Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

मानेरिम्दु पर्व हेर्ने विदेशी बढ्दै

सोलुखुम्बु, ९ मङ्सिर । हिमाली भेगका शेर्पा जातिले मनाउँदै आएको धार्मिक तथा सांस्कृतिक पर्व मानेरिम्दु हेर्न विभिन्न देशबाट विदेशी पर्यटक नेपाल आउनेक्रम बढ्दै गएको पाइएको छ । कार्तिक शुक्ल पूर्णिमामा मनाइने मानेरिम्दु पर्वमा गरिने पूजापाठ, अवतारी लामाद्वारा प्रदान गरिने वोङ अभिषेक, राक्षसी शैलीका नृत्यबाट बुद्ध शिक्षा सिकाइने भएकाले अध्ययन, अवलोकनका लागि उनीहरु नेपाल आउने गरेको बताइन्छ । सदरमुकामस्थित दूधकुण्ड नगरपालिकामा रहेको चियोङ छ्याङछ्युप छ्योलिङ गोन्पामा मानेरिम्दु हेर्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ३५ प्रतिशतले वृद्धि भएको सो गोन्पाका अध्यक्ष आङ दोर्जी शेर्पाले बताए । मानेरिम्दु हेर्न विशेषगरी अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी, इटाली लगायतका देशबाट पर्यटक आउने गरेका छन् । कतिपय विदेशी पर्यटक दोस्रो–तेस्रो पटकसम्म लगातार मानेरिम्दु हेर्न आउने गरेका छन् । बुद्ध शिक्षालाई नजिकबाट अध्ययन गर्न यसरी पटकपटक दोह¥याएर आउने गरेको आठ सदस्यीय फ्रान्सेली टोलीका नेतृत्वकर्ता पासाङ शेर्पाले बताए । सगरमाथा क्षेत्रका त्याङबोचे, थामुत्याङ, थुप्तेन छोलिङ, चियोङ लगायतका गोन्पामा मानेरिम्दु आयोजना हुन्छ । अन्य पूजापाठभन्दा बेग्लै र विशेष महत्वका हुने भएकाले पनि पर्यटकले निकै रुचिका साथ मानेरिम्दु पर्वलाई लिने गरेको आयोजकहरु बताउँछन् । पर्यटकको मनै लोभ्याउने यस्ता पर्वको संरक्षणका लागि सरकारीस्तरबाट कुनै सहयोेग प्राप्त नभएको भन्दै गुम्बाका अध्यक्ष शेर्पाले भने, “यस्ता पर्वमा सरकारको पनि केही सहयोग पाएमा धार्मिक पर्यटकको सङ्ख्या बढाउन सकिने थियो ।” ब्रजगुरु मन्त्रजप, मानेरिम्दुजस्ता धार्मिक एवम् सांस्कृतिक पर्वको जगेर्ना गर्न सकेमा पर्यटन प्रवर्दन र विकासमा ठूलो टेवा पुग्ने बुद्ध धर्मावलम्बी एवम् पर्यटन व्यवसायी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending