Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

रक्सी पार्ने हाँसीमा च्याउ फलाउने युवाको कथा

\"tin_yuba\"भक्तपुर, १४ मंसिर । कलिलै भनौं या युवा कि बुढ्यौली उमेरको कुरा गरौं । अहिले फेसेनेबल जस्तै बनिरहेको छ परदेशिने मोह । प्रायको एउटै स्वर गुन्जन्छ, ‘नेपालमा काम नै पाइएन, बिदेशीनु प¥यो अब’ । दैनिक हजारौं नेपाली हातमा पासपोर्ट लिएर बिदेशिनका निम्ति बिमानस्थल पुग्छन् । हुन कतिपय परदेशिने रहरले हो भने कतिपय बाध्यताले पनि होला । अहिले पनि लाखौं नेपालीहरु खाडीको प्रचण्ड गर्मीमा दशौं घण्टा काम गर्न बाध्य छन् । बिदेशिने मोहले कतिपयले राम्रैकाम पाएका छन्, कतिपय कम्पनी राम्रो नपाएर महिना दिन बित्न नपाउँदै फर्कने गरेको उदाहरण पनि छ हामीसँग । अहिले पनि हजारौं नेपालीहरु बिदेशका जेलहरुमा कैद भएका छन्, कतिपय मृत्युसँगै बाँचिरहेका पनि छन् । त्यसो त दुःख गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने उदाहरण भक्तपुरका तीन युवाहरुले दिएका छन् । आफ्नै सीप आफ्नै गाउँमा, मेहनत, बल यस्तै–यस्तैसबै आफ्नै भूमिमा गर्छु भन्दै ती तीन युवा बर्षौदेखि कृषि पेशा अपनाइरहेका छन् । सरकारी जागिरका लागि कयौं पटक अफर आउँदा पनि नगएका उनीहरु बर्षमा लाखौं आम्दानी गरेको बताउँछन् । जसले बार्षिक ३५ लाख कमाउँछन् [caption id=\"attachment_104370\" align=\"alignleft\" width=\"750\"]\"च्याउको च्याउको क्लचर गर्दै शनिश लागेजु[/caption] शनिस लागेजु, जसले आफ्नो विद्यार्थीकालिन उमेर तेक्वान्दोमा बिताए । उनी तेक्वान्दोका अब्बल खेलाडी हुन् । ०५० सालमा ब्ल्याकबेल्ट गरेका लागेजुका साथी संगिना बैद्य, र सविता राजभण्डारी अन्तर्राष्ट्रियस्तरमा आज ख्यातिप्राप्त खेलाडी छन् । संगिना र सबिता एसियन च्याम्पियन पनि हुन् । सबिता अहिले अमेरिकामा छिन् भने संगिना तेक्वान्दोको वरिष्ठ कोच भएर नेपालमै काम गरिरहकी छिन् । उनको तेक्वान्दोमा अहिले पनि पाँचौं डन हुन् । अहिले पनि लागेजु तेक्वान्दोको अफिसियली काममा सहभागी हुने गरेका छन् । स्थानीयस्तरमा उनले थुप्रै खेलाडीहरुलाई प्रशिक्षण दिए । उनै लागेजूले उत्पादन गरेका कयौं तेक्वान्दो खेलाडी खाडी मुलुक गएर पसिना चुहाइरहेका छन् । तर उनको मन खेलमा थिएन । भक्तपुरबाटै प्लस टु गरे । कृषि विषय पढ्छु भन्ने ७÷८ कक्षादेखि उनको सोंच हो । त्यसैले उनी रामपुर कृषि कलेजमा भर्ना हुन् चितवन हान्निए । तर तीन दिन ढिला भएकाले उनको कृषि बिषय पढ्ने धोका अधुरै रह्यो । उनलाई विदेशीने मोह नभएको पनि होइन । तर उनको बाउबाजेको कृषि पेशाले मन सायद बिथल्यो । र, उनले ०५५ सालदेखि कृषिकर्म शुरु गरे । अहिले उनी उमेरले ४१ टेके । ०५५ ताका राजधानीमा च्याउको निकै माग थियो । च्याउ खेति गर्ने मनशायले शुरुमा ८ सय रुपैयाँको ४० प्याकेट बिउ किने । त्यतिबेला २ सय ग्रामको प्याकेट हुन्थ्यो रे, २० रुपैयाँमा आउँथ्यो । आफूसँग भएको पैसाले बिउ किनेपछि त्यसलाई चाहिने अरु सामाग्री किन्ने उनीसँग पैसा भएन । पैसा अभावले कयौ पटक भौतारिए अनि छट्पटिए पनि । धेरै उपाय सोचे र उनले विकल्प निकाले रक्सि पार्ने ‘हाँसी’मा च्याउ फलाउँछु । र, उनले रक्सि पार्ने हाँसीमा भक्तपुरको नलिन्चोकस्थित आफ्नै घरमा उनले च्याउको बिउ राखे । पहिलो पटकमा राम्रै आम्दानी भएपछि अन्तत उनी च्याउ खेति नै गर्ने मनस्थिति बनाए । उनी बीचको केहि बर्ष त्यत्तिकै अलमल्लिएका थिए । यसरी कृषि पेशामा हात हालेका उनले २०६९ सालमा ‘सीड् ल्याण्ड नेपाल प्रालि’ नामक कम्पनी नै दर्ता गरे । कम्पनीको मूख्य उदेश्य नै कृषि व्यवसाय रहेको छ । लागेजु अहिले झक्तपुरको झौखेलमा ८ रोपनी, सिपाडोलमा १० रोपनी जग्गामा च्याउ खेति गरिरहेका छन् । च्याउ व्यवसायमा उनको कम्पनीले बिउ समेत उत्पादन मात्रै गर्दैन, ‘टिस्कू कल्चर गरी लिक्विड कल्चर’ भित्र्याएको छ । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पले च्याउ खेति गर्दै आएका सयौं टनेल भत्किए । बिउ मात्रै होइन बजार लैजान तयारी गरेको च्याउ पनि नाश भयो । भूकम्पमा ३५ लाख रुपैयाँ बराबर क्षति भएको लागेजूको भनाई छ । तर उनले सरकारबाट सहयोगको नाममा केहि थान प्लाष्टिक झोला मात्र पाए । अहिले उनकोमा चार जातको च्याउ छ । लागेजू च्याउको बिउ उत्पादन मात्रै गर्दैनन, खानका लागि पनि उत्पादन गर्छन् । गोब्रे, सिताके, कन्ने र गानोड्रामा जातका च्याउ छन् उनीसँग । अन्य जातका च्याउ तरकारीका लागि प्रयोग गरिन्छ भने गानोड्रामा क्यान्सरको औषधिका लागि प्रयोग गरिने लागेजूले बताए । अहिले गोब्रे च्याउको बिउ बार्षिक २० हजार, सिताके बार्षिक १० हजार, कन्ने दैनिक एक हजार र गानोड्रामा च्याउको वीउ बार्षिक १५ हजार प्याकेट उत्पादन गर्ने गरेका छन् । च्याउ मध्येमा सबै महंगो गानोड्रामा च्याउ किलोको १५ हजार रुपैयाँसम्म विक्रि हुने गरेको लागेजूले खबरडबलीलाई बताए । उनले आफूमात्रै होइन सपरिवारलाई कृषिमा लगाएका छन् । उनकी जीवनसंगिनी र भाइहरुसमेत उनको पेशामा आवद्ध छन् । शिक्षण पेशामा संलग्न उनकी जीवन संगिनी निरा ढुमराले पेशा नै त्यागेर कृषिमा छिन् । लागेजु च्याउको कल्चर गर्ने प्राविधिक समेत हुन् । उनी बिउमात्रै बेच्दैनन् । आफूले बिउ बेचेका कृषकहरुका च्याउका टनेलहरुमा पुगेर परामर्श समेत दिन्छन् । तरकारी खेति, कालो धान पनि उनको अर्को कृषि रुप हो । च्याउ खेतिबाट मात्रै बार्षिक ८० देखि ८५ लाख रुपैयाँसम्म आम्दानी गरेको उनको भनाई छ । सबै खर्च कटाएर ३५÷४० लाख रुपैयाँ जोगिने उनले बताए । जो कुरिलो खेतिबाटै लाखौं कमाउँछन् [caption id=\"attachment_104374\" align=\"alignleft\" width=\"750\"]\"बजारमा बजारमा लैजान तयार च्याउको साथमा दयाराम मचामसी[/caption] लागेजू र दयाराम मचामसी साथी पनि हुन् । उनले पनि लागेजुको जस्तै च्याउ खेति गरेका छन् । च्याउसँगै उनले कुरिलो खेति पनि गरेका छन् । मचामसिले पनि भक्तपुरकै झौखेलमा ४ रोपनी जग्गामा च्याउ खेति गरेका छन भने झैखेलमै २१ रोपनी जग्गा भाडामा लिएर कुरिलो खेति गरेका छन् । कुरिलोको बीच–बीचमा ‘ब्रो’ काउली पनि लगाएका छन् । मचामसीले ०६३ सालदेखि व्यवसायिक रुपमा च्याउ खेति गरे पनि ०७० सालदेखि कुरिलो खेति गर्दै आएका हुन् । कुरिलो नेपालमा दुई जातका पाइन्छन्, पोलिनिटेड र हाइब्रिड । कुरिलो नेपालको सबै ठाउँमा पाइन्छ तर त्यो कुरिलो र उनले रोपेको कुरिलोको आकाश–जमिन फरक छ । गाउँघरतिर पाइने हाइब्रिड जातको कुरिलो औषधिको रुपमा प्रयोग गरिन्छ भने मचामसीले खेति गरेको पोलिनिटेड जातको कुरिलो तरकारी खानको लागि प्रयोग गरिन्छ । हुन त मचामसीले पढेका कृषि होइनन् । समाजशास्त्रमा डिग्री गरेका छन् । तैपनि कस्तो ठाउँमा खेति गर्दा चाँहि राम्रो या कसरी बेलैमा उत्पादन दिन्छ भन्ने इन्टरनेटको माध्यमबाट उनले नियाँलिरहेका हुन्छन् । अन्य खेतिमा भन्दा कुरिलोमा बढी फाइदा हुने गरेको मचामसी बताउँछन् । विकषित मूलूकहरुमा रोपेको ३ बर्षपछि मात्र खानहुन्छ तर उनले रोपेको १ बर्षभित्र खान हुने बताउँछन् । यसको बजार मूल्य सिजनमा किलोको तीन सय र अफ सिजनमा ५ सय रुपैयाँसम्म पर्ने मचामसीले बताए । अहिले उनले ‘ग्रिनलाइन एग्रो प्रालि’ नामक कम्पनी पनि दर्ता गरेका छन् । यही कम्पनीबाटै उनले कृषि सम्बन्धि सबै काम गर्छन् । ब्यवसायिक खेति गर्दै आएका उनले १५÷१६ जनालाई रोजगारी पनि दिदैं आएका छन् । कुरिलो खेतिबाट मात्रै बार्षिक करिब २० लाख रुपैयाँ आम्दानी हुने गरेको मचामसीले बताए। सबै खर्च कटाएर करिब १० लाख रुपैयाँ बार्षिक आम्दानी हुने गरेको छ । च्याउ खेति र अन्य तरकारी खेतिबाट आउने आम्दानी बेग्लै छ । भक्तपुरको सिपाडोलका स्थानीय मचामसीले लागेजुले जस्तै आफ्नै जीवनसंगिनीबाट समेत राम्रो साथ पाएका छन् । सिजनको समयमा मचामसी बजारमा पुग्छन् भने उनको जीवनसंगिनी उर्मिला ह्यौँमिखा उत्पादनक्षेत्रको हेरचाहमा जुट्छिन् । अझ हरियो तरकारीमा उनकी जिवनसंगिनिको राम्रो दख्खल रहेको मचामसी बताउँछन् । लोभिएका हेङ्गजू \"tin_yuba-4-750\"लागेजू र मचामसीले कृषि खेति गरेको देखेपछि हरिभक्त हेङ्गजू पनि लोभिए । लागेजु र हेङ्गजु एउटै टोलका हुन् । हेङ्गजु लागेजु जस्तै कराँतेका खेलाडी समेत हुन् । केही वर्षअघिसम्म भक्तपुरका खाली चौरमा स–साना बच्चाहरुलाई कराँते प्रशिक्षण गरिरहेका भेटिने हेङ्गजु अहिले च्याउका पराले टहराहरुमा भेटिन्छन् । हेङ्गजुले पनि साढे २ बर्ष अघिदेखि च्याउ खेति शुरु गरे । हेङ्गजुलाई उनै लागेजु र मचामसीले सघाए । करिब डेढ रोपनी जग्गामा उनले च्याउ खेति शुरु गरे । वार्षिक रुपमा ६÷७ लाख रुपैयाँको आम्दानी गरेको हेङ्गजूको भनाई छ । हरिभक्त लागेजु र मचामसीकै अनुपातमा काम नगरेका भएपनि उनको पनि बाटो उहि हो । उत्पादनलाई लगानी जुटाउँदै थप्दै जाने सोँच रहेको उनले बताए । तीन भाइ मिलेर सहकारी हरिभक्त हेङ्गजू कृषिलाई मुख्य पेशा बनाउनुपूर्व एक सहकारीमा काम गर्थे । साथी हेङ्गजुले पनि कृषि पेशा अंगालेपछि हेङ्गजूकै सल्लाहमा सहकारी खोल्ने कुरा भयो । त्यसपछि २६ जनाको समूह मिलेर उनीहरुले आधुनिक कृषि सहकारी संस्था लिमिटेड ०६७ सालमा सञ्चालन गरे । र, सहकारीको संस्थापक अध्यक्ष हेङ्गजू भए । कृषकहरुलाई ११ प्रतिशत ब्याजदरमा विना धितो २ लाख र धितो राखेर १५ लाखसम्म ऋण प्रवाह गर्ने गरेको कार्यबाहक अध्यक्ष मचामसीले बताए । सहकारी पनि राम्रैसँग सञ्चालन भइरहेको र कृषकहरुसँग हातेमालो गरिरहेको उनीहरुको अनुभुति छ । ‘स्वदेशमै लाख कमाइन्छ’ प्रायः सबैजसो युवाहरु बिदेशमा राम्रो कमाइ हुने भन्छन् । लाखौं रुपैयाँ खर्चेर परदेश भासिन्छन् तर यी युवाहरु भन्छन्–विदेश जाँदा लाग्ने पैसा स्वदेशमै खर्च गर्नुस् । महिनाको लाख कमाउन अर्काको भूमी जानु पर्दैन । आफनै भूमिमा सानो लागनीले लाख फल्ने उनीहरुको तर्क छ । भन्छन्–‘हाम्रो समाजमा कृषि पेशा फरक दृष्टिकोणबाट हेरिन्छ, तर त्यो गलत हो ।’ तीन युवाले उत्पादनका गरेका केही फोटाहरु  \"tin_yuba2-1\" \"tin_yuba-5-750\" \"tin_yuba-6-750\" \"tin_yuba-7-750\" \"tin_yuba-8-750\" \"tin_yuba-9-750\" \"tin_yuba-10-750\" \"tin_yuba-12-750\" \"tin_yuba-13-750\" \"tin_yuba-14-750\" \"tin_yuba-24-750\" \"tin_yuba-23-750\" \"tin_yuba-22-750\" \"tin_yuba-21-750\" \"tin_yuba-20-750\" \"tin_yuba-19-750\" \"tin_yuba-18-750\" \"tin_yuba-16-750\" \"tin_yuba-15-750\" \"tin_yuba-25-750\" \"tin_yuba-26-750\" \"tin_yuba-27-750\" \"tin_yuba-28-750\" \"tin_yuba-29-750\" \"tin_yuba-30-750\" \"tin_yuba-31-750\" \"tin_yuba-32-750\" \"tin_yuba-33-750\" \"tin_yuba-34-750\"

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies