Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

संशोधन प्रस्तावसम्बन्धी अन्तिम ड्राफ्ट तयार गरिँदै, भोलि संसदमा दर्ता गरिने

\"morcha-750\"काठमाडौं, ९ मंसिर । सरकारले संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिने काम गरिरहेको छ । संविधानको दोस्रो संशोधनका लागि शुक्रबार संसदमा प्रस्ताव दर्ता गर्ने गरी तयारी गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संशोधनको विपक्षमा उभिएपछि सरकारले मधेसी मोर्चासँगको छलफलपछि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । संशोधन प्रस्तावको मस्यौदालाई अन्तिम रुप दिन कानुनमन्त्री अजय शंकर नायक, भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक लगायतका मन्त्री लागिपरेको छ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले संशोधन प्रस्ताव दर्ता नगरे फरक आन्दोलन चर्काउने चेतावनी दिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि छलफल तीब्र पारेका थिए । अन्तिमसम्म पनि एमालेसँग सहमतिको प्रयास सफल नभएपछि सरकारले शुक्रबार संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । संशोधन प्रस्ताव दर्ता नगरिए सहमतिको प्रयास झनै विथोलिने भन्दै प्रधानमन्त्री प्रचण्ड कस्सिएका हुन् । प्रमुख प्रतिपक्षी दल एमाले भने संविधान संशोधनको विपक्षमा रहने स्पष्ट गरिसकेको छ । उसले सडकबाट पनि आन्दोलन चर्काएर संशोधन प्रस्ताव असफल पार्ने योजना बनाइरहेको छ । संशोधन प्रस्तावअघि शुक्रबार विहान प्रधानमन्त्रीले पार्टीको कार्यालय बैठक बोलाएका छन् । पार्टी वैठकपछि संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending