निर्वाचन आयोगका अनुसार मङ्गलबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका तीन हजार ४८७ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध उजुरी दर्ता भएको हो ।
उजुरी पर्ने उम्मेदवारमा सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लालबिक्रम थापा, रौतहट क्षेत्र नम्बर–१ बाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, भक्तपुर क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार राजीव खत्री, नेपाल जनसेवा पार्टीबाट उम्मेदवार जानुका पाठक तथा कैलाली क्षेत्र नम्बर–१ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशम चौधरी रहेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यता नपुगेको दाबी गर्दै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो ।
उजुरी प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१६ बमोजिम दर्ता गरिएको आयोगले जनाएको छ । निर्वाचन अधिकृतले उजुरी दर्ता गरी अनुसूची–१७ अनुसार दर्ता किताबमा समावेश गर्दै उजुरीकर्तालाई अनुसूची–१८ बमोजिमको भर्पाई प्रदान गरेका छन् ।
निर्वाचन कार्यतालिकाअनुसार उजुरी दर्ता अवधि समाप्त भएपछि दर्ता भएका उजुरीको विवरण अनुसूची–१९ बमोजिम तयार गरी सम्बन्धित कार्यालयमा सार्वजनिक गरिएको छ ।
सूचना प्रकाशनपछि जसकाविरुद्ध उजुरी परेको हो, ती उम्मेदवारले तोकिएको समयसीमाभित्र आवश्यक प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ । सूचना प्रकाशित भएसँगै सम्बन्धित उम्मेदवारले जानकारी पाएको मानिने कानुनी व्यवस्था छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...



प्रतिकृया लेख्नुहोस्: