Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

त्यसै खेर गइरहेको छ १५ किलोवाट बिजुली

\"bijuli-500\"जाजरकोट, ९ मङ्सिर । बिजुली बाल्ने सपना बोकेर बसेका यहाँको एक दुर्गम गाउँका स्थानीयवासीको आशा सपनामै बितेको छ । वर्षौंदेखि जिल्लाको खगेनकोट–५ र ६ का तीनसयभन्दा बढी घरधुरी विद्युत्का पोल नपाउँदा अन्धकारमा बस्न वाध्य भएका छन् । गाउँ नजिकै खमाउरे खोलाबाट निक्लिएको १५ किलोवाट विद्युत् खेर गएको भएपनि पोल किन्नका लागि रकम नहुँदा बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य भएको खगेनकोट–६ का नारायण खत्रीले बताए । अधिकांश दलितको बसोबास रहेका यी दुई वडामा रकम अभावमै विद्युत् बाल्न नपाएका हुन् । टोपबहादुर रायमाझी ऊर्जामन्त्री हुँदा पोलको माग गर्न सिंहदरबार पुगेका यहाँका स्थानीयवासीलाई काम हुन्छ भनी आश्वस्त पारिएको थियो । जिविसलाई यहाँका स्थानीयवासीले पटकपटक पोलको माग गरेपनि कसैले कुरा नसुन्दा बिजुली बाल्ने धोको सपनामै सीमित भएको अर्का स्थानीयवासी वीरबहादुर खत्रीले बताए । ट्रान्समिटर र विद्युत्को तार, पोल गरी करिब ३२ लाखसम्म लाग्ने भएपछि स्थानीयवासी हैरान भएका हुन् । सबैले हुन्छ भन्छन् तर काम कसैले गर्दैनन् हामी दिक्क भइसक्यौं, हल्चौरका रामप्रसाद खत्रीले बताए । गाविसका अन्य वडामा बिजुली बलेर झिलीमिली भएपनि हल्चौर गाउँ भने अन्धकार नै रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending