रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिवार तथा मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त बनेका छन् ।
घरदैलो अभियानका क्रममा संयोजक प्रचण्डले सिस्ने गाउँपालिका–५ रुमालबारास्थित ‘जनयुद्ध’का सहिद परिवारको घरमै पुगेर भेटघाट गरेका छन् । सहिद परिवारसँगको भेटमा उनले सहिदको योगदान र बलिदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूको भावना र सुझाव ध्यानपूर्वक सुने ।
जनयुद्धकी सहिद सीता घर्तीकी आमा सावित्री घर्तीले जनयुद्धका नेतृत्वकर्ता स्वयं रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवार बनेपछि सिङ्गो रुकुमेली जनता उत्साहित भएको बताइन् । उनका अनुसार प्रचण्डको उम्मेदवारीले जिल्लामा राजनीतिक आशा र भरोसा बढाएको छ ।
त्यस्तै, अर्की सहिद बन्दना परियारकी दिदी चेतना परियारले सशस्त्र संघर्षका नेतृत्वकर्ता उम्मेदवार बनेर जनतामाझ आउँदा रुकुमपूर्वका नागरिकमा नयाँ आशा पलाएको धारणा राखिन् । सहिद जीवनकाजी (चन्द्रबहादुर) थापाकी ८६ वर्षीया आमा चन्द्रकुमारी थापाले सहिदका अधुरा सपना पूरा गर्न सुझाव दिँदै जनताको अपेक्षा नबिर्सन आग्रह गरिन् ।
सहिद परिवारका कुरा सुनेपछि संयोजक प्रचण्डले सहिदका सपना आफूले कहिल्यै नबिर्सने स्पष्ट पारे । उनले सहिदको सम्मान र परिवारको हितका लागि राज्यका तर्फबाट विभिन्न कार्यक्रम तथा योजना अघि बढाइएको जानकारीसमेत गराए ।
घरदैलो अभियानकै क्रममा संयोजक प्रचण्डले रुकुमपूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी
माघ ८ गते, २०८२ - २०:०३
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...
माघ ८ गते, २०८२ - १९:२९
काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...
माघ ८ गते, २०८२ - १९:२५
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...
माघ ८ गते, २०८२ - १९:२१
काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...
माघ ८ गते, २०८२ - १९:१०
रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...
माघ ८ गते, २०८२ - १९:०४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...
माघ ८ गते, २०८२ - १८:५९
काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...
माघ ८ गते, २०८२ - १८:५६
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...




प्रतिकृया लेख्नुहोस्: