Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

को-को हुन् विद्युत प्राधिकरणमा गडबड मच्चाउनेहरु ?

\"\"काठमाडौं, २४ मंसिर । नेपाल विद्युत् प्राधिकरणसँग कुनै सम्बन्ध नै नभएका तर त्यसलाई डुबाउन न्वारनदेखिको बल निकालेर लागिपरेका प्राधिकरणका पूर्व कार्यकारी प्रमुखको योजनामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कर्मचारी संगठन प्रायोजित रुपमा लागेको बताइन्छ । जनआह्वान साप्ताहिकमा खबर छ– प्राप्त विशेष सूचनामा प्राधिकरणका पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्लेकै योजनामा प्राधिकरणका सञ्चालकहरु मनोजकुमार मिश्रा,लक्ष्मणप्रसाद अग्रवाल र मनोज लामिछाने प्रयोग भएको र उनीहरुलाई काँग्रेस एमालेका कर्मचारी संगठनका उच्चस्तरीय नेताहरु नै परिचालित भएको बताइन्छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई र नेकपा (एमाले) कर्मचारी यूनियनका पूर्व अध्यक्ष रामप्रसाद रिमालको योजनामा प्राधिकरणका पूर्व प्रमुख काफ्ले र सञ्चालकत्रय बसेर प्राधिकरणलाई जसरी भएपनि लोडसेडिङ गर्न लगाउने र अवैध रुपमा माइन्यूट तयार पारेर ऊर्जा मन्त्री जनार्दश शर्मा र प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलार्इ असफल बनाउने योजनामा लागिपरेको बताइन्छ । काफ्लेले तिनै जनालाई वानेश्वरको एक रेष्टुरेन्टमा राखेर महङ्गा महङ्गा रक्सी खुवाउँदै घिसिङलाई कुनै पनि हालतमा काम गर्न दिन नहुने भन्दै योजना बनाएको बताइन्छ । आफ्नो पालामा सुरु भएका केही आयोजनाको ठेकेदारबाट नियमित रुपमा रकम लिने प्रपञ्चमा समेत रोक लागेको, ठेकेदारले टेर्न छाडेको भन्दै आम्दानीको बाटो सुकाउन त भएनी नी मिश्रा जी कसो हो भन्दै काफ्लेले नै घिसिङ विरुद्ध योजना बनाएका थिए । काफ्लेकै योजनामा बाहिरै बनाइएको कथित माइन्यूट प्राधिकरणको बोर्ड बैठकको निर्णय भन्दै सार्वजनिक गर्न लगाइएको थियो । गत शुक्रबार बसेको बोर्ड बैठकमा काफ्लेकै योजनामा सञ्चालकत्रयले अवैध माइन्यूट कार्यान्वयन गराउन प्राधिकरणका कार्यकारी प्रमुख घिसिङलाई दबाव दिएका थिए । अवैध रुपमा तयार पारिएको माइन्यूट कार्यान्वयन हुन नसक्ने भन्दै घिसिङले अडान लिएपछि सुरजकुमार लामिछानेले घिसिङलाई हान्न टेबल स्ट्याण्ड नै उठाएका थिए । काफ्लेले अन्तिम अवस्था आए लडाई नै गर्न आफूहरुलाई उकासेको लामिछानेले बताएका छन् । लामिछानेले बानेश्वरको होटल इन्द्रेणीमा एमाले निकटका कर्मचारी संगठनका प्रतिनिधिलाई बोलाएर मलाई त काफ्ले सरले परिआए लडाई नै गर्न भनेका थिए सोही अनुसार हामी तयार भएर गएका थियौ, हानाहान नै हुन लागेको बेलामा ऊर्जा सचिव अनुपकुमार उपाध्ययाले रोके र केही हुन पाएन । एमाले कर्मचारी यूनियनका पूर्व अध्यक्ष रामप्रसाद रिमालले त ठोक्नुपर्ने नी सर हामीलाई बोलाएको भए हामी पनि अाइहाल्थ्याैं नी भन्दै लामिछानेलाई उकासेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending