Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

एन्फाको गैरजेम्मेवारी : नेपालले गुमायो एएफसी कप

\"\"काठमाडौं, २४ मंसिर । अखिल नेपाल फुटबलसंघलाई पटक–पटक जानकारी गराए पनि उसले कुनै जवाफ नपठाएपछि एसियाली फुटबल महांसघ (एएफसी)ले आयोजना गर्ने एएफसी कप खेल्नबाट नेपालको थ्री स्टार क्लब वञ्चित भएको छ । आजको राजधानी दैनिकमा खबर छ– एएफसीले २६ सेप्टेम्बरमै एन्फालाई पत्र लेख्दै एएफसी कप प्ले अफका लागि टिम नोमिनेसन गर्न पत्र पठाए पनि एन्फाले कुनै जवाफ दिएन् । त्यसपछि एएफसीले थ्री स्टारलाई छनोटमा विजेता बनेकामा बधाई दिँदै पुनः एन्फालाई २१ नोभेम्बरमा पत्र पठाउँदै २३ नोभेम्बरभित्र टिमको नामका लागि आवश्यक प्रक्रिया पूरा गर्न अर्को पत्र लेखेको थियो । त्यसमा पनि एन्फाले कुनै जवाफ नपठाएपछि एएफसीले नेपालको नाम हटाउँदै बुधबार प्रतियोगितामा भाग लिने ३८ टिमको नाम सार्वजानिक गरेपछि नेपालको सम्भावना प्राविधिक रूपमा समाप्त भएको छ । एएफसीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले निर्धारित समयसीमामा क्लब दर्ता नगरेको भन्दै प्रतियोगिताबाट अलग गरिएको जानकारी गराएको थियो । थ्री स्टार सहभागी हुन नपाउने भएपछि नेपाली फुटबलको चरम अपरिपक्वता उजागर भएको छ । एएफसीले आयोजना गर्ने महत्वपूर्ण प्रतियोगिताको मौका गुमाउँदा क्लब र खेलाडीको भविष्यमाथि नै प्रश्न उठेको थ्री स्टारका महासचिव सञ्जीव शिल्पकारले बताए । उनले भने, ‘एएफसीले सबै जानकारी एन्फालाई पठाउँछ । हामीले एन्फालाई पटक पटक ताकेता ग¥यौं के हुँदै छ भनेर, तर त्यसको एन्फाले आधिकारिक जानकारी दिएन ।’ उनले आपूmहरूले एन्फलाई आधिकारिक पत्र लेखेको भन्दै त्यसको जवाफको प्रतीक्षामा रहेको बताए । उनले भने, ‘अध्यक्ष नरेन्द्र श्रेष्ठले अन्तिम प्रयास गरिरहेको र झिनो आशा बाँकी रहेको मलाई म्यासेज आएको छ ।’ यदि नेपालले यो मौका गुमायो भने यो नेपाली फुटबलका लागि असाध्यै दुर्भाग्यपूर्ण हुनेछ । उनले लापरबाहीको चरम नमुना भएको र पटक पटक ताकेता गरे पनि त्यसको सुनुवाइ नहुन दुःखद् भएको बताए । एन्फा सीईओ इन्द्रमान तुलाधरले एएफसीले पटक पटक पत्र पठाएको स्वीकार्दै भने, ‘हाम्रो मिसअन्डर इस्ट्यान्डिङ भयो । नयाँ पठाउने कि थ्री स्टारलाई पठाउने भन्नेमा स्पष्ट हुन सकिएन ।’ उनले पछि फेरि पत्र आएको र थ्री स्टार छनोट भएकाले नाम पठाउन पुनः आग्रह भए पनि त्यसमा के भएर पुनः पठाइएन भन्ने विषय छानबिन गरिने बताए । यो त चरम गैरजिम्मेवारी भएन र भन्ने प्रश्नमा उनले भने, ‘एन्फाले नैतिक रूपमा जिम्मेवारी लिन्छ । त्यसमा हामी एकदमै सिरियस छौं, अध्यक्ष र महासचिव आएपछि छलफल गरेर कारबाही गर्नुपर्ने अवस्था आए त्यसमा पनि एन्फा अघि बढ्नेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending