Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

न्यानोभित्र गुटमुटिँदा चोरले बिताउला

\"\"काठमाडौं, २५ मंसिर । हिउँद लाग्यो, चिसो बढ्यो, तर अपराधी समूहका लागि हिउँद भने तातो हुने गरेको छ । विशेष गरी उपत्यकालाई आधार बनाएर चोरी, डकैती र लुटपाट गर्ने समूहका लागि चिसो मौसम तातो हुने गरेको हो । आजको गोरखापत्र दैनिकमा खबर छ– पुस र माघको कठ्याङ्ग्रिँदो चिसोमा उपत्यकावासी तातोको खोजीमा व्यस्त भएको मौका छोपी चोरहरू तात्ने गरेको प्रहरीको अनुभव छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गर्मीको मौसममा दिउँसो र चिसोमा राति चोरीका घटना बढी हुने गर्छन् । महाशाखा चोरी शाखा प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बस्नेत भन्छन्, सर्वसाधारणको कमजोरी कारण चिसोमा चोरी बढी हुन्छ । चिसोमा न्यानोभित्र गुटमुटिन हतार गर्ने भएकाले झ्यालढोका राम्रोसँग नलगाउँदा यस्तो समस्या आउने गरेको हो । त्यस्तै, घर, फल्याट तथा कोठामा भन्दा पसल, सटर र कोही नभएको एकान्तस्थलहरूमा चोरी बढी हुने गर्छ, महाशाखाका प्रहरी नायव उपरीक्षक बस्नेतले भने, यसका लागि सर्वसाधारण नै सचेत हुन जरुरी छ । राति सुत्दा होस् वा बिहान बाहिर निस्कँदा घरको झ्यालढोका राम्रोसँग बन्द गर्नुपर्छ । चिसोमा सुन तथा चाँदीका गरगहना तथा नगद बढी चोरी हुने गरेको छ । यो बेला भारतको बिहारका विभिन्न जिल्लाबाट समेत सङ्गठित रूपमा चोरहरू काठमाडौँ उपत्यकामा आउने गर्छन् । चोरी घटनाका अनुसन्धान अधिकृत केदार तिमिल्सेना भन्छन्, चोरी गरेपछि अपराधीहरू एकरात पनि राजधानी बस्दैनन् । देशभित्रका चोरहरू गाउँमा लुक्छन्, भारतबाट आएकाहरू मकवानपुर हेटौँडाको बाटो हुँदै पर्साको वीरगन्ज नाकाबाट भारत छिर्छन् । विहारको घोडासैन, मोतिहारी, फूलबारी, महाराजगन्ज लगायतका जिल्लाबाट आठ÷दश जनाको समूह बनाएर नै सुन चोर्न नेपाल आउने गरेको महाशाखाले जनाएको छ । यसरी, नेपाल आउँदा उनीहरूले दुब्लो, पातलो र कलिलो उमेरका बालकलाई आफूसँगै ल्याउने गर्छन् । अनुसन्धान अधिकृत प्रहरी नायव निरीक्षक तिमिल्सेनाले गत वर्ष न्युरोडस्थित एक सुन पसलमा सटर फोडेर चोरी भएको घटना स्मरण गराउँदैे ठूलाहरूले रडले सटर हल्का माथि उठाउने र दुब्लो, पातलो र बालकलाई चोर्न भित्र छिराउने गरेको जानकारी दिए । यस्तो समूहले चोरी गर्नेबित्तिकै उपत्यका छोड्ने गरेको पाइन्छ । अपराध महाशाखाले यस्तै समूहले विहारबाट घुमघामका लागि भन्दै काठमाडौँ ल्याइएको दुईवटा चोरीका गाडी पक्राउ गरेको छ । टोयाटाको फर्छुनेट जीप र हुन्डाइको आई–२० नामका दुई गाडी प्रहरीले यसअघि पक्राउ गरिसकेको छ । बुधबार पनि काठमाडौँबाट वीरगन्ज जाँदै गरेको डब्लुबी ४३०८३२ नम्बरको गाडी हेटौँडामा चेकजाँच गर्दा ६० तोला अवैध सुन बरामद भएको छ । उक्त अवैध सुनसहित भारत कलकत्ता घाटल पश्चिम वेदनापुरका २६ वर्षीय ओमित समान्त पक्राउ परेका छन् । त्यसअघि चोरीको गाडीसहित वीरगन्जमा बसोवास गर्दै आएका भारतीय नागरिक निजामुद्धिन शेख र नेपाली नागरिक काशी गुरुङ पक्राउ परेका थिए । प्रहरीले अपराधीलाई पटक–पटक पक्राउ गरे पनि चोरीका घटनामा भने कमी आएको छैन । उपत्यकामा सवारी दुर्घटना र चोरी अधिक हुने गरेको जनाइएको छ । ठूलोखाले चोरीमा नेपाल बाहिरकै अपराधी समूहको संलग्नता हुने भएकाले पक्राउ गर्न प्रहरीलाई गाह्रो हुने गरेको छ । उपत्यकामा चालु आर्थिक वर्ष २०७३/०७४ सालमा १६७ चोरीका घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, साउनमा ४४, भदौमा ४६, असोजमा २५, कात्तिकमा ४१ र मङ्सिरको १५ गतेसम्ममा १२ वटा चोरीका घटना भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending