Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

यसकारण दर्ता भएन संशोधन प्रस्ताव

\"sambidhan-samsodhan-750\"काठमाडौं, १३ मंसिर । सत्तारुढ कांग्रेस र मधेसी मोर्चाभित्रैबाट असन्तुष्टिका स्वर सुनिएपछि सरकार संविधान संशोधन विधेयक संसदमा लैजान हच्केको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ–प्रमुख प्रतिपक्षी एमालेले संशोधनको चर्को विरोध गरिरहेका वेला उसले कांग्रेस र मोर्चाबाट दह्रो समर्थन खोजेको छ। सरकारले संशोधनको मस्यौदा तयार गरिसकेको छ। त्यसलाई आइतबार मन्त्रिपरिषबाट पारित गरेर संसदमा दर्ता गराउने योजना सरकारको थियो। तर, मोर्चाले प्रस्तावका पक्षमा खुलेर समर्थन नगरेको र निर्वाचनमा जाने प्रतिबद्धता नजनाएपछि रोकिएको छ। सरकारले मोर्चासँग खोज्यो निर्वाचनमा जाने प्रतिबद्धता स्रोतका अनुसार मोर्चाको निर्वाचनमा जाने प्रतिबद्धता नआएसम्म संशोधन प्रस्ताव संसद्मा दर्ता नगर्ने रणनीतिमा सरकार छ। संविधान संशोधन चुनावी वातावरण निर्माणका लागि भएको भन्दै सरकारले मोर्चासँग चुनावमा जाने प्रतिबद्धता खोजेको छ। मोर्चा निर्वाचनमा जाने ग्यारेन्टी नहुने अवस्थामा प्रस्ताव संसद्मा लैजानुको औचित्य नहुने बुझाइमा सरकार पुगेको छ। कांग्रेस र मोर्चासँग निरन्तर छलफलमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधनका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र मोर्चाका नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन्। उनले आइतबार मन्त्रिपरिषद् बैठक बस्नुअघि कांग्रेस सभापति देउवासँग संशोधन प्रस्ताव के गर्ने भन्ने विषयमा छलफल गरेका थिए। प्रधानमन्त्रीको प्रस्तावमा देउवाले अझै पनि मधेसी मोर्चा र एमाले नेताहरूसँग छलफल गरौँ भनेपछि आइतबारको मन्त्रिपरिषद् बैठकमा संशोधन प्रस्तावको सैद्धान्तिक पक्षका विषयमा छलफल भएको स्रोतले बताएको छ। आइतबारको छलफलपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने निष्कर्षमा प्रधानमन्त्री र देउवा पुगेका थिए। प्रधानमन्त्रीले सोमबार बिहान यादवलगायतका मोर्चाका नेताहरूसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गर्ने भएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending