Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

दुर्घटनामा पाँचको मृत्यु, नौ घाइते

\"accident-750\"काठमाडौं, १५ मंसि । सवारी दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । विभिन्न ठाउँमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । देशका छुट्ट्ाछुट्टै ठाउँमा दुङर्टना हुँदा पाँच जनाको मृत्यु भएको हो । संखुवासभाको खाँदबारी नगरपालिका–१३ तुम्लिङटार स्थित सडकमा ना.५ त ४३६८ नम्बरको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा भोजपुर नेपालेडाँडा–८ बस्ने ५५ वर्षीय पैदलयात्री दानबहादुर राईलाई ठक्कर दिंदा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएकोमा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको कुलेखानी–६ हेबी स्थित सडकमा ना.१ ज २९५८ नम्बरको टाटा सुमो जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा सडकबाट करीब ५० मिटर तल खसको थियो । जिपमा सवार शिखरपुर–७ बस्ने ३५ वर्षीय उत्तर मोक्तान र नाम नखुलेका १८ वर्षीय अभिषेक भन्ने व्यक्तिको मृत्यु भएको छ । मोक्तानको घटनास्थलमै र अभिषेकको शिवज्योती अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य ९ जना घाइते भएका थिए । घाइते मध्ये ६ जनाको शिवज्योती अस्पताल बल्खुमा र ३ जनाको अल नेपाल अस्पताल सामाखुसीमा उपचार भइरहेको छ । फरार जिप चालकको प्रहरीले खोजतलास गरिरहेको छ । त्यस्तै फापरबारी–२ स्थित सडकमा ट्याक्टरबाट खस्दा एक जनाको ज्यान गएको छ । सौराहखोलाबाट बालुवा लोड गरी आउँदै गरेको अन टेष्ट लेखेको ट्रयाक्टरमा काम गर्ने सोही ठाउँ बस्ने ३६ वर्षीय नारायण थिङ ट्रयाक्टरबाट खस्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको हो । सिराहाको मिर्चैया नगरपालिका–९ रामपुर बस्ने ३२ वर्षीय सेमा यादवको खेत जोत्ने ट्याक्टर पल्टिदा मृत्यु भएको छ । आफ्नै ज १ त २४०६ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा ट्याक्टर पल्टदाँ गम्भीर घाइते भएकोले उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending