Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

नेपाली चलचित्रकर्मीहरुको नेफ्टा फिल्म अवार्ड युएईमा हुँदै

\"uae-750\"युएई, ११ मंसि । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्डको नवौं संस्करण तयारीको बारेमा जानकारी गराउन पत्रकार तथा सामाजिक संघ संस्थासंग भेटघाट कार्यक्रम को आयोजना गरिएको थियो । कन्सेप्ट भिजन फिल्म पोडक्सन युएइ तथा वितरक कम्पनिको समन्वय तथा नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आगामी २०१६ डिसेम्बर २३ गते सम्पन्न हुन लागेको नेफ्टा फिल्म अवार्डको नवौं संस्करण भब्य र शब्य बनाउन युएईमा क्रियासिल सामाजिक संघसंस्था,ब्यबसायी,समाजसेवीएबम पत्रकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । भेटघाट कार्यक्रममा युएईमा कृयासिल सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी,ब्यबसायी तथा पत्रकारहरुको बाक्लो उपस्तिथी रहेको थियो । युएईमा कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनिको समन्वयमा सम्पन्न हुन लागेको नवौं संस्करण नेफ्टा फिल्म अवार्डको युएईको व्यवस्थापनको जिम्मा सालिक सुबेदी राजन अधिकारी र सुबाश सिंह ठकुरी (अनिश) ले गर्ने भएका छन । राजन अधिकारीका अनुसार डिसेम्बर २३ तारिक दुबईको अलनासार लिजरल्यान्ड स्थित आइस रिङ्कमा हुने अवार्ड वितरण समारोहका लागि नेपालबाट सहभागीहुने १२० भन्दा धेरै कलाकार तथा पदाधिकारीहरुको लागि खाना बस्नको लागि फोरस्टार होटल रोटनामा बुकिंग भई सकेको, सेबनस्ट्रार इभेन्ट कम्पनिसंग इभेन्ट सम्झौता,युएई भिसा,हवाई टिकट एबम इभेन्टको लागि कानुनी प्रकिया पुरा गरिसकेको बताए । नोभेम्बर २९ तारिक देखि टिकट बिक्री शुरु हुने र कार्यक्रम हुनु भन्दा केहि दिन अगाडी नै टिकट बिक्री बन्द गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रम स्थलमा तीन हजार तिन सय जना बस्न सक्ने क्षमता रहेको जानकारी दिदै अधिकारीले कार्यक्रममा आउन चाहनेको संख्या धेरै रहेकाले अग्रिम टिकट बिक्री गर्ने योजना बनाएको बताए । हलिउड लगाएत बिभिन्न ठूलाठूला इभेन्टको आयोजना गरिरहेको युएईको सेभेन स्टार ईभेन्ट एण्ड प्रोडक्सन कम्पनीका संचालक भारतीय नागरिक मि.बिष्णुले नेप्टा अवार्ड कार्यक्रम अन्य देशका अन्तर्रा्िष्ट्रय अवार्ड समारोह भन्दा कम नहुने बताए । आवुधावि, अल ऐन, फुजेरा, रास अल खेम, अजमान जस्ता टाढाबाट आउने तथा अल्कुज, सोनापुर लगायतका मजदुर क्याम्पबाट आउने दर्शकका लागि यातायातको ब्यवस्था गर्न सकिने आयोजकले बताएको छ । मेट्रो स्टेशन नजिकै रहेको र राति एक बजे सम्म मेट्रो चल्ने भएको यातायातको असुविधा नहुनेमा आफुहरु ढुक्क रहेको आयोजकले जानकारी दिएको छ । प्राबिधिक संघले बिदेशमा बसीरहेका नेपालीहरुको ईच्छानुसार नेफ्टा फिल्म अवार्र्डलाई व्यवस्थित तथा भब्य बनाउन नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करण युएईका लागि हामि कन्सेप्ट भिजन फिल्म पोडक्सन तथा वितरक कम्पनि र स्पेक्ट्रम एडभरट्राइंङ्घ एण्ड मिडिया कन्सल्टेट संगको सहकार्यमा गरिरहेको छ । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्ना एवार्डको यस अघिका एवार्ड वितरण समारोह कतार, मलेसिया र हंककंगमा भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending