Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

लघु जलविद्युत् व्यवसायीको सम्मेलन सुरु

काठमाडौँ, ७ मंसिर । दक्षिण तथा दक्षिण पूर्वी एसियाका लघु जलविद्युत् व्यवसायीको संस्था ‘हाइड्रो इम्पावरमेन्ट नेटवर्क’को तेस्रो वार्षिक सम्मेलन तथा कार्यशाला गोष्ठी आजदेखि सुरु भएको छ । नेपाल लघु जलविद्युत् विकास संस्थाको आयोजनामा भएको चारदिने उक्त सम्मेलनको जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले उद्घाटन गरे । सम्मेलनमा दक्षिण तथा दक्षिण पूर्वी एसियाका नेपालसहित भारत, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तान, इन्डोनेसिया, लाओस, मलेसिया, बर्मा, फिलिपिन्स, थाइल्यान्डका १२ देशका करिब ५० लघु जलविद्युत् व्यवसायीको सहभागिता रहेको छ । सम्मेलनमा प्रत्येक देशका कम्तीमा एकदेखि बढीमा पाँच लघु जलविद्युत्सम्बन्धी संस्थाको सहभागिता छ । नेपालका तर्फबाट आयोजक लघु जलविद्युत् विकास संस्थासँगै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, इन्जिनियरिङ डेभलपमेन्ट नेपाल, रिजनल सेन्टर फर एक्सलेन्स माइक्रो हाइड्रो र प्रेक्टिकल एक्सन साउथ एसियाले भाग लिएका छन् । कार्यक्रमअनुसार बुधबार हुने नेपाल विशेषमा यहाँ भएका लघु जलविद्युत्बारे छलफल हुने आयोजकको भनाइ छ । कार्यक्रममा मन्त्री जोशीले विदेशबाट आएको आर्थिक सहयोगले नेपालमा जलविद्युत्को क्षेत्रमा फाइदा पुगेको बताउँदै लघु जलविद्युत् नेटवर्कमा रहेका सबै देशबीच प्राविधिक र व्यवस्थापन क्षमता आदानप्रदान गर्दै एकरुपता ल्याउनुपर्नेमा जोड दिए । भारतीयमूलका अमेरिकी व्यवसायी दीप्ति बेगेलाले लघु जलविद्युत्मा नेपाल अग्रणी देश भएको बताउँदै अन्य धेरै देशमा नेटवर्क विस्तार गर्न नेपालको भूमिका प्रमुख हुनुपर्नेमा जोड दिए । आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले नेपालको लघु जलविद्युत्को क्षेत्रमा निजी क्षेत्रको सहभागिता अझ व्यापक बनाउने योजना रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending