Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको भेट

खबरडबली संवाददाता

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बुधबार उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, सहयोग तथा अन्य विविध आयामका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल–भारत सम्बन्ध सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरमा सदियौँदेखि प्रगाढ रहिआएको बताएका छन् । उनले नेपाल–भारत सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको भन्दै नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताए ।

साथै, भारत सरकारले ‘नेबरहुड फर्स्ट’ नीति अन्तर्गत छिमेकीसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरेकोमा उनले खुसी व्यक्त गरेका थिए । उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदारको रूपमा रहेको उल्लेख गर्दै आर्थिक तथा प्राविधिकसहित विभिन्न क्षेत्रमा भारतले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । 

उक्त अवसरमा निमित्त राजदूत पाण्डेले नेपाललाई भारतले हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए । उनले विशेषगरी खेलकुद अन्तर्गत क्रिकेटमा सहयोग गर्न भारत इच्छुक रहेको उल्लेख गर्दै नेपालका रेलवे क्षेत्रमा सक्दो सहयोग गर्न भारत तयार रहेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमपालको घातक स्पेलपछि स्कटल्याण्ड १७० मा रोकियो, प्रतिष्ठाका लागि नेपाललाई १७१ रनको चुनौती

मुम्बई । समूह चरणबाट बाहिरिसकेको नेपालका लागि अन्तिम खेल प्रतिष्ठा जोगाउने अवसर बनेको छ। ICC T20 World Cup अन्तर्गत मुम्बईको Wankhede Stadium मा स्कटल...

पर्सा–१ : पुराना दलको साख कि नयाँ शक्तिको लहर? वीरगञ्जको मतले मधेसको दिशा तय गर्ने

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ चुनावी प्रयोगशालाजस्तै बनेको छ। यहाँको प्रतिस्पर्धा केवल उम्मेदवार...

वडाध्यक्षले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

कैलाली ।  कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।  ज...

७५ हजार भन्दा बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७५ हजार बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ । कामपाले हाल पाँचौ संस्करणका न्यायिक सहज...

पोखरामा मापसे गरी स्कुल बस चलाउने पाँच चालक नियन्त्रणमा

पोखरा । पोखरामा विद्यार्थी बोकेर विद्यालय आउजाउ गराउने बस चालकले नै मादक पदार्थ सेवन गर्ने गरेको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे निग...

भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता

भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ । मंगलबार टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको...

भक्तपुर–२ मा रामप्रसाद सापकोटा ‘दीपशिखा’ नै किन ?

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ यतिबेला केवल निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक बहसको केन्द्र बनेको छ । यहाँको चुनावी प्रतिस्पर्धा उम्मेदवारको व्...

नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ

काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार ब...

खोटाङलाई तराईसँग जोड्ने छोटो मार्ग: बाधक बनेको घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणले गति लिएको छ। दिक्तेल–रेग्मी...

यो निर्वाचन हिंसा, अराजकता र राष्ट्रवादबीच जनाताले गर्ने फैसला जनमत संग्रह पनि होः प्रचण्ड

रुकुमपूर्व । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई “तीन प्रवृत्तिबीचको जनमत संग्रह”को रूपमा व्याख्या गरेका छन्। विकट क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE