Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो समयदेखि काठमाडौं–४ लाई आफ्नो राजनीतिक आधार क्षेत्रका रूपमा विकास गर्दै आएका थापाको यो निर्णयले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

थापाले सानो निर्वाचन क्षेत्रमा एउटै नेता पटक–पटक उम्मेदवार बन्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै आएका छन्। उनका अनुसार नेपालका निर्वाचन क्षेत्र साना छन् र एउटै व्यक्तिले सात–आठ पटकसम्म एउटै क्षेत्रमा चुनाव लड्ने, जित्ने वा हार्ने क्रमले संसदीय राजनीतिलाई सीमित बनाइरहेको छ। “सानो निर्वाचन क्षेत्रमा सबै शक्ति प्रयोग गरेर पकड जमाइराख्ने प्रवृत्ति कत्तिको उचित हो भन्ने बहस हुनुपर्छ,” उनले बताएका छन्।

यस विषयमा कांग्रेसभित्र पनि फरक–फरक धारणा रहेको थापाले उल्लेख गरे। उपसभापति विश्वप्रकाश शर्माले लगातार तीन पटकभन्दा बढी चुनाव लड्न नहुने धारणा राख्दै यसपटक विश्राम लिएको स्मरण गराउँदै थापाले आफू भने राष्ट्रिय नेता हुँ भन्ने बुझाइ भएकाले नयाँ–नयाँ निर्वाचन क्षेत्रमा गएर आफूलाई परीक्षण गर्नुपर्ने मान्यता राख्दै आएको बताए।

काठमाडौं–४ बाट लगातार दुई पटक निर्वाचित भएपछि अघिल्लो चुनावमै काठमाडौं बाहिरको क्षेत्रबाट उठ्ने सोच बनाएको थापाले बताए। त्यतिबेला कास्की, सर्लाहीलगायत जिल्लाबाट उम्मेदवारीका लागि सिफारिस आएको भए पनि अन्ततः उनी काठमाडौंमै अडिएका थिए। “अघिल्लो चुनावमा म करिब–करिब सर्लाही गइसकेको थिएँ,” उनले भने, “तर आफ्नो निर्वाचन क्षेत्रमा न्याय हुनुपर्छ भन्ने सोचले अन्तिम समयमा निर्णय बदलियो।”

उनले अघिल्लो चुनावमा काठमाडौं–४ मा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने प्रयास गरेको पनि स्मरण गराए। अन्तिम समयमा त्यो प्रयास सफल नभएपछि आफू पुनः उम्मेदवार बनेको उनको भनाइ छ। त्यतिबेला क्षेत्रका कार्यकर्ता र समर्थकको असन्तुष्टि पनि निर्णयमा प्रभावकारी बनेको उनले स्वीकार गरे।

यसपटक पनि उनी दुविधामै रहेको थापाले बताए। २०८४ मा निर्वाचन हुने अनुमानअनुसार त्यसअघि नै काठमाडौं–४ मा गएर आफ्नो धारणा स्पष्ट गर्ने सोच भए पनि आकस्मिक रूपमा निर्वाचन घोषणा भएपछि निर्णय गर्न कठिन भएको उनको भनाइ छ।

यहीबीच सर्लाही–४ बाट आफूलाई एकल रूपमा सिफारिस आएको र अघिल्लो पटकजस्तो अन्तिम समयमा नआउने अवस्था नबन्ने दबाब साथीहरूबाट आएको थापाले बताए। काठमाडौं–४ का नेता तथा कार्यकर्ताले अन्तिम समयसम्म पनि क्षेत्र नछाड्न आग्रह गरेकामा उनले उनीहरूप्रति सम्मान व्यक्त गरे।

“म नेपाली कांग्रेसको देशभरको पार्टी सभापति हुँ। देशभरका सबै निर्वाचन क्षेत्र मेरा निर्वाचन क्षेत्र हुन्,” थापाले भने, “मेरो निर्वाचन क्षेत्र काठमाडौं–४ मा मात्र सीमित हुनु हुँदैन। कहिले कहाँ, कहिले कहाँ हुनुपर्छ। चुनाव भनेको आफूले आफैलाई परीक्षण गर्ने माध्यम पनि हो।”

गगन थापाको यो निर्णयलाई कांग्रेसभित्र नेतृत्वको नयाँ अभ्यास र राष्ट्रिय नेताले क्षेत्रीय सीमाभन्दा माथि उठेर जनताको समर्थन खोज्नुपर्ने सन्देशका रूपमा हेरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending