । राजदूत रायले बोलाए पनि संघीय समाजवादी फोरमका अध्यक्ष यादव भने दूताबास गएका थिएनन् । मोर्चाका नेताहरुको लैनचौरमा संयुक्त छलफलपछि बिहीबार पुनः सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो भारतीय दूतावास लैनचौर पुगेका थिए । संशोधन प्रस्तावलाई समर्थन गर्नुपर्नेमा मोर्चाका नेताहरुको बहुमत रहेको स्रोतको भनाइ छ । मोर्चाका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाकाअनुसार मोर्चाभित्र संशोधन प्रस्तावलाई लिएर फरक फरक धारणा सार्वजनिक भएपछि मोर्चाले समान धारणा बनाउन भन्दै शनिबार बैठक बोलाएको हो । मोर्चाका नेताहरुको दबाब थेग्न नसकेपछि मोर्चा संयोजक यादवले शनिवार मोर्चाको बैठक बोलाएका हुन् । प्रदेशका विषयमा भने एमालेले सहमति नजनाउने भएकाले अहिलेकै सिमांकनका सहमति जुट्ने सम्भावना भने न्यून छ । संशोधन प्रस्तावको विषयमा मोर्चाभित्रै फरक फरक धारणा सार्वजनिक हुँदै आएका छन् । मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम बाहेकका दल संशोधन प्रस्तावलाई सकारात्मक रुपमा लिनुपर्ने पक्षमा छन् । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले संशोधनको विरोधमा देखिए पनि सहअध्यक्ष हृदयेश त्रिपाठी भने प्रस्ताव सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भने दाङ र धनगढी पुगेर संशोधन प्रस्ताव फिर्ता नहुने स्पष्ट गरेका छन् । प्रधानमन्त्री दाहालले अब छिट्टै निर्वाचन मिति घोषणा गरिने समेत बताएका छन् । उनले निर्वाचन घोषणा गर्ने तयारी गरिएको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending