Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

नेपालमा रहेको भारु साट्ने बाटो निस्कन्छ : भारत

काठमाडौं, २४ मंसिर । नेपालमा भारु सटहीको सम्बन्धमा दुई देशका अर्थ मन्त्रालय र सम्बन्धीत सरकारी निकायहरु सम्पर्कमा रहेको र उनीहरुले छिट्टै एउटा बाटो निकाल्ने भारतको विदेश मन्त्रालयले बताएको छ । अाजकाे कान्तिपुरमा खबर छ– नेपाल र भुटानमा रहेका भारु सटहीका सम्बन्धमा अहिलेसम्म कुनै प्रगती नभएको सम्बन्धमा सोधिएको प्रश्नमा भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले दुवै देशका बैंकहरु सम्पर्कमा रहेको र समाधान निस्कने बताएका हुन् । यस अगाडि भारतले यस समस्यालाई समाधान गर्नका लागि एक अन्तर मन्त्रालय समिति बनाएको थियो । जसले केही सुझावहरु दिएको बताइएको छ । ‘जहाँसम्म लिगल टेण्डरको कुरा छ, दुई देशका वित्तिय विभागहरु निरन्तर सम्पर्कमा छन् । उनीहरुले परामर्श गरेर एउटा बाटो निकाल्ने छन्,’ उनले भने, ‘तर समाधान कसरी गर्ने भन्ने कुरा भने स्पष्ट भईसकेको छैन ।’ नेपालले कम्तीमा प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म सटहीको व्यवस्थाको लागि भारतलाई आग्रह गरिरहेको छ । तर त्यसमा ठोस प्रगती भएको छैन् । केही समय अघि भारतले भारु सटहीको लागि के गर्न सकिन्छ भन्ने विषयमा नेपालसँग मोडालिटीको माग गरेको थियो । तर कति हजारसम्म भारु साट्नका लागि भारत तयार हुने हो भन्ने यकिन भइसकेको छैन । विशेषतस् भारतमा काम गरेर नेपाल फर्केका कामदार, बिरामी, विद्यार्थी तथा सिमनामा ठूलो संख्यामा नेपालीसँग भारु रहेको बताइएको छ । तर नेपालमा भारु रकम कति छ भन्ने यकिन भने भएको छैन । भारतमा नै पुरानो नोट साट्नको लागि डिसेम्बर ३० सम्मको डेडलाइन तोकिएको छ । सो डेडलाइन समिप आउँदै गर्दा नेपालमा रहेको भारु के हुने हो भन्ने चिन्ता उत्पन्न भएको हो । भारतीय अधिकारीहरुले कानुनी रुपमा रहेको र मिहिनेतले कमाएको पैसा साट्नको लागि कुनै पनि समस्या नहुने बताइरहेका छन् । नेपाल बाहेक भुटानले पनि आफूसँग भारु रहेको र सो साट्नका लागि व्यवस्था गर्न भारतलाई आग्रह गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending