Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

लघु जलविद्युत् व्यवसायीको सम्मेलन सुरु

काठमाडौँ, ७ मंसिर । दक्षिण तथा दक्षिण पूर्वी एसियाका लघु जलविद्युत् व्यवसायीको संस्था ‘हाइड्रो इम्पावरमेन्ट नेटवर्क’को तेस्रो वार्षिक सम्मेलन तथा कार्यशाला गोष्ठी आजदेखि सुरु भएको छ । नेपाल लघु जलविद्युत् विकास संस्थाको आयोजनामा भएको चारदिने उक्त सम्मेलनको जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले उद्घाटन गरे । सम्मेलनमा दक्षिण तथा दक्षिण पूर्वी एसियाका नेपालसहित भारत, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तान, इन्डोनेसिया, लाओस, मलेसिया, बर्मा, फिलिपिन्स, थाइल्यान्डका १२ देशका करिब ५० लघु जलविद्युत् व्यवसायीको सहभागिता रहेको छ । सम्मेलनमा प्रत्येक देशका कम्तीमा एकदेखि बढीमा पाँच लघु जलविद्युत्सम्बन्धी संस्थाको सहभागिता छ । नेपालका तर्फबाट आयोजक लघु जलविद्युत् विकास संस्थासँगै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, इन्जिनियरिङ डेभलपमेन्ट नेपाल, रिजनल सेन्टर फर एक्सलेन्स माइक्रो हाइड्रो र प्रेक्टिकल एक्सन साउथ एसियाले भाग लिएका छन् । कार्यक्रमअनुसार बुधबार हुने नेपाल विशेषमा यहाँ भएका लघु जलविद्युत्बारे छलफल हुने आयोजकको भनाइ छ । कार्यक्रममा मन्त्री जोशीले विदेशबाट आएको आर्थिक सहयोगले नेपालमा जलविद्युत्को क्षेत्रमा फाइदा पुगेको बताउँदै लघु जलविद्युत् नेटवर्कमा रहेका सबै देशबीच प्राविधिक र व्यवस्थापन क्षमता आदानप्रदान गर्दै एकरुपता ल्याउनुपर्नेमा जोड दिए । भारतीयमूलका अमेरिकी व्यवसायी दीप्ति बेगेलाले लघु जलविद्युत्मा नेपाल अग्रणी देश भएको बताउँदै अन्य धेरै देशमा नेटवर्क विस्तार गर्न नेपालको भूमिका प्रमुख हुनुपर्नेमा जोड दिए । आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले नेपालको लघु जलविद्युत्को क्षेत्रमा निजी क्षेत्रको सहभागिता अझ व्यापक बनाउने योजना रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending