Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

आज साँझ परराष्ट्रमन्त्री अष्ट्रेलिया जाँदै

\"prakashsaran_mahat-750\" काठमाडौँ, ७ मंसिर । परराष्ट्रमन्त्री प्रकाशशरण महत अष्ट्रेलियासँगको सम्बन्धलाई अझ सुदृढ, सुमधुर र समुन्नत तुल्याउने लक्ष्यका साथ आज साँझ अष्ट्रेलियाको पाँचदिने भ्रमणमा जाने भएका छन । परराष्ट्र मन्त्रालयका आज अपराह्न पत्रकारसम्मेलन गरेर उनले भने, “मुलुकको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अष्ट्रेलियासँग द्विपक्षीय एवम् बहुपक्षीय वार्ताका लागि मेरो भ्रमण हुन लागेको हो ।” मुलुकको परराष्ट्र सम्बन्धलाई अझ बृहत्तर, सुदृढ र राष्ट्रमुखी तुल्याउन सरकार क्रियाशील रहेको र त्यसैलाई निरन्तरता दिने सन्दर्भमा आफू अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा जान लागेको उनले बताए । अष्ट्रेलियामा रहँदा आफूले आफ्ना समकक्षी जुली विसप, अन्तर्राष्ट्रिय विकास सहायता, पूर्वाधार, यातायात तथा क्षेत्रीय विकास, जलवायु परिवर्तन तथा ऊर्जा, सूचना तथा सञ्चार, राष्ट्रिय सुरक्षामन्त्री, आप्रवास तथा सीमा सुरक्षामन्त्री, विपक्षी दलका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने जानकारी मन्त्री महतले दिए । “अष्ट्रेलियाका सबै उच्चअधिकारीहरूसँगको भेटमा प्रत्यक्ष वैदेशिक लगानी, सहयोगका क्षेत्र विस्तार र सहायताका थप क्षेत्र र अवसरको खोजीका साथै नेपालमा लगानीको वातावरणबारे विशद् विचारविमर्श हुनेछ,” द्विपक्षीय वार्ताको कार्यसूची सुनाउँदै उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका धेरै विषयमा नेपाल र अष्ट्रेलियाबीच साझा एवम् समान अवधारणा रहेकाले ती मामिलासहित नेपालमा अधिक सहायता जुटाउने बारेमा पनि वार्ता केन्द्रित रहने मन्त्री महतले बताए । आगामी शनिबार सिड्नीमा आयोजना हुने नेपाल महोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी हुने तथा नेपाली समुदायसँग उनीहरूले मातृभूमिको विकासका निम्ति गर्न सक्ने योगदानबारे पनि छलफल गर्ने उनले जानकारी दिए । भूकम्पपछिको पुनःनिर्माण, वन, ग्रामीण भेगका जनताको जीविकोपार्जनलगायत नेपालको सामाजिक–आर्थिक उन्नयनमा सहयोग पुग्ने विविध परियोजनामा अष्ट्रेलियाले निरन्तर सहयोग गर्दै आएको सन्दर्भमा भविष्यमा अझ धेरै सहायता जुटाउने र पारस्परिक सहकार्य अभिवृद्धिबारे पनि आफूले अष्ट्रेलियाली सरकारसँग वार्ता गर्ने मन्त्री महतले बताए । अष्ट्रेलियासँगका थप सहायता क्षेत्र विस्तारबारे जानकारी दिँदै उनले भने, “अष्टेलियाले नेपालमा स्वयम्सेवक परिचालन गर्न प्रस्ताव गरेको र समझदारीपत्रको मस्यौदासमेत पठाएको छ ।” अष्ट्रेलियाको भ्रमण पूरा गरी न्युजिल्यान्ड प्रस्थान गर्ने आफ्नो कार्यक्रमबारे जानकारी दिँदै उहाँले हालैको भूकम्पका कारण अझै जोखिम रहेको र त्यसको मूल्याङ्न जारी रहेकाले त्यहाँ हुने भेटवार्ताबारे भने स्पष्ट कार्यतालिका निर्धारण भइनसकेको बताए । एक प्रश्नको जवाफमा उनले अष्ट्रेलियालगायत राजदूत नियुक्त गर्न बाँकी रहेका देशमा चाँडै नै नियुक्ति गरिने बताए । साथै उनले चीनसँगको यातायात तथा पारवहन सन्धिबारे हालै ल्हासामा प्रारम्भिक वार्ता भएको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending