Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

कसरी माओवादी बनेका थिए उपेन्द्र यादव ?

\"\"काठमाडौं, २५ मंसिर । मोरङमा एमालेको राजनीतिमा सक्रिय भए पनि जीविकोपार्जनका लागि उपेन्द्र यादवले २०५४ सालसम्म शिक्षण पेसा अँगालेका थिए । उनी मोरङको जेसिस बाल सदनमा अध्यापन गर्थे । त्यही स्कुलमा अध्यापन गर्दागर्दै एमालेबाट उनी तत्कालीन नेकपा (माओवादी) सँग जोडिन पुगेका हुन् । जतिवेला उनी घोषित रूपमा माओवादी भइसकेका थिएनन्, तर पनि उनलाई ‘सुरक्षा थ्रेट’ आइसकेको थियो । २०५४ सालपछि यादव माओवादीको बुद्धिजीवी संगठनमा आबद्ध भए । यादवले मोरङ जिल्ला बुद्धिजीवी संगठनमा रहेर काम गरेको नयाँ शक्तिका नेता रामरिझन यादवको भनाइ छ । यादवको माओवादीसँग संगत रहेको सुरक्षाकर्मीले जानकारी पाएपछि उनको सोधीखोजी सुरु भयो । ‘उपेन्द्र यादव माओवादीको बुद्धिजीवी संगठनमा लागेको थाहा पाएपछि सादा पोसाकमा सुरक्षाकर्मी उपेन्द्रले पढाउने स्कुलमा छापा मार्न पुगेको थियो,’ रामरिझनले नयाँ पत्रिकासँग भने । सुरक्षाकर्मीको घेराबन्दीमा पर्न थालेको जानकारी पाएपछि यादव स्थानीय उषा यादवको घरमा एक रात लुकेर बसे । रातारात मोटरसाइलबाट उनलाई नेपालको सीमा कटाएको रामरिझन सम्झन्छन् । उपेन्द्र यादवलाई माओवादीको संगतमा ल्याउने र नेताहरूसँग भेटघाट गराउने काम भने माओवादी नेता मातृका यादवले गराएका हुन । यी दुई यादवको संगत लामो समयसम्म रह्यो । २०५४ सालदेखिको उनीहरूको संगत २०६५ सासम्म घनिष्ट नै थियो । मधेसी जनअधिकार फोरमको गठन गराउने भूमिका पनि मातृकाले नै गरेका थिए । ‘सिपी गजुरेल र मेरो पहलमा फोरम गठन गराएर उपेन्द्रलाई माओवादीको संगतमा ल्याएका हौँ,’ मातृकाले भने । २०५६ सालमा उपेन्द्रले माओवादीको मुखपत्र जनादेश साप्ताहिकमा अन्तर्वार्ता दिएपछि औपचारिक रूपमा एमालेसँग सम्बन्धविच्छेद भएको माओवादी नेताहरूको भनाइ छ । युद्धकालमा उपेन्द्र पूर्वी कमान्डअन्तर्गतको मेची–कोसी क्षेत्रीय ब्युरो सदस्य थिए । त्यतिवेला माओवादीका मधेसी नेताहरू मातृका यादव र जयकृष्ण गोइतको सम्बन्ध तिक्ततापूर्ण थियो । त्यसकै कारण मातृकाले उपेन्द्रलाई साथ लिएर हिँडेका थिए । उपेन्द्र यादव विराटनगर हुँदै भारत प्रवेश गरेपछि मात्र माओवादी अध्यक्ष प्रचण्ड र नेता डा। बाबुराम भट्टराईसँग भेटघाट जुरेको थियो । बाबुरामनिकट नयाँ शक्तिका नेता कुमार पौडेलको भनाइमा बाबुरामसँग २०५६ सालमा उपेन्द्रको भारतमै भेटघाट भएको हो । त्यतिवेला उपेन्द्र माओवादीको क्षेत्रीय ब्युरो सदस्य मात्रै थिए, त्यसैले बाबुरामसँगको गम्भीर प्रकृतिका भेटघाट र छलफलमा उपेन्द्रले अवसर पाउँदैनथे । प्रवासी कार्यक्रमहरूमा मधेसी नेताको हैसियतमा भेटघाट र उपस्थिति त हुन्थ्यो, तर त्यतिवेला पूर्ण जिम्मेवारी उनलाई दिइएको थिएन । उपेन्द्रलाई २०६० सालमा राष्ट्रिय मधेसी मुक्ति मोर्चाको अध्यक्ष बनाउने प्रयास पनि भएको थियो । सर्लाहीमा भएको मोर्चाको सम्मेलनमा प्रचण्ड, बाबुराम, किरण, बादलसहितका नेताहरू उपस्थित थिए । ‘त्यतिवेला उपेन्द्र यादव पनि सहभागी थिए, तर मुख्य जिम्मेवारी पाउन सकेनन्,’ त्यसवेला उपेन्द्रको मधेसी जनअधिकार फोरमको महासचिव रहेका रामकुमार शर्माले भने । उपेन्द्रलाई अध्यक्ष बनाउने प्रयासमा मातृका यादव थिए । त्यो सम्भव नभएपछि देवनारायण यादवलाई बनाउने प्रयास गरियो । त्यो पनि सम्भव भएन, अनि जयकृष्ण गोइतलाई मोर्चाको अध्यक्ष बनाइयो । सर्लाहीको त्यही कार्यक्रमबाट नयाँ दिल्ली पुगेपछि मातृका यादव, सुरेश आलेमगर र उपेन्द्र यादव पक्राउ परेका थिए। दिल्लीमा पक्राउ परेका मातृका र आलेमगरलाई नेपालमा बुझाइयो, तर उपेन्द्र १९ दिनसम्म भारतीय सुरक्षाकर्मीको हिरासतमा रहे । उनी रामराजाप्रसाद सिंहको पहलमा जेलबाट छुटे । उक्त घटनापछि उपेन्द्र यादवलाई माओवादीले लखेट्न सुरु गर्‍यो । उनलाई मातृका यादव र सुरेश आलेमगरलाई पक्राउ गराएको आरोप लगाइयो । त्यतिवेला उपेन्द्रले प्रचण्ड र बाबुरामलाई समेत पक्राउ गराउने तयारी गरेकोसम्म माओवादीका नेताहरूले आरोप लगाएका थिए । दिल्लीमा सुरक्षाकर्मीको हिरासतबाट छुटेलगत्तै उपेन्द्रले प्रचण्ड र बाबुरामलाई भेट्न चाहे पनि सफल भएनन् । प्रचण्डको हेडक्वार्टरसँग नजिक रहेका छवि सुुवेदीलाई उपेन्द्रले भेट गरे । उनले सुवदीसँग हेडक्वार्टरमा सम्पर्क गराइदिन आग्रह गरे । सुवेदीले टोपबहादुर रायमाझीसँग सल्लाह गरे । रायमाझीले ‘खर्च दिएर नेपाल पठाउनू, तर हेडक्वार्टरको सम्पर्कमा नल्याउनू’ भनेर सुुवेदीलाई निर्देशन दिए । खर्च दिएर नेपाल पठाइएपछि उपेन्द्र माओवादीको सम्पर्कबाट टाढिँदै गएका हुन् । नेपाल फर्केपछि उपेन्द्रले मधेसी जनअधिकार फोरम नामक गैरसरकारी संस्था (एनजिओ) सक्रिय बनाए । त्यसैको ब्यानरमा राजनीतिक गतिविधि सुरु गर्न थाले । सामाजिक संगठनमार्फत राजनीतिक मुद्दा बोकेका उपेन्द्रले १ माघ २०६३ पछि अन्तरिम संविधानको विरोधमा आन्दोलन चर्काए । उनको नेतृत्वमा मधेस आन्दोलन चर्किंदै थियो । ७ चैत २०६३ मा गौरमा उपेन्द्र यादव नेतृत्वको फोरम र तत्कालीन माओवादीबीच भिडन्त भयो । २७ जना माओवादी कार्यकर्ता मारिए । त्यसपछि उपेन्द्र र माओवादीबीचको सम्बन्ध झनै तिक्ततापूर्ण भयो । हुन त उपेन्द्रलाई माओवादीले युद्धकालमै कारबाही गर्न खोजेको थियो । त्यसका लागि उनलाई खोज्न टोली नै बनाएको थियो । त्यतिवेला उपेन्द्रलाई ज्यानको सुरक्षा गर्न बाबुरामले नै सूचना चुहाएको चर्चा माओवादी नेताहरू गर्छन् । गौर हत्याकाण्डपछि आक्रोशित माओवादीले उपेन्द्रलाई स्पेस दिन चाहेको थिएन, तर २८ चैत २०६४ मा फोरम चौथो शक्तिका रूपमा उदाएपछि मात्र माओवादीले उपेन्द्रसँग संगत बढाएको हो । त्यतिवेला पनि माओवादीसँग संगत बढाउने भूमिका मातृका यादवले नै गरेका थिए । ‘२०६४ सालको संविधानसभा निर्वाचनपछि प्रचण्डसँग उपेन्द्रलाई भेटघाट गराउने काम मैले नै गरेको थिएँ,’ मातृकाले भने। नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending