Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

भागबन्डाको दबाबले निर्णयविहीन बन्दै त्रिवि

\"\"काठमाडौं, २५ मंसिर । विभिन्न आन्दोलन तथा दलीय भागबन्डाको दबाबका कारण त्रिभुवन विश्वविद्यालय निर्णयविहीन हुँदै गएको छ । पछिल्लो समय डा। गोविन्द केसीको आमरण अनशन तथा प्राध्यापकहरूका संघ–संगठनले भागबन्डाका लागि दबाब दिइरहेका कारण त्रिविले महत्वपूर्ण निर्णय गर्न सकेको छैन् । आजको नयाँ पत्रिकामा खबर छ– त्रिविले विभिन्न संकाय तथा अध्ययन संस्थानमा पूर्णकालीन डिन नियुक्त गर्न सकेको छैन । केन्द्रीय विभाग तथा केही आंगिक क्याम्पसमा समेत उस्तै अवस्था छ । राजनीतिक दलनिकट वैचारिक संगठनहरूले भागबन्डामा नियुक्ति पाएका त्रिवि पदाधिकारीलाई आफ्ना संगठनको प्रभुत्व बढाउन दबाब दिइरहेको कर्मचारीको गुनासो छ । डा। केसी अनशन बस्ने डरले त्रिविले मेडिकल शिक्षासम्बन्धी कुनै पनि निर्णय गर्न नसकेको त्रिविका अधिकारीहरू बताउँछन् । आधा दर्जन डिन तीनमहिने र निमित्त अहिले झन्डै आधा दर्जन डिन कार्यालय तीनमहिने र निमित्त डिनहरूले चलाएका छन् । त्रिविको वन विज्ञान अध्ययन संस्थानमा प्रा।डा। कृष्णराज तिवारीले गत २ असोजदेखि तीन महिनाका लागि नियुक्ति पाएका छन् । हाल मानविकी तथा सामाजिक शास्त्र संकायमा तीनमहिने डिनले काम गरिरहेका छन् । अघिल्लो चारवर्षे कार्यकाल सकेका प्रा।डा। चिन्तामणि पोखरेललाई तीन महिनाका लागि भन्दै गत २ असोजमा नियुक्ति दिइएको थियो । व्यवस्थापन संकायमा नवराज अधिकारी, शिक्षाशास्त्र संकायमा नेत्रप्रसाद धिताललाई आर्थिक अधिकारसहित निमित्त डिनको जिम्मेवारी दिइएको छ । त्यसैगरी, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा।डा। रामप्रसाद खतिवडाले तीनमहिने कार्यकाल सकेर निमित्त डिनको रूपमा काम गरिरहेका छन् । केन्द्रीय विभागमा पनि भद्रगोल त्रिविका विभिन्न विषयका केन्द्रीय विभागमा समेत उस्तै समस्या छ । जनसंख्या अध्ययन केन्द्रीय विभागमा पूर्ण अवधि सकेका डा। रामशरण पाठकलाई २७ कात्तिकमा दैनिक कार्य सञ्चालनका लागि बढीमा तीन महिनासम्म काम गर्न डिनको जिम्मेवारी दिइएको छ । त्रिवि नियमअनुसार तीन महिनाको अवधि दोहो¥याउन नहुने भएपछि तीनमहिने अवधि सकिएकालाई नै निमित्त डिनको जिम्मेवारी दिइएको छ । जल तथा मौसम केन्द्रीय विभागमा डा। दीपक अर्याललाई तीन महिनाका लागि जिम्मेवारी दिइएको छ । मिलाउन खोज्दा ढिला भयो : त्रिवि उपकुलपति त्रिवि उपकुलपति प्रा।डा। तीर्थराज खनियाँले केही समय चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्तिको विषय र अरू कारण जोडिएर निर्णय प्रक्रियामा ढिलाइ भएको दाबी गरे । उनले नियुक्तिका लागि विभिन्न संघ–संगठनबाट दबाब आइरहेको बताए । तर, त्यसकै कारण ढिलाइ नभएको उनको भनाइ छ । ‘त्रिविमा प्राध्यापक, कर्मचारी, विद्यार्थीका पार्टीनिकट संघ–संगठन छन् । उनीहरू कसैलाई हेपिएको महसुस नहोस् भनेर समायोजन गर्न खोज्दा ढिलाइ भयो,’ उपकुलपति खनियाँले भने, ‘अब नियुक्तिसम्बन्धी निर्णय प्रक्रिया चाँडै अगाडि बढ्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending