Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

यसरी बढ्दैछ बाबुराम र उपेन्द्रको हिमचिम

\"baburam_upendra\" काठमाडौं, १९ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको हिमचिम निकै बढेको छ । एमालेबाट विद्रोह गरेका अशोक राई समूहसँग एकता गरेर उपेन्द्रले संघीय समाजवादी फोरम बनाए । राई समूहसँगको एकतापछि पनि उपेन्द्रको पार्टीलाई क्षेत्रीय पार्टीकै रुपमा लिने गरिएको छ । मधेसमा उपेन्द्रको पार्टी नै बलियो देखिन्छ । राईसँग एकता गरी राष्ट्रिय पार्टी बनाएका उपेन्द्रले डा.बाबुराम भट्टराई बनाएको नयाँ शक्तिसँग पनि एकता गर्ने प्रयास गरिरहेका छन् । माओवादी छाडेपछि भट्टराईलाई केही समय पार्टी बनाउनमै बित्यो । नयाँ पार्टी बनाउन भट्टराई कस्सिएकाबेला पनि उपेन्द्रसँगको हिमचिम राम्रै थियो । त्यसैले उनी मधेसी मोर्चाले गरेको मधेस आन्दोलनमा भट्टराई मधेसी पहरनमै मधेसमा मोर्चाका केही कार्यक्रममा सहभागी भए । पछिल्लो समय पार्टी एकता गर्नेबारेमा पनि दुई नेताबीच छलफल भएका कुराहरु अनौपचारिक रुपमा बाहिर आइरहेकाबेला संविधान संशोधनका सन्दर्भमा संयुक्त विज्ञप्ति नै जारी भयो । भट्टराईलाई उनीसँग आएका पूर्व माओवादी नेताहरुले साथ दिन छाडेपछि उपेन्द्रसँगको हिमचिम झनै बढाएका हुन् । अहिले कुनै पनि निर्णय गर्नुपर्दा दुई नेताबीच छलफल हुने गरेको स्रोतको दाबी छ । गत मंसिर १४ गते पूर्व पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका भट्टराई आइतबार पुनः उपेन्द्रको साथ लाएर बालुवाटार पुगेका छन् । भट्टराईले आफ्नो पार्टी मुलुकको बैकल्पिक शक्ति हुने दाबी गरे पनि सम्भव नदेखेपछि उपेन्द्रसँग पार्टी एकताका लागि छलफल चलाइरहेका छन् । उपेन्द्रले भट्टराईसँग हिमचिम बढाएपछि भने मधेसी मोर्चाका अन्य नेताहरु उपेन्द्रप्रति शशंकित भएका छन् । गत सोमवार संयुक्त विज्ञप्ति जारी गर्दै संविधान संशोधनका एजेन्डामा एकरुपता देखाएका भट्टराई र यादव छिटै नै पार्टी एकता गर्ने सुरमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending