Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

अर्थ मन्त्रालयले मानेन लोडसेडिङ कम गर्ने योजना

\"\"काठमाडौं, २४ मंसिर । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त र उपत्यकाबाहिर न्यूनीकरण गर्न दुई सय मेगावाट विद्युत् माग घटाउने योजना अघि सारेको छ । तिहारदेखि उपत्यकालाई लोडसेडिङमुक्त र बाहिर दुई घण्टामात्र लोडसेडिङ गर्दै आएको प्राधिकरणले सबैभन्दा बढी विद्युत्को माग हुने पुस र माघ महिनामा २ सय मेगावाट माग घटाउने योजना अघि सारेको हो । आजको काराेबार दैनिकमा खबर छ– विद्युत् माग घटाउनु भनेको उत्पादन बढाउनुसरह भएको भन्दै प्राधिकरणले विद्युत् खपत कम तथा चुहावट नियन्त्रण अभियानलाई अघि बढाएको छ । “बढी विद्युत् खपत गर्ने उपकरणहरु नचलाएर पिक लोडमा विद्युत् माग नै घटाउने लक्ष्यसहित योजना अघि बढाएका छौं,” प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई भन्छन्, “दुई सय मेगावाटसम्म विद्युत् माग नै घटाउन सकिने अनुमानसहित अघि बढेका छौं ।” हाल विद्युत्को माग १२ सय ५० मेगावाट र ४ सय १० मेगावाटको हाराहारीमा लोडसेडिङ गरिरहेको प्राधिकरणले आगामी आगामी पुस र माघमा १४ सय ७५ मेगावाटसम्म पुग्ने तथा ५ सय ३० मेगावाट लोडसेडिङ हुने अनुमान गरेको छ । सो अवधिमा सम्ममा हाल नौ सय मेगावाटको हाराहारीमा विद्युत् क्षमता भए पनि घटेर तीन सय मेगावाटमा झर्नेछ । प्राधिकरणका अनुसार भारतबाट थप आयातसहित ५ सय ५० मेगावाटका साथै विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट उत्पादित गरी ९ सय ४० मेगावाट आपूर्ति हुने प्रक्षेपण छ । भारतबाट थप बिजुली आयातबारे अझै टुंगो नलागेकोले प्राधिकरणले आगामी हिउँदमा विद्युत् माग घटाउनका लागि झण्डै २८ लाख घरायसी ग्राहकलाई प्राधिकरणले कम विद्युत् खपत गर्ने लिड बल्ब वितरण गर्ने लक्ष्यसमेत राखेको छ । प्राधिकरणले त्यो बल्ब वितरणका लागि अर्थ मन्त्रालयबाट दुई अर्ब बराबरको रकम माग गरे पनि अहिलेसम्म दिने नदिने टुंगो लागेको छैन । प्राधिकरणका एक अधिकारीका अनुसार बल्ब वितरणका लागि मागिएको बजेट दिन अर्थले अस्वीकार गरेको छ । हालसम्म बजेट आइसकेर वितरण सुरु गरिसक्ने प्राधिकरणको योजना थियो । तर, त्यो अघि बढ्न सकेको छैन । प्राधिकरणले बल्ब वितरणसहित तार र पोल परिवर्तन, चुहावट नियन्त्रण लगायतका लागि १० अर्ब रुपैयाँ एक महिनाअघि माग गरे पनि अर्थले हालसम्म दिएको छैन । बल्ब वितरणमा अर्थको स्वीकृति नआएर अघि बढाउन नसके पनि अन्य विद्युत् माग घटाउने कार्यक्रमलाई अघि बढाइएको उपकार्यकारी निर्देशक भट्टराईले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending